काठमाडौं- प्रधानसेनापति प्रथम राष्ट्रिय महिला फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। आर्मी मुख्यालय भद्रकाली मैदानमा भएको फाइनल खेलमा आर्मीकी इश्वरी चुनी मगरले खेलको ५२औं मिनेटमा आत्मघाति गोलि गरिन्। पुलिसकी निरु थापाले क्रस गरेको बललाई हेड गरेर जोगाउन प्रयास गर्दा इश्वरीले आफ्नै पस्टमा गोल गरेकी थिइन्। त्यही गोल नै पुलिसलाई विजेता बनायो।विजेता पुलिसले नगद ३ लाख पायो। उपविवेता आर्मीले एक लाख ५० हजार र तेस्रो भएका एपिएफले ७५ हजार पायो।
प्रतियोगितामा निरु थापा उत्कृष्ट खेलाडी भइन्। उनले स्कुल हात पारिन्। त्यस्तै उत्कृष्ट गोलकिपरमा पुलिसकी नमिताकुमारी दली, रक्षकमा पुलिसकै धिमकुमारी गुरुङ र प्रशिक्षकमा पुलिसकै सन्देश श्रेष्ठ भए। मिड फिल्डरमा भने आर्मीकी दीपा अधिकारी उत्कृष्ट भइन्।