आहा रारा गोल्डकपः संकटा सेमिफाईनलमा, मनाङ मर्स्याङ्दी पहिलो खेलबाटै बाहिरियो
२३ चैत्र २०७७
•
१ मिनेट पाठ
आहा रारा गोल्डकपः संकटा सेमिफाईनलमा, मनाङ मर्स्याङ्दी पहिलो खेलबाटै बाहिरियो
अफ्रिकन खेलाडी फोफोनाको गोलमा संकटा क्लबले आहा रारा गोल्डकपको सेमिफाईनल सुरक्षित गर्दा पोखरेली मैदानमा गर्विलो छवि बनाएको मनाङ मर्स्याङ्दी क्लब पोखरामा पहिलो खेलबाट गोल्डकप यात्राबाट विट मारेको छ ।  




पहिलो हाफ हुनुभन्दा एक मिनेटअघि ४४ औं मिनेटमा फोफोनाले सिधै भली हिर्काउँदै गोल गरेपछि संकटाले मनाङ मर्स्याङ्दीको चुनौतिलाई १–० गोलले पन्छायो । अमित तामाङले फ्रिकिकलाई दायाँ क्षेत्रमा सुवास गुरुङलाई पास उपलब्ध गराएका थिए । सुबासले गरेको क्रस बललाई मनाङ मर्स्याङ्दीका खेलाडीबाट रिफ्लेक्ट बललाई फोफोनाले सिधै पोष्टको दिशा दिदैं १९ औं सस्करणको आहा रारा गोल्डकपमा संकटाले सेमिफाईनल सुरक्षित बनायो । मनाङ मर्स्याङ्दी सम्भवत पोखराको मैदानमा पहिलो खेलबाटै बाहिरिएको यो पहिलो हो ।  

पोखराको मैदानमा आहा रारा गोल्डकप मनाङ मर्स्याङ्दीले ६ पटक उचालिसकेको इतिहास छ । डिफेण्डिङ च्याम्पियन समेत रहेको मनाङ मर्स्याङ्दीले सोमबार संकटाविरुद्धको खेलमा भने गोलको अवसरलाई सदुपयोग गर्न नसक्दा हारसँगै गोल्डकपबाट बाहिरियो । रन्जन विष्टले अतिरिक्त समयमा हानेको बल सिधै संकटाको हातमा परेको थियो ।  

डिबक्सबाट सिधै प्रहार गरेपछि गोलकिपरकै हातबाट रिफ्लेक्ट भएको बललाई डिफेन्सले क्लियर गरे । खेल निकै प्रतिस्पर्धात्मक रह्यो । खेलमा म्यान अफ दि म्याच फोफोना घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । मंगलबारको अन्तिम क्वार्टरफाईनल खेल रुस्लान थ्रीस्टार र नेपाल पुलिस क्लब बीच हुने छ ।
अर्को समाचार
आहा रारा पोखरा गोल्डकपको पुरस्कार राशी वृद्धि, १० टोलीको टुंगो
०५ पौष २०७९
•
२ मिनेट पाठ
आहा रारा पोखरा गोल्डकपको पुरस्कार राशी वृद्धि, १० टोलीको टुंगो
मुख्य प्रायोजकले तेस्रो पटक सम्झौता नविकरण गरेसँगै सहारा क्लबले यही पुस १४ गतेदेखि पोखरा रंगशालामा खेलाउने आहा रारा गोल्डकपको २२ औं संस्करणको पुरस्कार राशीमा वृद्धि गरेको छ।




मुख्य प्रायोजक रहँदै आएको हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउले दशवर्षे सम्झौता गरेसँगै क्लबले गोल्डकपको नाम समेत परिवर्तन गरेको छ। आहा रारा गोल्डकपबाट आहा रारा पोखरा गोल्डकप बनाउँदै क्लबले पुरस्कार राशी बढाएको हो।

सहारा क्लबले २२ औं संस्करणको विजेतालाई १२ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ। दश टोलीको सहभागिता निश्चित भइसकेको छ। विजेताले १२ लाख रुपैयाँ पाउँदा उपविजेताले ६ लाख रुपैयाँ पाउने छ। २२ औं सस्करणमा नेपाल ए.पी एफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, धरान फुटबल क्लब, अमेरिककाको बीवाईएससी एम र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्ने क्लबका महासचिव रामजीप्रसाद अधिकारी्दवारा जारी विज्ञप्तिमा उल्लेख छ।

यही पुस १३ गतेदेखि पोखरा रंगशालामा शुरु हुने गोल्डकप एकदिन पछि सारिएको छ। पुस १३ गते स्पेनिस फुटबल क्लबसँग गण्डकी प्रदेशको मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने निर्णयसँगै मिति एकदिन पछाडि सारिएको हो। प्रतियोगितालाई पहिलो संस्करणदेखि मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा.लिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गर्दै आएको छ।

उत्कृष्ट पाँच विधाको पुरस्कार सुर्य बहादुर के.सी. स्मृतिमा प्रदान गरिने छ। सह उप प्रायोजक मुल्बेरी इन्स्टिच्युट अफ हस्पिटालिटी र चरक मेमोरियल हस्पिटल प्रा.लि. नागढुंगा, एजुकेसन पार्टनर हिमाश कन्सल्टेन्सी ,अफिसियल बैंक लुम्बिनी विकास बैंक रहेका छन्।

सर्वोत्कृष्ठ राष्ट्रिय फुटबल खेलाडी पुरस्कार प्रायोजक सहारा क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले गर्दै आएका छन् पोखरा फेयर प्ले पुरस्कार प्रायोजक रुपाकोट ज्योति सुनचाँदी पसल महेन्द्रपुलले गरेको छ। राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र अखिल नेपाल फुटबल संघ र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र कास्की जिल्ला खेलकुद विकास समिति र कास्की जिल्ला फुटबल संघ, सहारा क्लब यु.के, हङ्गकङ्ग र अष्ट्रेलियाको समेत बिशेष सहयोग रहेको छ।

पोखरा महानगरपालिकाको प्रवद्र्धकको भूमिकामा छ। प्रतियोगिताको कुल अनुमानित आम्दानी १ करोड ५९ लाख ५० हजार रुपैया र कुल अनुमानित खर्च १ करोड १३ लाख ५६ हजार रुपैयाँ अनुमान गरिएको छ। गत वर्षको विजेता ए.एपीएफ क्लब र उपविजेता मनांग मस्र्यान्य्दी क्लब बनेको थियो। प्रतियोगितामा वचत रकम क्लबबाट संचालित सुर्य बहादुर के.सी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ।                                           
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस