काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार अभ्यास खेलमा श्रीलंका यु–२३ सँग ७ विकेटले पराजित भएको छ।
श्रीलंका भ्रमणमा रहेको नेपाल टोलीले पहिले ब्याटिङ गर्दै ३७ ओभरमा अलआउट हुनुपूर्व १ सय २७ रन बनाएको थियो। पृथु बाँस्कोटाले अविजिति ४२ रन, अनिल मण्डल १९, सागर पुन १, पारस खड्का शून्य, शरद भेषावकर ९, विनोद भण्डारी ५, शक्ति गौचन ४, राहुल बिक २४ रन बनाए। चन्द्र साउद र अविनाश कर्ण शून्य बनाए।
जवाफमा श्रीलंकाले ३ विकेट क्षतिमा २५ ओभरमै आवश्यक १ सय २८ रन बनायो। रामनरेश गिरीले २ र वसन्त रेग्मीले १ विकेट लिए। सुवास खकुरेल र प्रदीप ऐरी खेलेका थिएनन्। एङ्कलमा लागेको चोटका कारण रिहाब गरिहेका छन्।
महेश क्षेत्री, जितेन्द्र मुखिया र कम्प्युटर एनालिस्ट रमन सिवाकोटी बुधबार श्रीलंका लागेका छन्।
एसिसी इमर्जिङ टिम्स कपको तयारीको सिलसिलामा नेपाली टोलीले १४ दिन श्रीलंकामा बिताउने छ। टोली त्यतैबाट सिंगापुरमा हुने इमर्जिङ कप खेल्न जानेछ। प्रतियोगिता अगस्ट १७ देखि २५ सम्म हुँदैछ। नेपालको समूहमा भारत, पाकिस्तान, अफगानिस्तान छ। टेस्ट मान्यताप्राप्त भारत र पाकिस्तानले प्रतियोगितामा यु–२३ टोलीले भाग लिने बताइएको छ।
श्रीलंका भ्रमणलाई आइसिसी विश्व ट्वान्टी–२० छनोट र एकदिवसीय विश्वकप छनोटको तयारीका रूपमा हेरिएको छ। नोभेम्बरमा युएईमा हुने ट्वान्टी–२० छनोटमा नेपालसँगै समूह 'बी' मा अफगानिस्तान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, केन्या, बर्मुडा र डेनमार्क छन्। विश्वकप छनोट अर्को वर्ष जनवरीमा न्युजिल्यान्डमा हुँदैछ।