लामो समय नेपाली राष्ट्रिय महिला भलिबलको उपकप्तानको जिम्मेवारी सम्हालेकी पोखरेली चेली मञ्जु गुरुङलाई पोखरामा सम्मान गरिएको छ । भलिबलकी पूर्व उपकप्तान मञ्जुलाई टाईगर कप क्लब च्याम्पियनसिपको समापन समारोहमा सम्मान गरिएको हो ।
पोखराकै ज्ञानुबाबाबाट भलिबलमा बामे सर्दै अगाडि बढेकी मञ्जु नेपाली राष्ट्रिय महिला भलिबल टोलीको लामो समय उपकप्तानको जिम्मेवारी सम्हालेकी थिईन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल एरिनामा नेपाली भलिबलको टोलीको उपस्थिति हुदाँ उनी महत्वपूर्ण सदस्यको रुपमा रहँदै आएकी थिईन् ।
नेपालमै गत वर्षको मंसिरमा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) आयोजना हुदाँ साग खेलेर सन्यास लिने सोंच बनाएकी थिईन् । तर दुर्भाग्य सागमा उनी भलिबल टोलीमा समावेश भईनन् । भलिबलको छनोटमा नपरेपछि मञ्जु झण्डै डेढवर्ष यता भलिबलको कुनैपनि गतिविधिमा संलग्न भएकी थिइनन् ।
मञ्जुसँगै नेपाली भलिबलमा महत्वपूर्ण योगदान पु¥याएका लेखनाथ लम्साललाई समेत सम्मान गरिएको थियो । टाईगर ग्रुपको आयोजनामा सञ्चालित प्रतियोगिताको समापनमा दुवै मञ्जु र लेखनाथलाई एकैसाथ सम्मान गरिएको थियो । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल, टाईगर गु्रपका अध्यक्ष नारायणप्रसाद शर्मा तथा नेपाल भलिबल संघ जापान शाखाका अध्यक्ष नविन गुरुङ लगायतले सम्मान गरेका थिए । टाईगर ग्रुपका अध्यक्ष शर्माले नेपाली भलिबलको विकासमा महत्वपूर्ण योगदान पु¥याएको दुवै पूर्व खेलाडीलाई सम्मान गरिएको बताए । उनले दुवै खेलाडी नेपाली भलिबलको नक्षत्र भएको समेत उल्लेख गरे ।