गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिवमा गुरुङ
०२ चैत्र २०७७
•
२ मिनेट पाठ
गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिवमा गुरुङ
गण्डकी प्रदेश मन्त्री परिषदको आईतबार बसेको निर्णयले गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिवमा तेजबहादुर गुरुङलाई नियुक्त गरेको छ ।  




गुरुङलाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा गठित तीन सदस्य समितिले सिफारिस गरेपछि नियुक्त गरिएको हो । छनोट समितिमा सामाजिक विकास मन्त्रालयका सचिव विनोद कुँवर तथा खेलकुदकर्मीको तर्फबाट जिल्ला खेलकुद विकास समिति कास्कीका पूर्व अध्यक्ष दिलबहादुर गुरुङ सदस्यको रुपमा थिए ।  

नवनियुक्त गण्डकी प्रदेश खेलकुदका सदस्य सचिव गुरुङ नेपाल ह्याण्डबल संघका केन्द्रीय अध्यक्ष समेत हुन् । नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष हुन् । पोखरामा आयोजित १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा सेभ दि मिसनको जिम्मेवारी समेत सम्हालेका थिए । सामाजिका विकास मन्त्री नरदेवी पुनले समितिले तेजबहादुर गुरुङलाई सिफारिस गरेसँगै सदस्य सचिव नियुक्त गरिएको बताईन् । उनका अनुसार दुईजना मध्ये गुरुङ योग्य उमेदवारको रुपमा ठहर्याई सिफारिस गरिएको थियो । सदस्य सचिवकै लागि नवराज अधिकारीले समेत आवदेन दिएका थिए ।  

प्रदेश खेलकुद विकास ऐन २०७७ अनुसार सदस्य सचिवको लागि खेलकुद क्षेत्रमा विशेष योगदान पुर्याएको, नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्तानक तह उत्तीर्ण भएको, नैतिक पतन देखिने फौजदारी अदालतबाट कसुरदार नठहरिएको र तीन वर्ष उमेर पुरा भएको उल्लेख छ ।  

ऐनको दफा १७ को उपदफा ११ मा निजले अध्यक्ष समक्ष लिखित राजीनामा दिएमा, गैर नेपाली नागरिक भएमा वा कुनै विदेशी मुलुकको स्थायी बसोबासको अनुमति लिएमा वा सो को लागि निवदेन दिएमा, निर्वाचनद्वारा नियुक्त हुने कुनै सार्वजनिक जवाफदेहीको पदमा उम्मेदावर भएमा, भ्रष्टाचार जबरजस्ती करणी, मानव बेचविखन तथा ओसारपोसार लागु औषध विक्री वितरण तथा निकासी वा पैठारी, सम्पति शुद्धीकरण राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कुसुर संगठित अपराध वा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको वा अन्य कुनै फौजदारी कसुरमा एक वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएकोमा, राष्ट्रको प्रतिनिधित्व गरी विदेश गएकोमा भोगेको प्रमाणित भएमा , निजको उमेर साठी(६०) वर्ष पुरा भएमा र निजको मृत्यु भएमा पद रिक्त हुने व्यवस्था छ ।  

गुरुङ आफैंमा ह्याण्डबल खेलाडी हुन् । पोखरा–१६ अर्मलामा जन्मिएका गुरुङ ५९ वर्ष भए । गुरुङले २०४० सालमा पोखरामा आयोजित दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा ह्याण्डबलमा स्वर्ण पदक जिताउँदा कम्तानको भूमिकामा थिए । सन १९८५ देखि १९८८ सम्म नेपाल ह्याण्डबल राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए । तेजबहादुर गुरुङसँगको सम्पर्क गर्न खोज्दा सम्पर्कमा आएनन् । 
अर्को समाचार
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
१ घण्टा अघि
•
१ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
काठमाडौं। न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
क्राइष्टचर्चमा दोस्रो दिनको खेलको समाप्तिमा भारतले ६ विकेट गुमाएर ११६ रन बनाएको छ। यो अवस्थामा भारत २४० रनले पछि छ। 
लोकेश राहुल २५ रनमा आउट हुँदा रिसब पन्त २३ र देभदत्त पाडिकलले २१ रन बनाए। अन्यको प्रदर्शन बिर्सन लायक रह्यो। 
कायल जेमिसन र जाकोब डफीले समान २ तथा माट हेन्री र नाथन स्मिथले समान एक विकेट लिए। 
यसअघि ५ विकेटको क्षतिमा २४६ रनबाट आज दोस्रो दिनको खेल थालेको घरेलु टोली न्युजिल्यान्ड ३५६ रनमा अलआउट भयो। किबिज टोलीका लागि टम ब्लुन्डेलले ८९ र कप्तान टम लाथमले ५९ रन बनाए। 
भारतका लागि आकाश दीपले ५ विकेट लिए। अन्सुल काम्बोज र गुरनुर ब्रारले समान २ तथा वासिङटन सुन्दरले एक विकेट झारे। 
२ खेलको सिरिजको पहिलो खेल भने बराबरीमा सकिएको थियो। 


काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस