काठमाडौं - एनआरटीलाई आसन्न निर्वाचनमा भाग लिन अखिल नेपाल फुटबल संघ (एन्फा) ले 'ए' डिभिजन क्लबकै हैसियतमा पत्राचार गरेको छ।
एन्फाको विधान विपरीत एनआरटीले एक वर्ष फुटबल नखेल्ने भन्दै वैशाखबाट विश्राम लिएको थियो। एन्फा विधानमा कुनै पनि डिभिजनको क्लबले लिग नखेले स्वतः रेलिगेसनमा पर्ने व्यवस्था छ। यो वर्षको लिग सुरु भएको छैन। तर एनआरटीले तोकेको समयमा टिम दर्ता नगराउनुका साथै एन्फालाई पत्राचार गरेर लिग नखेल्ने प्रस्ट पारिसकेको छ। एन्फाले 'ए' डिभिजन क्लबलाई अनिवार्य सहभागिताको निर्देशन दिएको गोर्खा कपमा भाग नलिएर एनआरटीले आफ्नो अडान देखाइसकेको छ।
'हामीले यो वर्ष कुनै प्रतियोगिता नखेल्ने निर्णय हचुवाभरमा गरेका होइनौं। हामीले रेलिगेसन स्विकारिसकेका थियौं, तर एन्फाले अझै 'ए' डिभिजनको हैसियत दिँदा आश्चर्य लागेको छ,' एनआरटीका महासचिव विनयसिंह प्रधानले नागरिकसँग भने, 'हामीले एन्फाको विधान र नियमहरू सबै बुझिसकेपछि यस्तो निर्णय गरेका थियौं।'
फुटबल खेलेर क्लबको पुरानो ऋण तिर्न नसकिने निष्कर्ष निकाल्दै एनआरटीले वैशाख १४ गते विशेष साधारण सभामार्फत एक वर्षका लागि खेलकुदका सबै गतिविधिबाट अलग हुने निर्णय गरेको थियो।
'शीर्ष डिभिजन क्लबकै हैसियत दिएर एन्फाले एक मताधिकार र दुई प्रतिनिधि छनोट गरी पठाउन पत्र पठाएको छ,' प्रधानले भने। एन्फाको विधानअनुसार जिल्ला संघ र ए डिभिजन क्लबले एक मताधिकार प्राप्तसहित तीन प्रतिनिधि पठाउनुपर्ने व्यवस्था छ।
एन्फाले २०७० मा लिगसहितका नकआउट प्रतियोगिताका लागि क्लब दर्ता गर्न समयसीमा तोके पनि एनआरटीले त्यसलाई बेवास्था गरेको थियो। समयसीमाको अन्तिम दिन एनआरटीले पत्रमार्फत एन्फालाई फुटबल नखेल्ने निर्णय जानकारी दिएको थियो।
एन्फाबाट पत्र आइसकेपछि निर्वाचनमा सहभागिताको विषयमा कार्यसमितिले निर्णय लिने प्रधानले जानकारी दिए। 'भाग लिनु आवश्यक छैन भन्ने धेरै साथीको मत छ,' प्रधानले भने, 'तर कार्यसमिति बैठकबाट औपचारिक निर्णय गर्नेछौं।'
एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधर भने यो वर्षको लिग नभएसम्म एनआरटीको ए डिभिजन हैसियत कायम रहने दाबी गर्छन्। एनआरटीका विषयमा एन्फाले पर्ख र हेरको रणनीति लिएको उनले प्रस्ट पारे। 'एनआरटीले निर्णय सच्चाउने अपेक्षाका साथ तत्काल निर्णय नलिएका हौं। त्यति लामो इतिहास बोकेको क्लब फुटबलबाट टाढा नहोस् भन्ने एन्फाको चाहना हो,' तुलाधरले भने, 'तर सधैं कुर्न सकिँदैन। यो वर्ष लिगमा भाग नलिनेबित्तिकै स्वतः घटुवा हुनेछ।'
आठ दशक पुरानो क्लबको ऋण १ करोड ७३ लाख पुगेकाले फुटबल खेलेर तिर्न नसक्ने जनाउँदै क्लबले विशेष साधारण सभाबाट फुटबल नखेल्ने निर्णय गरेको थियो। ४३ मतमध्ये फुटबल नखेल्नेमा ३४ र खेल्नेमा ९ मत परेको थियो। आफ्नो कार्यकालमा फुटबल नखेल्ने अप्रिय निर्णय भएको जनाउँदै क्लबका तत्कालीन अध्यक्ष नरेन्द्र श्रेष्ठले राजीनामा दिएका थिए।