काठमाडौं – विश्व खेलकुदकै शक्तिशाली संस्था भारतीय क्रिकेट बोर्डले नेपाल क्रिकेट संघ (क्यान) लाई दिल्ली भ्रमणका लागि स्वीकृति प्रदान गरेको छ। क्यानको एक टोलीले भारतमा गएर त्याहाँका स्थानीय प्रान्तीय टोलीसँग मैत्रीपूर्ण शृंखलाका लागि सम्झौता गरेर आएपछि क्यानलाई बिसिसिआईले स्वीकृति प्रदान गरेको हो।क्यानले ट्वान्टी–२० र एकदिवसीय विश्वकप छनोटलाई लक्षित गरेर 'हाइ पर्फमेन्स प्रोग्राम' अघि सार्दै दिल्ली डिस्ट्रिक्ट क्रिकेट एसोसियसन (डिडिसिए) सँग सम्झौता गरको र मध्य प्रदेश क्रिकेट एसोसिएसनसँग सम्झौताका लागि पहल गरेको जनाएको थियो।
बिसिसिआइका डेभलपमेन्ट अफिसर रत्नाकर शेट्टीले सोमबार क्यानलाई इमेल पठाइ दिल्लीसँगको सम्झौतालाई स्वीकृति प्रदान गरेको जनाएका थिए। इमेलमा बिसिसिआइका अध्यक्ष जगमोहन डालमियाले नेपालले दिल्ली भ्रमणमा खेल्ने अभ्यास खेललाई स्वीकृति प्रदान गरेको जनाइएको छ।
क्यानका अध्यक्ष टंक आङबुहाङको टोलीले दुई हप्ता अघि दिल्लीमा डिडिसिएका अध्यक्ष अरुण जेटलीलाई भेटेर सम्झौता गरेको थियो। आङबुहाङसँगै भ्रमणमा रहेका क्यान सदस्य सञ्जिव पाण्डेले भने, 'बिसिसिआई अन्तर्गत मातहातका संस्थासँग सहकार्य र द्धिपक्षीय खेल खेल्नु अगावै उसको अनुमति लिनुपर्ने नियम भएकाले स्वीकृति लिएको हो।'
विसिसिआईसँग पहिलो पटक भएको सम्झौतालाई पाण्डेले ऐतिहासिक मान्दै भविष्यमा ठूलो सहयोग अपेक्षा गरिएको बताए। क्यान अध्यक्ष आङबुहाङले भारतीय क्रिकेटका परिचित अनुहार अमृत माथुरको माध्यमबाट बिसिसिआइको स्वीकृति लिइएको बताए। क्यानले भारत भ्रमणसँगैं माथुरलाई अन्तर्राष्ट्रिय परामर्शदातामा र पूर्व सल्लाहकार अमिर अख्तरलाई राष्ट्रिय परामर्शदातामा नियुक्त गरेको थियो।
दिल्लीसँगको सम्झौताअनुसार नेपाली टोलीले अक्टोबर २० देखि नोभेम्बरको पहिलो हप्तासम्ममा दिल्लीमा ७ देखि १० अभ्यास खेल खेल्ने छ। दिल्ली भ्रमण नोभेम्बरमा युएईमा हुने विश्व ट्वान्टी–२० छनोटलाई लक्षित हुनेछ। त्यसबाहेक नेपालले न्युजिल्यान्डमा जनवरीमा हुने एकदिवसीय विश्वकप छनोटमा प्रतिस्पर्धा गर्दैछ।