नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षण श्रीलंका गएपछि
१२ साउन २०७०
•
१० मिनेट पाठ
नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षण श्रीलंका गएपछि
काठमाडौं - वर्षाले विथोलिएका कारण नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षण श्रीलंका गएपछि मात्र हुने छाँट देखिएको छ। एसिसी इमर्जिङ टिम्स कप क्रिकेट सिंगापुरमा सुरु हुन तीन साता बाँकी छ। भारत, पाकिस्तान र अफगानिस्तानको समूहमा परे पनि नेपालको लक्ष्य ठूलै छ।इन्डोर नभएका कारण नेपाली खेलाडीले राम्रोसँग बल र ब्याट घुमाउन पाएका छैनन्। वर्षाले गर्दा नेपाली खेलाडीको प्रशिक्षण जिम हलमै खुम्चिएको थियो। सातदोबाटोस्थित सुटिङ रेन्जमा बनेको कामचलाउ इन्डोर नेटमा खेलाडीले खुलेर अभ्यास गर्न पाएका छैनन्।
'मौसमका कारण चाहे जस्तो तयारी गर्न सकेनौं। मैदानको अवस्था निकै खराब छ। हामीलाई थप सुविधा चाहिन्छ। इन्डोर अहिलेको आवश्यकता भइसकेको छ। वर्षाको ३–४ महिना भित्र
बसेर तयारी गर्न सकिन्न। अहिलेको मौसम खराब छ। कीर्तिपुर मैदानमा केही प्रयास गरिएको भए अझ राम्रो बनाउन सकिन्थ्यो,' प्रशिक्षक पुबदु दासानायके अपेक्षा व्यक्त गर्दै भन्छन्,
'अभ्यासका लागि यो पर्याप्त होइन, हामीसँग केही छैन, त्यसैले यही इन्डोरले काम चलाएका छौं। यसमा बलरले राम्रोसँग दौडिएर बलिङ गर्न सक्दैनन्। नेट सत्र राम्रो हँुदैन। अहिलेलाई




काम चलाउन सकिन्छ तर भविष्यलाई इन्डोर अत्यावश्यक भइसकेको छ। टेनिस बलले अभ्यास गर्नुपरेको छ, सीमित सुविधा छ, यसलाई व्यवस्थित बनाउन खोजिरहेका छौं।' कप्तान पारस खड्का पनि मौसमले गर्दा ब्याटिङ र बलिङका हिसाबले खासै राम्रो तयारी हुन नसकेको स्वीकार्छन्। स्पिनरले नेटमा फालेको बलको भरमा ब्याट्सम्यानले अभ्यास गर्दै आएका छन्। तीब्र बलरलाई दौडिन स्थान पनि छैन। उनीहरूको तयारी फिटनेस, दशरथ रंगशालाको दौड र पौडीमा बितेको छ। 'हाम्रा सबै खेलाडी नियमित खेलिरहेका छन्, त्यसैले खासै फरक नपर्ला,' पारसले तीब्र बलरबारे भने।
कप्तान र प्रशिक्षक दुवैको आशा श्रीलंकामा गएर गरिने अभ्यासमा छ। यसै साता नेपाली टोली दुईहप्ते प्रशिक्षणलाई श्रीलंका जाँदैछ। त्यसपछि सिंगापुर लाग्नेछ। 'श्रीलंकामा हामी केही दिन
अभ्यासमै केन्द्रित हुनेछौं। अहिले यही नै आवश्यक पक्ष भइसकेको छ,' दासानायकेले भने, 'हामी त्यहाँ गएर स्तरीय अभ्यास खेल खेल्दैछौं। इमर्जिङ टिम्स कपमा सहभागी हुने श्रीलंकाको
यु–२३ टोलीसँगै चार अभ्यास खेल खेल्नेछौं। एक अर्को खेल नर्थ इस्टको संयुक्त टोलीसँग हुनेछ।'इमर्जिङ टिम्स कप एसिसीले पहिलोपल्ट गर्न लागेको प्रतियोगिता हो। टेस्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका २३ वर्षमुनिका टोलीले भाग लिनेछ। नेपाल, युएई, अफगानिस्तान र सिंगापुरको पूर्ण टोली हुनेछ। गत वर्ष युएईमा सम्पन्न एसिसी ट्रफी इलिटमा पहिलो तीन स्थान हात पार्दै नेपाल, युएई र अफगानिस्तानले इमर्जिङ टिम्स कपमा स्थान बनाएका हुन्। सिंगापुरलाई आयोजकका हैसियतमा स्थान दिइएको हो।
नेपालले नोभेम्बरमा युएईमा गएर विश्व ट्वान्टी–२० छनोट र जनवरीमा न्युजिल्यान्डमा गएर एकदिवसीय विश्वकप छनोटमा प्रतिस्पर्धा गर्दैछ। प्रशिक्षक दासानायके ती दुई स्पर्धालाई जोडेर
सिंगापुरको प्रतियोगिता हेर्छन्। अविनाश कर्ण र रामनरेश गिरीजस्ता युवा तीब्र बलरलाई मौका दिनुका कारण पनि विश्वकप छनोटअघि उपलब्ध भएका सबै खेलाडीको स्थिति बुझ्नु नै हो। 'इमर्जिङ टिम्स कप राम्रो प्रतियोगिता हो। सम्भव हुन्थ्यो भने ट्वान्टी–२० विश्वकप छनोटअघि म अर्को प्रतियोगिता चाहन्थँे। किनभने राम्रो टिमसँग खेलिरहने हो भने हाम्रो टोलीको स्तर स्वात्तै माथि आउँदै जान्छ। यो प्रतियोगिता पनि ठूलो हो। श्रीलंकाको जुन टोलीसँग अहिले हामी अभ्यास खेल्न गइरहेका छौं, त्यहीअनुरुप अन्य ठूला टोलीसँग खेल्ने हो भने हामीलाई सहयोग पुग्छ,' दासानायकेले भने।
उनले सिंगापुरमा नेपाली टोलीको लक्ष्य जित्नु नै भएको बताउँछन्। 'हाम्रो ध्यान त्यहाँ गएर खेल जित्नु हो। हाम्रो क्षेत्रमा अफगानिस्तानले वर्चस्व जमाइरहेको छ। अब हामीले एक कदम अघि बढेर उनीहरूलाई पराजित गर्ने बेला आइसकेको छ। अफगानिस्तानलाई पराजित गर्ने हो भने विश्वकप छनोटअघि हाम्रो मनोबल उच्च हुनेछ। त्यसैले मैले यो खेलको प्रतीक्षा गरिरहेको छु,' उनले लक्ष्य बताए।
खेल जित्ने सम्भावना कारण देखाउँदै दासानायके भन्छन्, 'हाम्रा खेलाडी राम्रा छन्, प्रतिभावान छन्। खेलाडीले आफ्नो हिसाबले राम्रो तयारी गरिरहेका छन्। हामीले उनीहरूलाई पराजितगर्न सक्छौं भनेर आफैमा विश्वास गर्न जरुरी छ। एक दुई खेलाडीले राम्रो गर्नेमात्र हो भने हामीले सोचेजस्तो नतिजा निकाल्न सक्छौं।'
पारसको चोटकप्तान पारस सिंगापुर गएमा पनि बलिङ गर्ने छैनन्। उनले ब्याटिङ मात्र गर्ने छन्। वैशाखमा विश्व क्रिकेट लिग डिभिजन ३ मा इटालीसँग खेल्दा नै पारसलाई चोट लागेको थियो। काँधको लिगामेन्ट तन्किए पनि पारसले इटालीसँग समूह चरणको अन्तिम खेल र युगान्डाविरुद्धको फाइनल खेेले। त्यसयता उनले दाहिने हात राम्रोसँग चलाउन सकेका छैनन्। बर्मुडाबाट फर्किएदेखि नियमित फिजियोथेरापी गर्दै आएका उनको श्रीलंकामा थप उपचारपछि टुंगो लाग्नेछ। चोटले नै उनी क्यानाडामा क्लब क्रिकेट खेल्न गएनन्। पारसले भने, 'ब्याटिङ गर्दा कुनै समस्या छैन, तर बल फाल्दा दुख्छ, त्यसैले बलिङ गर्दिन होला। श्रीलंकामा एकपल्ट उपचार गर्ने भनिएको छ। हेरौं, त्यसपछि के हुन्छ।'
दासानायकेले पारसको चोटबारे भने, 'उनी सिंगापुर जाने छन्। अहिले पनि उनी सतप्रतिशत फिट छैनन्। विश्वकप छनोट चरणका खेलहरू आइरहेकाले हामी उनीमाथि दबाब हाल्ने छैनौं। उनले पनि धेरै मेहनत गरिरहेका छन्। श्रीलंका गएर उनलाई कसलाई फिट बनाउने भनेर हामी उनको चोट केही डाक्टरलाई देखाउने छौं। उनलाई फिट बनाउने प्रयास गर्नेछौं। उनले राम्रैसँग ब्याटिङ गर्न सक्छन्। उनी त्यसमै केन्द्रित छन्। २–३ हप्तामा उनले चोटको पीडा कस्तो महसुस गर्छन् त्यसमा भरपर्छ।'पारसको अनुपस्थितिमा चन्द्र साउदसँगै अविनाश र रामनरेशमध्ये एकले पहिलो रोजाइमा खेल्ने सम्भावना देखिएको छ। 'पारसले बलिङ गरेनन् भने हामीले व्यवस्था गर्नुपर्नेछ। हामीसँग केही अलराउन्डर छन्। सागर पुनलाई टोलीमा समावेश गरिएको छ। उनी बलिङ र ब्याटिङ दुवै गर्छन्। टिम सन्तुलन पनि यही नै हो,' दासानायकेले भने, 'सिमरका हिसाबले पारसले खेलेनन् भने पनि यो भ्रमणमा अर्का तीन तीब्र बलर प्रयोग गर्नेछु। पारसले बलिङ गरेको भन्दा पनि नयाँ खेलाडीको प्रदर्शन हेर्न चाहन्छु। पारसले बलिङ गर्छ गर्दैनन् भन्न कठिन छ। सिम बलिङको कुरा गर्दा म तीन तीब्र बलरमा केन्द्रित छु।'
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस