काठमाडौं — नेपालको विश्वकप तयारीमा सघाउन चार श्रीलंकाली बलर यसै साता काठमाडौं आउने भएका छन्। ट्वान्टी–२० र एकदिवसीय विश्वकप लक्षित क्यानको 'हाइ पर्फर्मेन्स प्रोग्राम' अन्तर्गत उनीहरू काठमाडौं आउन लागेका हुन्। श्रीलंकाली बलरहरू असोज ११ वा १२ गते आइपुग्ने छन्।त्यस्तै अस्ट्रेलियाका ब्याटिङ प्रशिक्षक क्रिस ह्यारिस अर्को साता नेपाल आउने छन्। भिक्टोरियाका प्रशिक्षक ह्यारिस अक्टोबर २ मा नेपाल आएर अक्टोबर ११ मा अस्ट्रेलिया फर्कने छन्। श्रीलंकाली बलरहरू अक्टोबर १८ मा स्वदेश फर्कने छन्।
यी सबैको आतेजाते हवाइ खर्च, काठमाडौं बस्दाको खर्च र पारिश्रमिक नेपाल क्रिकेट संघ (क्यान) ले बेहोर्ने छ। स्रोतका अनुसार ह्यारिसको १० दिनको पारिश्रमिक २५ सय डलर हाराहारी छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्वकप तयारीका लागि नेपाललाई १ लाख ७५ हजार डलर प्रदान गरेको थियो।
श्रीलंका तीब्र बलरमा रुविन्दा सामेन, रोमेश कालुराची, सन्जीवा बान्द्रा र नुवान समिरा छन् । २८ वर्षे कालुराचीले ११ र २१ वर्षे सामेनले ८ प्रथम श्रेणीका खेल खेलेका छन् । २१ वर्षे बान्द्रा १ लिस्ट ए खेल खेलिसकेका खेलाडी हुन् । तीब्र बलिङ नेपाली ब्याट्सम्यानको प्रमुख समस्या भएकाले उनीहरूलाई नेपाल बोलाइएको हो ।
क्यानसँग अनुमति लिएर नेपालका प्रशिक्षक पुबुदु दासानायकेले उनीहरूलाई नेपाल झिकाएका हुन् । श्रीलंकाली बलर फर्केको दुई दिनपछि नेपाली टोली अभ्यास खेल खेल्न दिल्ली जानेछ । नेपालले दिल्लीमा ७ खेल खेल्ने बताइएको छ । दुई साताअघि क्यानले दिल्ली डिस्ट्रिक्ट क्रिकेट एसोसिएसनसँग द्विपक्षीय सम्झौता गरेको थियो । सोहीअनुरुप दिल्ली गएर खेल्न लागेको क्यान सदस्य सञ्जिव पाण्डेले बताए । दिल्लीस्थित फिरोजशाह कोटला मैदानमा नेपालले चार खेल खेल्ने सम्भावना रहेको छ । पूरा खेल तालिका अझै आउन बाँकी छ ।
नेपालले नोभेम्बरमा युएईमा हुने विश्व ट्वान्टी–२० छनोटमा प्रतिस्पर्धा गर्दैछ । सहभागी १६ टोलीमा शीर्ष ६ मा परे नेपाल अर्को वर्ष बंगलादेशमा हुने ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै नेपालले न्युजिल्यान्डमा जनवरीमा हुने एकदिवसीय विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछ । दुवै प्रतियोगितालाई मध्यनजर गरेर हाइ पर्फर्मेन्स प्रोग्राम अन्तर्गत २५ सदस्यीय नेपाली टोली बन्द प्रशिक्षणमा रहेको छ ।