शुक्लागण्डकी मेयर कपको उपाधि गलकोट नगरपालिकालाई
१५ चैत्र २०७७
•
२ मिनेट पाठ
शुक्लागण्डकी मेयर कपको उपाधि गलकोट नगरपालिकालाई
घरेलु टोलीलाई निराश बनाउँदै शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप भलिबलको उपाधि बाग्लुङको गलकोट नगरपालिकाले जितेको छ। चौथो सेटमा उत्कृष्ट कमब्याक गरेको गलकोटले २५–१६ले आफ्नो पक्षमा पार्दैै प्रथम मेयर कपको उपाधि आफ्नो नाममा लेखाउन सफल रह्यो।  




२–१ सेटले अग्रता लिएको गलकोटले चौथो सेटमा भने उत्कृष्ट पुनरागमन गर्‍यो। १३–१४ को स्कोरमा पछि परेको गलकोटले लगातार १० अंक जोड्दै २३–१४ को स्थिति पुर्‍याउँदै उपाधि निकट पुग्यो। गलकोटका खेलाडीको उत्कृष्ट स्पाईकमा लगातार अंक जोड्दा घरेलु दर्शक भने निराश हुन पुगेका थिए।  

आईतबार गाउँफर्कोदय माविको खेल मैदानमा भएको फाईनल खेलमा २५–१६, २४–२६, २५–२१ र चौथो सेट २५–१६ले लिँदै शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कपको उपाधिसहित नगद १ लाख ५० हजार रुपैयाँ जित्यो। उपविजेतामा चित्त बुझाएको शुक्लागण्डकीले भने १ लाख रुपैयाँमा प्राप्त गर्‍याे। त्यसैगरी तेस्रो स्थानमा भने कास्कीको मादी गाउँपालिका हुन पुग्यो।

मादी गाउँपालिकाले तनहुँको घिरिङ गाउँपालिकालाई २५–२३, २९–२७, २५–२२ र २५–२० को सेटमा पराजित गर्दै नगद ५० हजार रुपैयाँ प्राप्त गर्‍याे। सान्त्वना भएको टोलीले नगद २५ हजार रुपैयाँ प्राप्त गरेको छ। विजेता टोलीलाई गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री किरण गुरुङले नगदसहित ट्रफी प्रदान गरेका थिए। प्रतियोगितामा गल्कोट नगरपालिकाका विमल परियार उत्कृष्ट खेलाडी घोषित भए।  

त्यसैगरी उत्कृष्ट स्पाईकर मादी गाउँपालिकाका सफल विक, बेष्ट सेटरमा गल्कोट नगरपालिकाका मिन सुनार, बेष्ट सर्भरमा गल्कोट नगरपालिकाकै प्रकाश सुनार, बेष्ट ब्लकरमा शुक्ला गण्डकीका मिनबहादुर कुमाल, बेष्ट डिफेण्डरमा गल्कोट नगरपालिकाका रिजन राना र उदियमान खेलाडीमा शुक्ला गण्डकीका प्रदीप गुरुङ रहेका छन्। उत्कृष्ट खेलाडीले नगद १० हजार तथा अन्य विधाका खेलाडीले नगद ५ हजार जनही प्राप्त गरेका छन्। प्रतियोगितामा विभिन्न १५ टोलीले सहभागिता जनाएका थिए।
अर्को समाचार
शुक्लागण्डकी मेयर कपको सेमीफाइनल समीकरण
१४ चैत्र २०७७
•
२ मिनेट पाठ
शुक्लागण्डकी मेयर कपको सेमीफाइनल समीकरण
हरीनास गाउँपालिका स्याङजा र घिरिङ गाउँपालिका तनहुँ सेमीफाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्दै। तस्बिर : नागरिक
गण्डकी प्रदेशमा एकपछि अर्को गरी भलिबलका प्रतियोगिता आयोजना भईरहेका छन्। पोखरा रंगशालामा टाईगर कम आमन्त्रित क्लबस्तरीय भलिबल प्रतियोगिताबाट शुरु भएको थियो। त्यसपछि पोखरामै मुख्यमन्त्री कप, सृजना भलिबल कप(विद्यालयस्तरीय) सम्पन्न भईसक्यो। स्याङजामा सर्वाधिक पुरस्कार राशीको पुतलीबजार कप आयोजना गरिएको थियो।  




पुतलीबजारपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाको आयोजनामा प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ। क्वाटरफाइनलको पहिलो खेलमा पुतलीबजार नगरपालिका स्याङजालाई २–१ को सेटमा पराजित गर्दै कास्कीको मादी गाउँपालिकाले सेमीफाइनलको यात्रा तय गरेको हो। मादीले पुतलीबजारलाई २३–२५, २५–१९ र २५–२१ को सेटमा जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको छ। दोस्रोे क्वाटरफाइनल खेलमा आयोजक शुक्लागण्डकी नगरपालिका ‘ए’ ले बौदीकाली गाउँपालिका नवलपुरलाई २५–१६, २५–२३ को स्कोरको साथ सोझो सेटमा पराजित गर्न सफल भएको थियो।  

तेस्रो क्वाटरफाइनलमा हरीनास गाउँपालिका स्याङजालाई २–१ को सेटमा पराजित गर्दै घिरिङ गाउँपालिका तनहुँ सेमिफाइनल प्रवेश गरेको छ। घिरिङले २३–२५, २५–१४, २५–२३ को सेटमा पराजित गरेको थियो। अन्तिम  क्वाटरफाईनल खेलमा बाग्लुङको गलकोट नगरपालिका विजयी भएको छ। गलकोटले भिमादलाई २–० को सोझो सेटमा पराजित गरेको हो। पहिलो सेटमा २५–१५ र दोस्रो सेटमा २५–१४ को नजिता गलकोटले आत्मासाथ गर्‍यो।  

प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मेयर कप सञ्चालन तथा व्यस्थापन समिति संयोजक एवम शुक्लागण्डकी–५ का वडाध्यक्ष दीर्घबहादुर थापाले जानकारी दिए। उनका अनुसार दोस्रो हुनेले एक लाख, तेस्रोले ५० हजार र सान्त्वनाले २५ हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने मेयर। सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। बेष्ट स्पाईकर, सेन्टर सर्वर, ब्लकर, डिफेन्डरले जनही पाँच हजार रुपैयाँ हात पार्नेछन्। प्रतियोगितामा १५ समूहको सहभागिता रहेको छ।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस