भारतसँग राम्रो क्रिकेट खेल्ने योजना
०४ भदौ २०७०
•
५ मिनेट पाठ
भारतसँग राम्रो क्रिकेट खेल्ने योजना
काठमाडौं– अफगानिस्तासँग जितको नजिक पुगेर स्तब्ध भएको नेपालले एसिसी इमर्जिङ टिम्स कपमा मंगलबार भारतको सामना गर्दैछ । भारत प्रतियोगितामा सहभागी टेस्ट खेल्ने चार मध्येको एक टोली हो ।भारतले पहिलो खेलमा चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई ३ विकेटले हराएको थियो । नेपालसँगको जितले टोलीलाई सेमिफाइनल नजिक पु¥याउने छ । पहिलो खेलमा अफगानिस्तानसँग ३ रनले पराजित भइसकेको नेपाललाई अगाढि बढने आशा जीवित राख्नसमेत एक आफू अनुकुल नतिजा आवस्यक छ । नेपालकै समूहमा रहेको पाकिस्तानले सोमबार अफगानिस्तानलाई २ विकेटले पराजित गरेको थियो ।




भारतसँगको खेललाई नेपालले कसरी हेरेको छ ? कप्तान पारस खड्का भन्छन्, 'हामीले पहिला आफै राम्रो क्रिकेट खेल्नु पर्छ । प्रतिद्वन्द्वीभन्दा आफ्नो खेलमा केन्द्रित हुनुपर्छ । नेपालले पनि क्रिकेट खेल्छ भनेर भारतलाई देखाउनु छ । हामीले अफगानिस्तानसँग आफ्नो स्त्तर भन्दा माथिको प्रदर्शन ग¥यौं । तर, दुर्भाग्यजनक रुपमा सुखद नतिजाबाट बञ्चित भयौं । भारतसँग पनि त्यस्तै खेल देखाउन जरुरी छ ।'

सिंगापुरमा जारी इमर्जिङ टिम्स कप एसियाली क्रिकेट परिषदले पहिलोपल्ट आयोजना गरेको प्रतियोगिता हो । टेस्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका २३ वर्षमुनिका टोली सहभागि छन् । अन्यले पूर्ण टोली सहभागि गराएका छन् ।

भारतका सवै जसो खेलाडीमा प्रथम श्रेणी खेलिसकेको अनुभव छ । कप्तान सुरेश कुमार यादवले मुम्बई इन्डियन्स, उन्मुक्त चन्दले दिल्ली डेरडेभिल्स, लोकेश राहुल र सन्दिप वेरियरले रोयल च्यालेन्जर्स बेङलोर तथा सन्दीप शर्माले किंग्स ११ पञ्जाबबाट खेलिसकेका छन् । चन्दले पाकिस्तानसँग आइतबार भएको खेलमा ६१ र राहुलले ४६ रन बनाएका थिए । शर्माले २ विकेट लिएका थिए भने वारियर ३ विकेट लिदैं म्यान अफ द म्याचमा चुनिएका थिए ।

भारतका १० खेलाडीसँग आइपिएलको अनुभव छ । पारस त्यसले फरक नपर्ने बताउछन् । 'क्रिकेट भनेको बल र ब्याटको खेल हो । दुवै आ–आफ्नो देशका लागि खेलिरहेका छौं, खासै फरक पर्दैन्,' पारसले भने । चन्द नेपालविरुद्ध दोस्रो पटक खेल्दै छन् । गत वर्ष मलेसियामा भएको एसिसी यु–१९ एसिया कपमा भारतको नेतृत्व गर्दै उनले नेपालविरुद्ध समूह चरणको खेलमा ४७ रन बनाएका थिए । उनलाई राहुल विकले आउट गरेका थिए ।

अफगानिस्तानसँगको अघिल्लो खेलमा राहुल पहिलो रोजाइमा थिएनन् । नोभेम्बरमा हुने आइसिसी ट्वान्टी–२० विश्व छनोट र जनवरीमा न्युजिल्यान्डमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितालाई मध्यनजर गरेर प्रशिक्षक पुबुदु दासानायकेले सवै खेलाडीलाई एक्सपोजर दिने बताउदै आएका छन् । त्यसैले पनि भारतविरुद्धको खेलमा पहिलो खेलमा नरहेका खेलाडीले अवसर पाउने सम्भावना बलियो छ ।

राहुलसँगै प्रदीप ऐरी, रामनरेश गिरी र विनोद भण्डारी पहिलो रोजाइमा थिएनन् । प्रदीप पूरा फिट हुन नसकेको बताइए पनि विनोदको छनोटलाई आश्चार्यजनक रुपमा हेरिएको छ । दासानायकेले पिचको स्थिति हेरेर अफगानिस्तानसँगको खेलपछि दुई अतिरिक्त स्पिनर वा एक ब्याट्सम्यान खेलाउने योजनामा छन् । पारसका अनुसार प्रदीप अझै म्याच फिट भइसकेका छैनन् ।

१२ बलको अन्तरमा ४ रन बनाउदै ५ विकेट गुमाएपछि अफगानिस्तानसँग नेपालले नाटकीय पराजय बेहोरेको थियो । नेपालले त्यो हार विर्सिएको बताउदै पारसले भने, 'गल्ती गरेर हा¥र्यौ त्यो याद छ । तर अब अगाडी बढ्नलाई त्यो विर्सन जरुरी छ । अफगानिस्तानसँग जस्तै राम्रो खेल्ने हो भने भारतसँग सम्भावना बन्छ ।'
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस