बलियो स्ट्राइकर, कमजोर मिडफिल्ड
२१ भदौ २०७०
•
१३ मिनेट पाठ
बलियो स्ट्राइकर, कमजोर मिडफिल्ड
काठमाडौं - 'यो मैदानमा माटोले पनि हामीलाई चिन्छ,' दशरथ रंगशालातिर फर्किंदै नेपाली फुटबल टोलीका कप्तान सागर थापाले भनेका थिए। एसियाकै बलियो टोलीमा गनिएको जोर्डनलाई एक वर्षअघि यही रंगशाला मैदानमा १–१ को बराबरीमा रोकेपछि उनले हौसिँदै भने, 'यो मैदानमा जस्तोसुकै विपक्षीका खेलाडीलाई काँधमा बोकेर ९० मिनेट भिड्न सक्छौं।'उनको यो भनाइ गलत थिएन, किनकि जोर्डनको त्यही टोलीसँग उनीहरूकै भूमिमा खेल्दा नेपाल ९–० ले निरीह बनेको थियो।
जोर्डनविरुद्ध बहादुरीपूर्ण प्रदर्शनको एक वर्षपछि पनि सागरको भनाइमा दम देखिन्छ। उनले भनेझैं जोसिलो प्रदर्शनका साथ नेपाल आठौं साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ। तर, सेमिफाइनल पुग्नु मात्र नेपाली समर्थकका लागि ठूलो खुसी नहुन सक्छ। यसअघि दुईपटक यो चरणमा पुगिसकेको नेपालले त्यसलाई नाघ्नु अबको चुनौती हो।

कस्तो रह्यो सेमिफाइनल यात्रा?
नेपालले सेमिफाइनलसम्म पुग्दा पाँच गोल गर्दै दुई गोल खाएको छ। सबै गोल स्ट्राइकरहरूबाटै हुनु सकारात्मक पक्ष हो। मिडफिल्डमा भने प्रशिक्षकले खासै ध्यान दिएको देखिँदैन। यो टोलीलाई महँगो साबित हुनसक्ने फुटबलविज्ञ सञ्जीव मिश्र बताउँछन्।
अमेरिकी प्रशिक्षक ज्याक स्टेफानोस्कीले प्रतियोगिताका लागि २० खेलाडीको अन्तिम नामावली घोषणा गर्दा नै मिडफिल्डलाई महत्त्व दिएका थिएनन्। तीन गोलकिपर र पाँच स्ट्राइकर राखिएको टोलीमा रक्षापंक्ति र मिडफिल्डमा ६/६ खेलाडीमात्र समेट्नुलाई आलोचकहरूले कमजोरीका रूपमा बयान गरेका थिए।
मिडफिल्डर जगजित श्रेष्ठमा बढी भर परेजस्तो देखिँदा टोली दबाबमा परेको अनुभव भयो। जगजित प्रतियोगिताअघि नै 'म्याच फिट' थिएनन्। कुर्कुच्चाको चोटले राम्ररी हिँड्नसम्म गाह्रो थियो। असीमित प्रतिभा भएका उनलाई कुनै पनि समय खेल मोड्न सक्ने आशामा टोलीमा समेट्नु जायज थियो। साथमा उनको विकल्प पनि समयमै खोजिनुपर्थ्यो। अहिले जगजितले खेल्न नसकिरहँदा स्टेफानोस्की आफैं विकल्प अभावमा अलमल परेका देखिन्छन्।
पहिलो खेलमा बंगलादेशविरुद्ध जगजित मैदानमा ओर्लिए पनि खेल्न सकेनन्। उनको ठाउँमा मैदान छिराइएका प्रकाश बुढाथोकीको त्यो 'डेब्यु' खेल थियो। डेब्युमा २० हजार दर्शकसामु खेल्दा उनी नर्भस भए। प्रकाशले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन्। तथापि नेपाल २–० ले विजयी भएको खेलमा त्यसको प्रभाव परेन।
प्रकाश नर्भस भएकाले पोजिसनमा खेल्न नसके पनि उनलाई दोस्रो खेलमा उतारेर आत्मविश्वास बटुल्ने मौका दिनुपर्थ्यो। स्टेफानोस्कीले भने दोस्रो खेलमा अनिल गुरुङलाई टंक बस्नेतबाट स्थानान्तरण गराए। टंकको हालत पनि प्रकाशजस्तै भयो।
पाकिस्तानविरुद्ध एक गोलले पछि परिसकेको खेलमा दबाबका कारण टंक जम्न सकेनन्। फुटबल विज्ञ मिश्रका अनुसार दबाबका बेला जुनियरलाई थप दबाब दिनुहुँदैन, अनुभवी रोज्नुपर्छ। 'पहिलो खेलमा असफल भए पनि त्यो बेला प्रकाशलाई मौका दिएको भए उनी सफल हुने सम्भावना रहन्थ्यो,' मिश्र भन्छन्।
दोस्रो खेलमा स्टेफानोस्कीले एउटै खेलाडीका लागि दुइटा परिवर्तन खेर फाले। अनिललाई निकालेर टंकलाई छिराएका उनले टंकलाई पनि धेरैबेर मैदानमा राखेनन्। टंकको स्थानमा प्रशिक्षकले यु–१६ का स्ट्राइकर विमल घर्तिमगरलाई मैदान प्रवेश गराए। विमल इन्जुरी समयमा बराबरी गोल गर्न सफल भए पनि समग्रमा १६ वर्षमुनिका उनले दबाबकै कारण स्वाभाविक खेल्न सकेनन्। पोजिसन बिर्सेर यताउता भौंतारिएका उनी गोल गर्न नसकेका भए सानै उमेरमा फ्लपको सूचीमा पर्ने थिए।
अन्तिम खेलमा नेपाल मैदानको हरेक पक्षमा हावी देखियो। खासगरी मिडफिल्डमा सबैले आफ्नो भूमिकामा न्याय गर्दा भारतविरुद्धको अन्तिम खेल थप सहज बन्यो। कप्तानको नेतृत्वमा सन्दिप राई, विराज महर्जन र रविन श्रेष्ठ रहेको रक्षापंक्ति नेपालको सधैं राम्रो पक्ष हो। तीन खेल दौरान एक/दुई तालमेलको समस्याबाहेक रक्षापंक्ति नै नेपालको भर रहँदै आएको छ। अन्तिम खेलसम्म भरत खवास मिडफिल्डको लयमा आइसकेका थिए। साथमा प्रशिक्षकले राम्रो प्रदर्शन गरिरहेका राजु तामाङ थाक्नेबित्तिकै विक्रम लामा ल्याउँदा नतिजा सहज बन्यो।
भोलानाथ सिलवालको प्रदर्शन मिडफिल्डमा सधैं प्रेरणादायी रहँदै आएको छ। पहिलो खेलमा समय कटाउने अनावश्यक प्रयास गर्दा गोलकिपर किरण चेम्जोङले पहेँलो कार्ड सामना गर्नु अपरिपक्वता थियो।

थपिए विशिष्टता
सेमिफाइनल पुग्दासम्म नेपाली टोलीमा केही विशिष्टता थपिएका छन्।
पहिलो विशिष्टता हो, घरेलु मैदान। नेपालले फुटबलमा १२ खेलाडी खेल्न पाएको छ, दर्शकसमेत जोड्दा। भारत र बंगलादेशजस्तो सशक्त टोलीमाथि रवाफ जमाउन सफल हुनुमा खेलाडीको जोशसँगै घरेलु दर्शकको समर्थनले जगाएको उत्साह पनि कम थिएन। दक्षिण एसियाका यी दुई महारथीमाथि पहिलोपटक हावी हुनु नेपाली टोलीको अर्को विशिष्टता हो।
'ग्रुप अफ डेथ' का रूपमा लिइएको समूह 'ए' मा पाँचपटकका विजेता भारत र पूर्वविजेता बंगलादेशसँगै पर्दा नेपालको सेमिफाइनल यात्रा कठिन मानिएको थियो। टोलीले पूरा मेहनतसाथ खेल्दा प्रतियोगिता इतिहासमै पहिलोपटक दुई जित र एक बराबरीको नतिजासाथ ७ अंक लिएर समूह विजेता बन्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो।
दक्षिण एसियामा नेपालको परम्परागत छवि 'डार्क हर्स' को थियो। जोसुकैलाई हराउन वा कडा टक्कर दिन सक्ने टोलीका रूपमा नेपाललाई लिइन्थ्यो। पछिल्लो समय सुधारिएर नेपाल दावेदारको हैसियतमा पुगिसक्यो। अघिल्लो संस्करणमा सेमिफाइनल पुगेपछि बनेको यो नयाँ छविमा टोली यसपालि झन् खरो उत्रिएको छ। यसले नेपाली टोलीको मनाबेल बढाएको छ।
आइतबार सेमिफाइनलमा नेपालले फिफा वरियतामा दक्षिण एसियालीमै सबभन्दा माथिको अफगानिस्तानसँग सामना गर्नेछ। पछिल्लोपटक नयाँ दिल्लीमा सम्पन्न सातौं साफ च्याम्पियनसिपको सेमिफाइनलमा भेट हुँदा अफगानिस्तानले नेपालमाथि १–० को भाग्यशाली जित दर्ता गराएको थियो। यसपालि त्यस्तो नहुनेमा फुटबलविज्ञ मिश्र आशावादी छन्।
'यसपाली हाम्रो टोली उनीहरूभन्दा फर्ममा छ। हामीलाई घरेलु मैदान र समर्थकको साथ पनि छ। फुटबलमा यसले ठूलो अर्थ राख्छ,' उनले भने, 'नेपालले अहिलेसम्म खेलेको शैली दक्षिण एसियाली स्तरमा कसैले सजिलै हराउने खालको छैन।'
राष्ट्रिय टोलीका कप्तान सागर यसमा सहमत छन्। 'हामी यसपालि बिल्कुल नौलो शैलीमा खेलिरहेका छौं,' उनले भने, 'हामीले जोनल सिस्टममा खेलेर विपक्षीलाई स्पेस र टाइम नदिने रणनीति अपनाएका छौं।' अभ्यास क्रममा केही समय यो शैली बु‰न समय लागे पनि अहिले सबैले लय मिलाइसकेको उनी बताउँछन्।
'यस्तो शैलीमा खेल्दा आफू निकै थाके पनि विपक्षीले समय र स्पेस पाउन्न,' उनले थपे, 'धेरै थाकिन्छ, तर खेल सकिँदा नतिजा आए हामी जति पनि थाक्न तयार छौं।'

नेपालका तीन स्टार
अनिल गुरुङ
प्रतियोगितामा नेपालले पाँच गोल गर्दा अनिलले दुई गोल आफैं गरेका छन्। यसबाहेक उनले मेहनतसाथ प्राविधिक प्रदर्शन गर्दा पहिलो खेलमा भरतको गोल सम्भव भएको थियो। अनिलले तीन खेलमा मिलाएका करिब आधा दर्जन अवसरमा अन्य फरवार्ड गोल गर्न सफल भएनन्। सबै खेलमा उनको तेज गति, एयर बलमा भिड्न सक्ने क्षमता र मेहनतका कारण विपक्षी रक्षापंक्ति दबाबमा आउने गरेको छ। यसको फाइदा नेपालका अन्य फरवार्डले पाउने गरेका छन्।

रविन श्रेष्ठ
रविनकै मेहनतमा भारतविरुद्ध दोस्रो गोल सम्भव भएको थियो। भोलानाथ सिलवालले दिएको थ्रु पासलाई मैदानको मध्यभागबाट एक्लै अघि बढाएर उनले गरेको उत्कृष्ट क्रसमा जुमानु राईले गोल गरेका थिए। सबै खेलमा आफ्नो पोजिसनमा पूरा न्याय गरेका रविनको मुख्य विशेषता रक्षात्मक खेल्दै आवश्यक पर्दा ओभरल्यापमा गएर आक्रमणको अवसर जुराउनु हो। उनको यो विशेषता नेपाली टोलीलाई निकै महत्त्वपूर्ण भइरहेको छ।

रोहित चन्द
नेपाली टोलीमा रोहितको वास्तविक पोजिसन सेन्ट्रल डिफेन्स हो। तर, इन्डोनेसियाको परसिया जाकार्तामा व्यावसायिक फुटबल खेलिरहेका उनी त्यहाँ रक्षात्मक मिडफिल्ड खेल्छन्। साफ च्याम्पियनसिपमा रक्षात्मक मिडफिल्डको जिम्मेवारी रोहितले सम्हाल्दा नेपाली टोली लगातार सफलताको कथा रच्न सफल भइरहेको छ। विपक्षीलाई खेल्न नदिनुमा मात्र उनको भूमिका खुम्चिएको छैन। आक्रमणका उत्कृष्ट मुभ बुन्न पनि उनी प्रभावकारी देखिएका छन्। लामो दुरीबाट उनले गरेका केही प्रयास गोलमा परिणत नभए पनि विपक्षी रक्षापंक्ति र गोलकिपरलाई दबाब दिन ती फलदायी भएका छन्।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस