काठमाडौं– दीलिप राइले ट्रयाक सुटबाहेकको पोशाक लगाएको नेपाली खेलकुदमा कसैले देखेका छैनन्। आफ्नो जमानाका नामी रक्षक हाल पूर्वाञ्चलबाट नयाँ फुटबल खेलाडी उत्पादनमा पदाधिकारी तथा प्रशिक्षकको दोहोरो भूमिकामा दिनरात सक्रिय छन्। राई विवाहमा समेत ट्रयाक सुट लगाएर अन्मिएको किस्सा नेपाली खेल जगतमा खुवै चर्चित छ।
राईसँग नजिकको सम्बन्ध भएका विराटनगरका पूर्व फुटबल खेलाडी वशन्त अर्याल उनलाई ट्रयाक सुटबाहेकको पोशाकमा दुई पटक मात्र देखेको बताउछन्। 'विवाहमा के लगाउनुभयो त्यो मलाई थाहा छैन। तर मैले उहाँलाई एकपटक विदेश जाँदा पाइन्ट सर्ट र १९९७ मा काठमाडौंमा साफ च्याम्पियनसिप हुँदा रातो कोट लगाएको देखको थिएँ। त्यसबाहेक सधै ट्रयाक सुटमा मात्र हो,' अर्यालले भने।
मैदानमा लिबरोको भूमिका निर्वाह गर्दा सधै खुलेर खेल्ने राई आफ्नो पोशाकबारे भने खुल्न चाहदैनन। तर, पदाधिकारी र प्रशिक्षकका रुपमा भूमिका फेरिइसक्दा पनि ट्रयाक सुटमा सहज अनुभव गर्छन्। निस्वार्थ नेपाली फुटबल सेवामा जीवन समर्पित गरेका राईको सम्मानमा पोशाक बाधक बनेन। बरु ट्रयाक सुट लगाएकै कारण सादु फुटबलकर्मीका रुपमा मान बढयो।
उनको पारिवारिक माहोल फुटबलमय छ। भाई दीपक आफ्नो जमानाका राम्रा विंगर हुन। १६ वर्षे छोरा जोसन धरान फुटबल एकेडेमीबाट खारिइसकेका छन्। धरानमा रक्षापंक्तिबाट खेल्ने जोसन एसएलसीपछि उच्चशिक्षा अध्ययनका लागि काठमाडौं आएका छन्। काठमाडौंमा पनि फुटबल करियर अघि बढाउन हिमालयन शेर्पा क्लबको सम्पर्कमा पुगिसकेका छन्। राईका दुई छोरी रोमी र युरिना राष्ट्रिय महिला फुटबल टोलीका पूर्व सदस्य हुन भने भतिजा सन्दिप नेपाली राष्ट्रिय टोलीका मुख्य खेलाडी हुन।
भाई दीपकले दाजुलाई पाइन्टमा नदेखेको जुग भइसक्यो। भन्छन्, 'दाजुले पाइन्ट लगाएको नदेखेको कति भयो कति। अव उहाँलाई बानी भएछ। अरु बेला त त्यस्तै हो, पार्टीहरुमा ट्रयाक सुट लगाएर जाँदा हामीलाई अप्ठेरो लाग्छ। तर, अरुले चाही त्यसमै दाजुलाई सम्मान गर्छन।'
सादा जीवन विताउन रुचाउने राई दुई वर्षअघि पल्सर स्पोर्टस अवार्डअन्तर्गत विशेष सम्मानबाट विभुषित भएका थिए। राजधानीमा भव्य रुपमा सम्पन्न समारोहमा सम्मान थाप्न उनी ट्रयाक सुटमै स्टेजसम्म पुगेका थिए। राईको जीवन ट्रयाक सुटमै वितेपनि उनका भाई, छोरा र भतिजा भने विभिन्न स्टाइलिस पोशाकमा सजिएका हुन्छन्।
भतिजा सन्दिप नेपाली फुटबलका फेसनेवल खेलाडीमध्ये एक हुन। गतवर्ष उत्कृष्ट फुटबलर घोषित हुँदै हुन्डाई कार पुरस्कार पाएका सन्दिपलाई पनि ट्रयाक सुट सहज लाग्छ। तर, उनी त्योसँगै सिजनअनुसार हाफ पाइन्ट र विभिन्न शैलीका फेसनेवल पोशाक लगाउन मन पराउछन। 'समरमा हाफ पाइन्ट लगाउन मन लाग्छ। अरु बेला जिन्स र क्याजुयल वेयर मेरो रोजाई हो,' फेसनप्रति निकै सचेत सन्दिप भन्छन्, 'म त फेसनेवल नै छु नी।'
नेपाली फुटबलमा धेरै कमाउने खेलाडीमध्येका एक उनी कमाएको पैशाको ६० प्रतिसत जति कपडामै खर्च हुने गरेको बताउछन्। 'वर्षमा ४ लाख जति कपडामा खर्च हुन्छ,' ब्राण्डमा एडिडास र नाइकी मन पराउने सन्दिप भन्छन्।
कोरियोग्राफर प्रशान्त ताम्राकार नेपालका अधिकांस खेलाडीलाई नाइकी र एडिडासका स्पोर्टस वेयरमा बढि देखिने बताउछन्। गठिलो र फूर्तिलो शरिर हुने भएकाले खेलाडीलाई मिलाएर कपडा लगाए अरुभन्दा राम्रो देखिने उनी बताउछन्। ह्यान्डबलका पूर्व खेलाडी ताम्राकार भन्छन्, 'खेलाडीको शरिर अरुको भन्दा राम्रो हुन्छ। फिट शरिरमा मौसमअनुसारको फेसन ध्यानमा राखेर लगाए सुहाउछ। तर, खेलाडीले स्पोर्टस वेयरभन्दा अरुमा कम्फोर्ट फिल नगर्ने रहेछन्।'
दक्षिण एसियाली खेलकुदमा लगातार चार स्वर्ण पदक जितेर कीर्तिमान बनाएका तेक्वान्दो स्टार दीपक विष्टको पहिलो रोजाई ट्रयाक सुट नै हो। उनलाई मनपर्ने पोशाकको दोस्रो प्राथमिकतामा जिन्स र टिसर्ट पर्छ। आफै खेल पोशाक तथा खेल सामाग्री व्यावसायमा लागेका उनी दुई दशक लामो खेलाडी जीवनमा सधै ट्रयाक सुट लगाएका कारण 'चेन्ज'का लागि कहिले काही जिन्स र टिसर्ट लगाउने बताउछन्।
फेसनेबल हुनुपर्छ भन्ने लागेपनि फेसनबारे दीपक खासै सचेत छैनन्। ब्राण्डमा भने सचेत हुन थालेको बताउने दीपक भन्छन्, 'जहिले पनि कपडा किन्न जाँदा ट्रायल गरेर हेर्दा सुहाएजस्तो लाग्यो भने किनिहाल्छु। म कपडा किन्दा सुहाउनेभन्दा पनि कम्फोर्टमा ध्यान दिन्छु। आजकाल ब्राण्डमा ध्यान दिन थालेको छु, तर त्यो मैले किन्न सक्ने मुल्यको भए मात्र किन्छु।'
स्पोर्टस युनिभर्स नामको खेल पोशाक तथा खेल सामाग्री स्टोर खोलेका दीपकलाई स्पोर्टस ब्राण्डमा सबभन्दा मन पर्ने एडिडास हो। 'हामी खेलाडीलाई ट्रयाक सुट सबभन्दा सजिलो लाग्ने पोशाक हो। ममात्र नभई सबै खेलाडी ट्रयाक सुटमै सहज मान्नेगरेको मेरो अनुभव छ। खासमा ट्रयाक सुट खेलाडीको पहिचानजस्तो भइसक्यो। अवस्था अनुसार हामी कोट पनि लगाउछौं। तर, सजिलो लाग्दैन,' दीपकले भने, 'खेलाडीले देशको प्रतिनिधित्व गर्ने भएकाले विशेष अवसरमा दौरा सुरुवाल लगाउदा गौरव लाग्छ, तर सजिलो हुदैन।'
स्थानीय खेल सामाग्री उत्पादक आरजे स्पोर्टसका जनक न्यौपानेको अनुभव पनि यस्तै छ। खेलाडीले ट्रयाक सुट, हाफ पाइन्ट, स्पोर्टी टिसर्ट र स्पोर्टस सुज नै मन पराउने गरेको उनको अनुभव छ। 'हाम्रा खेलाडीलाई ट्रयाक सुट सबभन्दा मन पर्ने पोशाक हो। त्यसमा पनि एडिडासको थ्री स्ट्राइभ वा नाइकीको राइट साइन नभए लगाउन मन पराउन्नन,' न्यौपाने सुनाउछन्।