काठमाडौं — चितवनका आकाश थापा एकै ओभरमा छ छक्का हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् । पोखरा क्षेत्रीय (क्षेत्र नम्बर ८) छनोट ट्वान्टी–२० प्रतियोगितामा आकाशले सोमबार स्याङ्जाविरुद्ध विश्व क्रिकेटमै दुर्लभ कीर्तिमान बनाएका हुन्।'पहिलो बल लुज आयो, दोस्रो ओभर पिच । त्यसमा ओभर स्टेप गरेर छक्का हानेपछि आत्मविश्वास बढ्दै गयो,' आकाशले पोखराबाट नागरिकसँग टेलिफोनमा भने ।
गत वर्ष कास्कीविरुद्ध एक खेलमा पाँच छक्का हानेका उनले थपे, 'नन स्ट्राइकमा सिनियर खेलाडी अमृतदाइ (श्रेष्ठ) हुनुहुन्थ्यो । पहिलो छक्कापछि उहाँले राम्रोसँग बल हेरेर खेल भन्नुभयो । दोस्रोमा छक्का हानेपछि छ छक्का हान्न सक्छस् भनेर हौस्याउनुभयो ।'
आकाशले १० औं ओभरका सबै बलमा रिकेश गुप्तालाई छ छक्का प्रहार गरेका हुन् । पोखरा नगरपश्चिम प्रशिक्षण केन्द्र मैदानमा आकाशले ३८ बल खेली ८६ रन बनाएका थिए । 'अफ स्पिनर' रिकेश कास्की जिल्लाबाट खेल्थे । ओपनिङ ब्याट्सम्यान आकाशले कुल इनिङ्समा ९ छक्का हाने । उनको योगदानमा चितवनले २ सय १४ रन बनायो । स्याङ्जा १ सय ३३ मै सीमित भयो ।
'टेलिभिजनमा पनि कम देखिने दृश्य आफ्नै अगाडि देख्दा विश्वास गर्नै गाह्रो भयो,' खेलका अनफिल्ड अम्पायर सन्तोश मिश्रले भने, 'हात उठाउँदा उठाउँदा हैरान ।'
वेस्ट इन्डिजका सर ग्यारी सोबर्स र भारतका रवि शास्त्री प्रथम श्रेणीमा तथा दक्षिण अफ्रिकाका हश्र्चल गिब्सले एकदिवसीय अन्तर्राष्ट्रिय र भारतका युवराज सिंह ट्वान्टी–२० अन्तर्राष्ट्रियका एकै ओभरमा ६ छक्का हान्ने खेलाडी हुन् ।
भैरहवाका ब्याट्सम्यान राजु खड्काले २०६० मा वीरगन्जमा भएको राष्ट्रिय प्रतियोगिताको एकै ओभरमा वीरगन्जका सञ्जम रेग्मीलाई ५ छक्कासहित ३१ रन प्रहार गरेका थिए । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान राजुले नै प्रशिक्षण दिएको चितवन क्रिकेट एकेडेमीमा ३ वर्ष प्रशिक्षण लिएका खेलाडी हुन्, आकाश ।
'दुई वर्षअघि उनी चितवनका उत्कृष्ट खेलाडी थिए मेरा लागि । त्यतिखेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुपर्ने हो, तर छनोट प्रतियोगितामा अलि डराएर खेल्थे,' खड्काले भने, 'उनमा धेरै क्षमता छ, राम्ररी सिक्दै गए निकै अघि बढ्ने खुबी छ ।'