नोटिङघम- इङ्ल्यान्डले एसेज शृंखलाको रोमान्चक पहिलो टेस्ट जितेको छ। ३ सय ११ रनको विजयी लक्ष्य लिएर आएको अस्ट्रेलियालाई नोटिङघममा २ सय ९६ रनमा अलआउट गरी इङ्ल्यान्डले १४ रनको विजय हात पार्यो।जेम्स एन्डरसनले ब्राड हेडिनलाई आउट गरेपछि अस्ट्रेलियाको उत्कृष्ट पुनरागमन गर्ने अवसर गुमाउन पुग्यो। हेडिनले ड्राइभ गर्न खोजेको बल एज लागेर विकेटकिपर म्याट प्रिरोरले समातेका थिए। तर अम्पयार अलिम दारले आउट नदिएपछि इङ्ल्यान्डले रिभ्यु लिएपछि थर्ड अम्पायरले निर्णय पल्टाएका थिए।
हेडिनले ७१ रन बनाए। उनले जेम्स प्याटिन्सनसँग अन्तिम विकेटमा ६५ रन जोडे। प्याटिन्सन २५ रनमा अविजित रहे। एन्डरसनले अस्ट्रेलियाको दोस्रो इनिङ्समा ५ विकेट लिदैं टेस्टमा कुल १० विकेट लिए। १७४–६ बाट आइतबार पाँचौं तथा अन्तिम दिनको खेल प्रारम्भ गरेको अस्ट्रेलियालाई एन्डरसनले बाँकी चार विकेट नै लिदैं तह लगाए।
उनले एस्टन एगरलाई १४, मिचेल स्टार्कलाई १ र पिटर सिडेललाई ११ रनमा आउट गरे। पाँच खेलको शृंखलाको दोस्रो टेस्ट जुलाई १८ बाट लर्डसमा सुरु हुनेछ।

सबै तस्बिर : एपी