नेपाली क्रिकेटको प्रवासी अनुहार
०४ असोज २०७०
•
११ मिनेट पाठ
नेपाली क्रिकेटको प्रवासी अनुहार
अर्को राम्रो पुस्ता नदेखिएका कारण नेपाली क्रिकेटको भविष्यबारे चिन्ता गर्ने धेरै छन्। दुई वर्षअघि नेपाल आएलगत्तै खेलाडी खोज्न प्रशिक्षक पुबुदु दासानायके मोफसल लागे। वर्षमा एकपटक हुने राष्ट्रिय प्रतियोगिताबाट पनि नयाँ खेलाडी निस्कन सकिरहेको अवस्था देखिँदैन। यस्तैमा भारतमा बस्दै आएका नेपालीहरू जो भारतको क्रिकेट संस्कारमा हुर्किए, अहिले नेपाली नयाँ अनुहार बनेर राष्ट्रिय प्रतियोगितामा देखा परेका छन्। यसले नेपालको घरेलु क्रिकेटको स्तर बढाउने अपेक्षा गरिएको छ। भारतमै हुर्केका सुरज केसी, अर्जुन अधिकारी र सोमपाल थापा घरेलु क्रिकेटमा देखिएका छन्। सोमपाल बन्द प्रशिक्षणमा पुगिसकेका छन् भने अन्यले त्यही लक्ष्य बनाएका छन्।
सुरज केसी
अल इन्डिया सर भिजी मेमोरियल प्रतियोगिता। स्थान भारतको वाराणासी। ललितपुर रेड चेरी ग्रुपको पहिलो खेल थियो भारतीय कोलाज ग्रुपसँग। बलर थिए रामनरेश गिरी। उनको बल खेल्दै थिए ब्याट्सम्यान सुरज केसी। रामनरेशले नेपाली यु–१९ बाट विश्वकप खेलिसकेको सुरजलाई थाहा थियो।
त्यसैले बलरलाई सम्मान दिनेक्रममा सुरजले पहिलो तीन बल हेरिमात्र रहे, ब्याटले छुने प्रयास गरेनन्। रामनरेशले त्यसपछि 'स्लेजिङ' गर्दै सक्छस् भने बल हानेर देखा, किन छाडिमात्र रहन्छस् भने। सुरजका अनुसार त्यो बाहेक केही पचाउन नसक्ने शब्द पनि थियो। 'मलाई गाली नदिनुस्, म नेपाली हुँ, मेरो नाम सुरज केसी हो। आफ्नो खेलमा ध्यान दिनुस्,' सुरजले त्यति भनेपछि रामनरेश झस्किएकै हुनुपर्छ। उनी बोलेनन्। सुरजले चौथो बलमा छक्का, पाँचौंमा चौका र छैटौंमा १ रन प्रहार गरे।
सुरजका लागि यो माथिल्लो स्तरको खेल थियो, जसमा उनले ४७ रन बनाए। खेल सकिएपछि ललितपुर रेड चेरीका कप्तान प्रशन्न शाक्य र प्रशिक्षक मनीष साल्खकरले सुरजलाई भेटे। नेपालमा किन खेल्दैनौं भन्दै नेपाली होऊ भन्ने त्यहीं आएर खेल, सहयोग गर्छु भन्ने वाचा गरे। २३ वर्षे सुरज भन्छन्, 'नेपालमा कहाँ गएर खेल्नुपर्छ मलाई थाहा नै थिएन।'
सुरजको मूल घर गुल्मी मुसिकोट–७ हो। आमाको माइत गुल्मीकै नेता दर्लिङ। बिहे बुबाआमा भारततिर छिरे। बुबाआमाले झारखण्ड कर्मथलो बनाएपछि सुरजको जन्म त्यहीको सिङभूमिमा भयो। उनको पूरै बसाइ उतै भयो। उनले क्रिकेट जति पनि सिके भारतमै हो। सुरज थोरै नेपाली बुझ्छन्। घरमा बुबाआमा नेपाली बोल्छन्। सुरज सुन्छन् र थोरै बुझ्ने प्रयास गर्छन्।
दुई दिनअघि उनी नेपालबाटै क्रिकेट खेल्ने भनी काठमाडौं आए। उनको यो चौथो नेपाल भ्रमण हो। दुईपल्ट उनी गुल्मी पुगेका छन्। पछिल्लोपल्ट नेपाल आउँदा उनी भारतीय टोलीबाटै क्रिकेट खेल्न आएका थिए। गत वर्ष अगस्टमा सुरज छत्तीसगढ युथ क्रिकेट एकेडेमीको नेपाल भ्रमणमा पोखरा खेल्न गए। शनिबार उनले ललितपुरबाट खेल्दै त्रिभुवन विश्वविद्यालयविरुद्ध अविजित ३२ रन बनाए। उनलाई नेपालमा खेल्न रमाइलो लाग्यो। खासै फरक पाएनन्, भारत र नेपालमा। निरन्तर स्वदेशसहित अन्तर्राष्ट्रिय क्रिकेट खेलेर नेपाली क्रिकेट माथि उकास्ने उनको लक्ष्य छ।
अर्जुन अधिकारी
भारतको हरिद्वारमा भएको प्रिजेन्ट कप दूरदर्शन स्पोर्टस च्यानलमा प्रत्यक्ष प्रसारण भइरहेको थियो। अर्जुन अधिकारी भारतको स्थानीय प्यान्थरबाट खेलिरहेका थिए। नाताले दाइ पर्ने सुजन ज्ञवालीले वुटबलमा खेल हेरिरहेका थिए। अर्जुनको मूल घर बुटवलकै नयाँ गाउँ हो। सुजनले अर्जुनका बुबालाई फोन गरेर उनलाई नेपाल पठाइदिन भने।
उनका बुबाले अर्जुनसहित अर्का खेलाडी सोमपाल थापालाई १० दिनअघि नेपाल भिœयाए। नेपाल क्रिकेट फ्यान क्लब काठमाडौं जिल्लास्तरीय छनोट प्रतियोगितामा खेल्नेक्रममा थियो। ट्रायलपछि फ्यान क्लबका महासचिव भोला न्यौपानेको पहलमा उनीहरूलाई प्रतियोगिता खेल्न दिइयो।
अर्जुन ३–४ वर्षको छँँदा बुबासँगै पञ्जावको लुधियाना लागेका थिए। उनका बुबा भारतमै काम गर्थे। नेपाल आउने जाने भइरहन्थ्यो। अर्जुनले उतै क्रिकेट खेल्न सिके। विकेटकिपर–ब्याट्सम्यानको भूमिकामा उनी खेल्छन्। विशेष गरी विकेटकिपिङमा उनी दक्ष देखिन्छन्। उनले तीन वर्षदेखि अल इन्डिया ट्वान्टी–२० स्कुल प्रतियोगितामा खेलिरहेका छन्। त्यसमा उनी म्यान अफ द सिरिज र उत्कृष्ट विकेटकिपरमा चुनिसकेका छन्।
राम्रो खेलेकै कारण उनलाई भारतमा प्रोटसले व्यक्तिगत प्रायोजन गर्दै आएको छ। तर, आफ्नो देश भनेको आफ्नै हो। त्यही सोचमा उनी नेपालबाट खेल्ने उद्देश्यसहित आएका हुन्। फ्यान क्लब हुँदै उनी काठमाडौं जिल्लाको टोलीमा परिसकेका छन्। राम्रो वातावरण मिल्यो भने उनी सधंै नेपालबाट खेल्न चाहन्छन्।
सोमपाल थापा
अर्जुनसँग भारतमा खेल्दाको परिचयले सोमपाललाई नेपाल डोर्‍यायो। सोमपालको मूल घर गुल्मी तोरङ–८ हो। उनी त्यही जन्मंे। उनी ३–४ वर्ष हुँदा जागिरको सिलसिलामा बुबा भारतको पञ्जाब, पटियाला लागे। उनको बुबा बिजुली अफिसमा काम गर्थे। भारतको गएको दुई वर्षपछि नै सोमपाल ब्याट समात्ने र बल फ्याँक्ने भइसकेका थिए।
पछिल्लो तीन वर्ष उनले पञ्जाब क्षेत्रबाट स्कुलस्तरीय प्रतियोगिता खेल्न मुम्बई, जम्बु र चन्डीगढमा गएर खेलिसकेका छन्। इन्डिया ट्वान्टी–२० फेडेरेसन प्रतियोगितामा उनले आर्मीको इन्डियन जवानबाट तीनपल्ट खेलिसकेका छन्। पछिल्लोपल्ट उनी कप्तान थिए। तीनै सिजन उनले आफ्नो टोलीबाट सर्वाधिक रन बनाए।
अलराउन्डर भए पनि उनको मुख्य भूमिका तीब्र बलिङ हो। मोहालीमा गत वर्ष ट्यालेन्ट हन्टमा उनले १३४.६ किलोमिटरको गतिमा बलिङ गरेको बताउँछन्। अहिले पनि औसत १ सय ३० भन्दा माथिको स्पिडमा बलिङ गरिरहेको उनी बताउँछन्। अर्जुनका आफन्तसँगको भेटमा नेपाललाई तीब्र बलर खाँचो भएको फ्यान क्लबका महासचिव न्यौपानेले बताएपछि अर्जुनले सोमपाललाई पनि लिएर आए।
फ्यान क्लबबाट पहिलो खेलमै उनले अविजित ४६ रन बनाउनुका साथै २ विकेट लिएपछि राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायके उनको बलिङमा प्रभावित भए। फ्यान क्लब सेमिफाइनल पुग्यो। सोमपालले बाँकी खेल खेलेनन्। नेपालबाट खेल्ने हो भने पहिला नागरिकता बनाउनुपर्छ भनेपछि सोमपाल नागरिकता बनाउन गुल्मी लागे। नागरिकता बनाएर उनले शुक्रबार काठमाडौं जिल्लाबाट पहिलो खेल खेले। अविजित १८ रन बनाउनुका साथै उनले १ विकेट लिए।
पञ्जाबकै टोलीबाट उनले पनि पोखरा आएर खेलिसकेका छन्। नेपाली क्रिकेटबारे उनलाई खासै थाहा छैन। गत वर्ष आइसिसी यु–१९ विश्वकपमा नेपालका खेलहरू उनले टिभीबाट हेरेका थिए। नेपालले ७ महिनाअघि जितेको डिभिजन ३ को हाइलाइट पनि उनले टेन स्पोर्टसमा हेर्न पाए। फेसबुकबाट उनी त्यसपछि नेपाली क्रिकेटबारे जानकारी लिन्थे। अफगानिस्तानसँग नेपाल अघिल्लो महिना एसिसी इमर्जिङ टिम्स कपमा ३ रनले हारेपछि सोमपालले स्वदेश नै गएर केही गर्ने निधो गरे।
नोभेम्बरमा युएईमा हुने विश्वकप छनोट तयारीमा रहेको २४ सदस्यीय टोलीमा सोमपाल पनि थपिएका छन्। 'उनी राम्रा खेलाडी हुन्। हामी उनलाई क्याम्पमा राखेर थप हेर्न चाहन्छौं,' प्रशिक्षक दासानायकेले भने, 'त्यो भन्दा पहिले उनले क्षेत्रीय र राष्ट्रिय प्रतियोगिता खेलेर आउने छन्।' बिहीबार मात्र उनी क्याम्पमा थपिए। नेपाली खेलाडीको व्यवहार उनलाई निकै राम्रो लाग्यो। नेपालको जर्सी लगाउने सपना सोमपालले देखिसकेका छन्। उनी भन्छन्, 'नेपालको ड्रेसिङ रूममा बस्ने मेरो ठूलो इच्छा छ।'
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस