विराट गोल्डकपः लिग च्यापियन मच्छिन्द्रलाई हराउँदै अन्तिम चारमा पंजाब पुलिस
३० चैत्र २०७७
•
१ मिनेट पाठ
विराट गोल्डकपः लिग च्यापियन मच्छिन्द्रलाई हराउँदै अन्तिम चारमा पंजाब पुलिस
भारतको पंजाब पुलिस क्लबले आफ्नो स्थान अन्तिममा सुरक्षित पारेको छ । विराटनगरमा जारी छैटौं विराट गोल्डकप फुटबल प्रतियोगितामा पंजाब पुलिसले काठमाडौंको मच्छिन्द्र क्लबलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।  




सहिद रंगशालामा आइतबार राति भएको खेलमा ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्रलाई २–० गोलमा पराजित गर्दै पंजाबले सेमिफाइनलको यात्रा तय गरेको हो । निकै कडा प्रतिस्पर्धा रहेको खेलमा मच्छिन्द्रले पाएको गोलका केही राम्रो अवसर चुकाउँदा हार्नु परेको छ भने पंजाबले पाएका अवसरलाई सदुपयोग गरे ।  

खेलको २० औं मिनेटमा मच्छिन्द्रका उमेश राईले डिबक्सभित्रबाट दुई पटक गरेको कडा प्रहारलाई गोलरक्षक सतवीर सिंहले विफल पारे । २२ औं मिनेटमा पंजावका राजवीर सिंहले पेलान्टी ऐरियामा पाएको बललाई टच गर्न नसक्दा गोल गर्न चुके । राजवीर सिंहले ३९ औं मिनेटमा गोल गरे । जगदीप सिंहले डिबक्सभित्र मिलाई दिएको पासमा राजवीरले वान टचमै गोल गरे ।  

खेलको ५४ औं मिनेटमा मच्छिन्द्रका निशान लिम्बूले डिबक्सभित्र गरेको प्रहार पोष्ट बाहिर प्रहार गरे । मध्यान्तरपछि तरणजीत सिंहको स्थानमा मैदान आएका महावीर सिंहले ८५ औं मिनेटमा डिबक्सभित्रबाट गरेको कडा प्रहारमा मच्छिन्द्रका गोलरक्षक विनय श्रेष्ठ बचाउ नसक्दा गोल संख्या थपियो ।

पंजाबका प्रशिक्षक हरनेक सिंहले नेपालको लिग च्याम्पियनलाई पराजित गर्न सक्दा धेरै नै खुसी लागेको बताए। उनले भने, 'खेलाडीले धेरै मेहेनत गरेका छन् । हाम्रो केही खेलाडी घाइते भएको हुँदा सेमिफाइनल खेल्न सक्ने आशा गरेका छौं ।' त्यसैगरी मच्छिन्द्रका प्रशिक्षक प्रवेश कट्वालले टोलीका राम्रा खेलाडीलाई नेशनल सुपर लिगका कारण क्लबहरूले नछाडिदिँदा मैदानमा उतार्न नसक्दा हारको पीडा भोग्नु परेको बताए।  

२०७२ सालको विजेता भएको नेपाल पुलिस क्लब र २०७० सालको उपविजेता सशस्त्र प्रहरी बलको (एपिएफ)बीच सोमबार (आज) खेल हुँदैछ ।
अर्को समाचार
विराट गोल्डकपः सिक्किमलाई हराउँदै मच्छिन्द्र फाइनलमा
२३ चैत्र २०८०
•
१ मिनेट पाठ
विराट गोल्डकपः सिक्किमलाई हराउँदै मच्छिन्द्र फाइनलमा
मच्छिन्द्र फुटबल क्लब विराटनगरमा जारी आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।




सहिद रङ्गशालामा गयराति सम्पन्न सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागनलाई १–० गोल अन्तरले पन्छाउँदै मच्छिन्द्र फाइनलमा पुगेको हो। सिक्किमविरुद्ध कठिन जित निकाल्दै मच्छिन्द्रले फाइनलमा घरेलु टोली साङ्ग्रिला मोरङ एफएसँगको भिडन्त पक्का गरेको छ।

उपाधिका लागि भोलि मच्छिन्द्र र साङ्ग्रिलाबीच प्रतिस्पर्धा हुनेछ। सशस्त्र प्रहरी बलको  विभागीय टोली एपीएफलाई बुधबार सडनडेथमा पराजित गर्दै साङ्ग्रिला फाइनलमा पुगेको थियो।

मच्छिन्द्रको जितमा आयुष घलान नायक बने। प्लेयर अफ दी म्याच बनेका उनले खेल प्रारम्भ भएको ९४ औँ मिनेटमा निर्णायक गोल गर्दै टिमको जित निश्चित गरेका हुन्। घलानले रु ११ हजार नगद पुरस्कार प्राप्त गरेका छन्।

गोल्डकप विजेता टोलीालाई ट्रफीसहित रु ११ लाख र उपविजेतालाई रु पाँच  लाख ५० हजार पुरस्कार प्रदान गरिने प्रतियोगिता आयोजक विराट गोल्डकप ट्रष्टले जनाएको छ। रासस
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस