जेठ पहिलो साता ‘शुभकामना गोल्डकप’
०७ चैत्र २०७७
•
२ मिनेट पाठ
जेठ पहिलो साता ‘शुभकामना गोल्डकप’
पोखरा–२५ हेमजास्थित गौरीशंकर खेलमैदान । तस्बिर फाईल– नागरिक
नयाँवर्षमा शुभकामना कप हुदैं आएको थियो । तर दुईवर्षसम्म फुटबल रोकियो । पहिलो वर्ष फुटबल मैदान मर्मत सम्भारले रोकियो । दोस्रो वर्ष कोभिड–१९ ले रोकियो । तेस्रो वर्षमा आईपुग्दा हेमजा युनाईटेड ‘शुभकामना कप’ को तयारीमा छ । तर यो वर्ष शुभकामना कपको आकार ठूलो बनेको छ । शुभकामना कपबाट ‘शुभकामना गोल्डकपको नामबाट शुरुवात हुदैं छ । नाम मात्रै परिवर्तन होईन पुरस्कार राशीको आकार पनि बढाइएको छ । नेपाली फुटबलको क्यालेण्डरमा समेटिएपछि  फुटबलमा हेमजा युनाईटेडले नयाँ आयाम थप्ने विश्वास फुटबलप्रेमीले गरेका छन् ।  




स्थानीयस्तरकै क्लबबाट पाँचवर्ष हेमजा युनाईटेड क्लबले शुभकामना कप टुंग्यायो । अब ए डिभिजन क्लब भित्र्याउँदै फुटबललाई अझ प्रभावकारी बनाउने ध्येयमा क्लब जुटेको छ । पुरस्कार राशी बृद्धि गरिएको छ । २०७१ सालबाट शुभकामना कप शुरु गरेको हेमजाले २०७८ साल जेठ १ गेदेखि ८ गतेसम्म शुभकामना गोल्डकप गर्दै ए डिभिजनका क्लबलाई गौरी शंकर खेल मैदानमा उतार्ने लक्ष्य लिएको छ ।  

‘पाँचौ संस्करणसम्म शुभकामना कप खेलायौं । अब गोल्डकपको रुपमा अघि बढ्यौं,’ हेमजा युनाईटेड क्लबका अध्यक्ष ईन्द्र कुँवरले भने, ‘ए डिभिजनका क्लबलाई उतार्ने योजनासहित गोल्डकपको तयारीमा जुटिसक्यौं ।’ शुभकामना गोल्डकपमा मनाङ मस्र्याङ्दी र संकटा क्लब आउने पक्कापक्की भईसकेको समेत उनको भनाई थियो । हेमजा युनाईटेडले नयाँ वर्षकै अवसरमा वर्षेनी बैशाख १ गतेदेखि शुभकामना कप आयोजना गर्दै आएको थियो । तर यो वर्ष नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघले नै गोल्डकपमा स्तरोन्नति भएको शुभकामना कपलाई आगामी जेठ १ गतेदेखि ८ गतेसम्म आयोजनाको मिति दिएको छ ।  

शुभकामना गोल्डकप नेपाल पहिलो पटक आयोजित फ्रेन्चाईज नेपाल सुपर लिग सकिएपछि आयोजना हुने छ । सुपर लिगपछि ए डिभिजनका क्लबहरु पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा आउने छन् । ‘गोल्डकपको नामबाट क्लबको पहिलो प्रतिस्पर्धा हो’ अध्यक्ष कुँवरले भने, ‘पुरस्कार राशी पनि त्यही अनुसार व्यवस्था गरेका छौं ।’ उनका अनुसार गोल्डकप विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्रदान गरिने छ । अन्य विधागत पुरस्कारको बारेमा भने क्लबले निर्णय गरिसकेको छैन् ।  

मैदान पुर्ननिर्माण गरिएको छ । २०७५ माघ ३ गते फुटबल मैदान मर्मत सम्भारको काम शुभारम्भ गरिएको थियो । राष्ट्रिय खेलकुद परिषदले विभिन्न चरणमा गरी १ करोड ६२ लाखको लागतमा मैदान मर्मत सम्भार तथा अन्य पूर्वाधार निर्माण गरिएको छ । २ हजार ५ सय क्षमताको दर्शक प्याारपिट बनाईएको छ । प्यारापिटसँगै दुईवटा चेन्जिङ, शौचालय, मैदान वरिपरी नाली निर्माण र मैदान संरक्षण गर्न तारजाली समेत लगाइएको छ । मैदान निर्माण गर्न बनेको समितिले फुटबल मैदानसहितको पूर्वाधारको जिम्मा लगाईसकेको छ । पोखरा–२५ हेमजा वडा कार्यालयबाट मैदानको संरक्षण र सम्वद्र्धनको जिम्मेवारी हेमजा युनाईटेड क्लबले लिएको छ । 
अर्को समाचार
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
१ घण्टा अघि
•
१ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
काठमाडौं। न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
क्राइष्टचर्चमा दोस्रो दिनको खेलको समाप्तिमा भारतले ६ विकेट गुमाएर ११६ रन बनाएको छ। यो अवस्थामा भारत २४० रनले पछि छ। 
लोकेश राहुल २५ रनमा आउट हुँदा रिसब पन्त २३ र देभदत्त पाडिकलले २१ रन बनाए। अन्यको प्रदर्शन बिर्सन लायक रह्यो। 
कायल जेमिसन र जाकोब डफीले समान २ तथा माट हेन्री र नाथन स्मिथले समान एक विकेट लिए। 
यसअघि ५ विकेटको क्षतिमा २४६ रनबाट आज दोस्रो दिनको खेल थालेको घरेलु टोली न्युजिल्यान्ड ३५६ रनमा अलआउट भयो। किबिज टोलीका लागि टम ब्लुन्डेलले ८९ र कप्तान टम लाथमले ५९ रन बनाए। 
भारतका लागि आकाश दीपले ५ विकेट लिए। अन्सुल काम्बोज र गुरनुर ब्रारले समान २ तथा वासिङटन सुन्दरले एक विकेट झारे। 
२ खेलको सिरिजको पहिलो खेल भने बराबरीमा सकिएको थियो। 


चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस