काठमाडौं - अखिल नेपाल फुटबल संघका एक केन्द्रीय सदस्यले भतिजाका लागि नेपाल र भारतबीचको समूह चरणको अन्तिम म्याच हेर्न ३ सय रुपैयाँको टिकटका लागि एक हजार रुपैयाँ खर्च गरेर कालो बजारियासँग टिकट किन्नुपर्यो। सबै टिकट र पास सकिइसकेकाले उनी त्यसो गर्न विवश भए।बानेश्वरका दीपेन्द्र तिमल्सिना फुटबलका नियमित दर्शक हुन्, तर गत बिहीबार उनले एउटा ३ सय मूल्य पर्ने टिकट ३ हजारसम्म तिर्न तयार हुँदा पनि पाएनन्। 'समयमै रंगशाला धाउनेले टिकट पाए, नपाउनेले ब्ल्याकमा किने। ब्ल्याकमा पनि नपाउने हामीजस्ताले टेलिभिजनबाटै रहर मेटियो,' तिमल्सिनाले भने।
साफ फुटबल च्याम्पियनसिपमा नेपालका खेलमा रंगशालालाई दर्शक धान्न धौधौ पर्यो। हरेक खेल करिब २० हजार जतिले मैदानमै हेर्न पाए भने करिब त्यत्ति नै दर्शक टिकट नपाएर मन खुम्चाउँदै फर्के। साफ फुटबलसँगै चुलिएको दर्शक संख्या हेर्दा त्रिपुरेश्वरको रंगशाला सानो भएको छ। कम्तीमा अहिलेको दोब्बर क्षमताको रंगशाला बनाउन युवा तथा खेलकुद मन्त्रालयलाई दबाब परेको छ।
अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापाले सरकारले जग्गा उपलब्ध गराए संघले नै अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने घोषणा एक दशकअघि नै गरेका थिए। सरकारले पनि पटक–पटक रंगशाला बनाउने सैद्धान्तिक निर्णय नगरेको होइन। यसपालि बजेट भाषणमै अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन रकम छुट्ट्याएको पनि छ, तर विनियोजन भने केवल एक करोड रुपैयाँमात्र गरेको छ।
यो वर्ष खेलकुदले सबभन्दा बढी बजेट पाएको छ, र भौतिक पूर्वाधारलाई मात्र ५६ करोड रुपैयाँ विनियोजन गरिएको छ। अर्थमन्त्रीले बजेट भाषणमै उल्लेख गरे पनि नयाँ रंगशाला बनाउने विषयमा भने प्रारम्भिक कामका लागि भनेर एक करोडजति मात्र रकम छुट्ट्याइएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामा बताउँछन्।
लामाले देशको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालाको साधारण प्यारापिटमा १० देखि १२ हजार कुर्सी राख्ने र छत हाल्ने तथा एथलेटिक्सलाई नयाँ सिन्टेथिक ट्र्याक बनाउन गरी कूल ८ करोड हाराहारी खर्च गर्ने तयारी भएको जानकारी गराए। ठूलो नयाँ रंगशाला बनाउने विषयमा भने उनीसँग पनि रेडिमेड जवाफ छ, 'प्रक्रिया सुरु भइसक्यो, जग्गा पहिचान भइसकेको छ। सरकारबाट निर्णय हुनेबित्तिकै काम सुरु हुन्छ। रंगशाला बनाउन सरकार र दातृ निकाय तयार छन्।'
सदस्य सचिव लामाले साफ च्याम्पियनसिपमा नेपालको खेल हेर्न उर्लिएको मानवसागरबाट आफूहरुलाई दबाव सिर्जना भएको स्विकार्दै मन्त्रिपरिषदबाट जग्गाको निर्णय भएलगत्तै नयाँ रंगशाला निर्माण सुरु हुने जनाए। 'यसपालि नेपाली टोलीको प्रदर्शनबाट दर्शकको चासो बढेको हो। भारतमाथि जित हासिल गरेर टोलीले समर्थकलाई विश्वकप जितेजत्तिकै खुसी दिएको छ। दर्शकको उपस्थितिले कम्तीमा ४० हजार क्षमताको रंगशाला आवश्यक भएको देखाएको छ,' उनले भने, 'जग्गा निर्धारणका लागि बनाइएको समितिले प्रतिवेदन बुझाइसकेको छ। मन्त्रिपरिषदले निर्णय गरेपछि पाँच वर्षभित्र नयाँ रंगशाला तयार हुन्छ।'
लामाका अनुसार युवा तथा खेलकुद, पर्यटन, अर्थ, प्रधानमन्त्रीको कार्यालय र भूमिसुधार मन्त्रालयका सहसचिव तथा परिषदका दुई विभागीय प्रमुख सम्मिलित समितिले गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषको जग्गासहित पाँच विकल्प राखेर प्रतिवेदन तयार गरेको छ। उनले ४० हजार दर्शक क्षमताको रंगशाला बनाउन १ अर्व २५ करोड रुपैयाँ लाग्ने बताउँदै सरकार त्यसका लागि तयार रहेको बताए।
तर अहिले भएकै रंगशालामा सेवा, सुविधा थपिए र सुरक्षित बनाइए अझ सजिलो हुने दर्शक बताउँछन्। रंगशालामा टिकट बिक्रीमा अझै इन्टरनेट प्रविधि प्रयोग नभएकाले यो साफ च्याम्पियनसिपमा टिकट पाउनेले पनि निकै सास्ती बेहोर्नुपर्यो। कालोबजारीको पनि ठूलै समस्या देखियो। ठूला खेल हुँदा रंगशालावरिपरि टिकट नपाउनेको भिडका कारण प्रहरी लाठी चार्ज सामान्य बनिसकेको छ।
बालाजुका लक्ष्मण रानामगर एन्फालाई खेलको दिनमात्र टिकट बेच्ने परम्परा त्यागेर प्रविधि अँगाल्न सुझाव दिन्छन्। साफ च्याम्पियनसिप मात्र नभएर घरेलु र सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा टिकट किन्न सास्ती खेपेका उनी भन्छन्, 'सबै खेलका लागि इन्टरनेटबाट टिकट बेच्न सुरु गर्नुपर्छ। त्यसो भयो भने दर्शकले आफ्नो सुविधाअनुसार बेलैमा टिकट किन्न सक्छन्। टिकट सकिएको जानकारी पनि त्यहीँ पाउँछन्। रंगशाला वरिपरि भिड लाग्दैन र कालोबजारी पनि नियन्त्रणमा आउँछ।'