काठमाडौं — 'नेपालसँग मेरो भावनात्मक सम्बन्ध छ।' नेपाल भ्रमणमा आउँदा प्रायः विदेशीले औपचारिकताकै निम्ति यसो भन्ने गरेका छन्। बंगलादेशका गोलकिपर विप्लव भट्टाचार्यको यो भनाइमा भने औपचारिकता मात्र छैन । उनको फुटबल करिअरका केही 'गौरवपूर्ण' क्षणसँग नेपाली भूमि जोडिएको छ।पहिलो साफ च्याम्पियनसिप काठमाडौंमा हुँदा बंगलादेशको गोलरक्षक बनेर आएका उनी १६ वर्षपछि त्यही भूमिकामा काठमाडौं फर्केका छन् । यतिमात्र होइन, उनी आफैं गोलरक्षक भएर स्वर्ण पदक जितेको आठौं दक्षिण एसियाली खेलकुद (साफ हालको साग) काठमाडौंमै भएको थियो । उक्त पदकलाई विप्लव आफ्नो खेलजीवनकै 'सर्वोत्कष्ट क्षण' मान्छन् ।
र, आज उनको खेलजीवनमा काठमाडौंसँगको नयाँ सम्बन्ध गाँसिएको छ ।
लगातार साफ फुटबलको आठ संस्करण खेल्ने एकमात्र खेलाडीको कीर्तिमान बनाएका ३३ वर्षीय विप्लवले यही साफ च्याम्पियनसिपपछि संन्यास लिने निर्णय गरेका छन् । त्यसको घोषणा उनले गरेका छन्, काठमाडौंबाटै। विप्लवले संन्यास घोषणा काठमाडौंबाटै गर्नुको कारण छ।
'नेपाल मेरो दोस्रो घर हो, मेरो खेलजीवनका महत्वपूर्ण उपलब्धिसँग कुनै न कुनै रूपमा नेपाली भूमि जोडिएको छ,' बंगलादेशी टोली बसेको एभरेस्ट होटलको लबीमा सोमबार नागरिकसँग कुरा गर्दै उनले भने, 'मैले पहिलोदेखि आठौं साफ च्याम्पियनसिपसम्म खेलेर इतिहास बनाइसकेँ । काठमाडौंबाट काठमाडौंसम्म यात्रा गरेँ । अब काठमाडौंमै भएको यो च्याम्पियनसिप अन्तिम बनाउन चाहन्छु ।'
नेपाली भूमिमा स्वर्ण पदक जित्दाको क्षण कहिल्यै बिर्सन नसक्ने उनी बताउँछन् । 'त्यो क्षण मेरो दिमागमा ताजै छ,' उनले भने, 'मैले भारत र नेपालविरुद्ध निकै राम्रो खेलेको थिएँ । त्यही भएर होला, म नेपाली समर्थकबीच पनि लोकप्रिय छु ।'
आठौं साफको प्रदर्शनबाट आफूले थुप्रै नेपाली प्रशंसक कमाएको बताउने उनले त्यतिबेला केही नेपाली युवतीसँग प्रेम सम्बन्ध रहेको पनि खुलाए । 'मेरा नेपाली प्रेमिका थिए । उनीहरूले बिहेको प्रस्ताव पनि राखे, त्यो बेला मेरो उमेर सानो भएकाले अस्विकार गरेँ,' उनले अलिअलि लाज मान्दै भने ।
'फुटबलकै कारण मैले बंगलादेश र नेपालमा थुप्रै समर्थक पाएको छु,' उनले अगाडि थपे, 'अहिले अन्तर्राष्ट्रिय फुटबलबाट विदा हुने समयमा म सबैलाई धन्यवाद दिन चाहन्छु ।'
उनले च्याम्पियनसिप खेल्न काठमाडौं आउनुअघि नै फर्केपछि संन्यास लिनेबारे प्रशिक्षक, खेलाडी र बंगलादेश फुटबल संघलाई जानकारी गराइसकेको बताए । संन्यासका लागि घरेलु बंगबन्धु रंगशालामा एक मैत्रीपूर्ण खेल आयोजना गर्न फुटबल अधिकारीहरूसँग अनुरोध गर्ने बताउँदै उनले भने, 'संघले त्यसको व्यवस्था मिलाउँछ होला । त्यही खेलबाट घरेलु समर्थकबीच संन्यास घोषणा गर्छु ।'
शेख रसेल केसीका विप्लव बंगलादेशी फुटबलमा सबैभन्दा बढी कमाउने गोलकिपर हुन् । उनको वार्षिक पारिश्रमिक ३० लाख टाँका रहेको उनले जानकारी गराए । सन् १९९६ मा साउदी अरेबियाविरुद्धको विश्वकप छनोट खेलमार्फत् उनले १६ वर्षमै राष्ट्रिय टोलीबाट 'डेब्यु' गरेका थिए । बंगलादेश ३–१ ले हारेको खेलमा आफूले पेनाल्टी बचाएको क्षण उनी अहिले पनि गौरवसाथ सुनाउँछन् । 'त्यो वर्षको एसियाली उत्कृष्ट खेलाडी साउदीका कप्तानले हानेको पेनाल्टी मैले बचाएको थिएँ,' उनी सम्झन्छन् ।
दुईपटक बंगलादेशका सर्वोत्कृष्ट फुटबलर घोषित विप्लव क्लब फुटबलबाट पनि विदा लिएपछि युरोपमा विशेष प्रशिक्षण लिएर गोलकिपिङ प्रशिक्षक बन्ने योजनामा छन् । जारी साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालसँग पराजित भए पनि उनले आशा मारेका छैनन् । फाइनल पुगेर अन्तर्राष्ट्रिय करिअर टुंगाउने सपनामा डुब्दै उनी भन्छन्, 'फुटबलमा सबथोक सम्भव छ । हामीसँग अझै दुई खेल बाँकी छन् । भारतलाई हराउन सके हामी सेमिफाइनल पुग्छौं । त्यसपछि कसले देखेको छ र ? हामी पनि दक्षिण एसियाको बलियो टोली हौं ।'
नेपालबारे सकारात्मक सोच राख्ने उनी घरेलु टोलीको यसपालि उपाधि जित्ने सम्भावना बलियो देख्छन् । 'नेपाल एकदम राम्रो टोली हो । उनीहरूलाई मेरो शुभकामना छ । पहिला पनि नेपालले सधैं राम्रो खेलेको छ । यसपालि उनीहरूलाई घरेलु समर्थकको साथ छ । त्यसकै मनोबलमा उनीहरूले हामीलाई पहिलो खेलमा हराए । घरेलु समर्थकको प्रेरणामा यसपालि नेपाल फाइनल पुग्ने सम्भावना म प्रशस्त देख्छु,' उनको विश्लेषण छ ।