काठमाडौं - अघिल्लो दिनसम्म नेपाली राष्ट्रिय टोलीका ओपनिङ ब्याट्सम्यान प्रदीप ऐरी त्रिभुवन आर्मी क्लबबाट खेल्ने तय थियो। शुक्रबार उनले एकाएक सशस्त्र प्रहरीको एपिएफ क्लबबाट पेप्सी स्ट्यान्डर्ड चार्टर्ड ट्वान्टी–२० राष्ट्रिय प्रतियोगिता खेले।
आर्मी यसै प्रतियोगिताबाट राष्ट्रिय क्रिकेटमा प्रवेश गर्दैछ। आर्मीले प्रदीपसँगै नरेश बुढाऐर, विनोद भण्डारी, राहुल विक, सागर पुन, चन्द्र साउद, अविनाश कर्णजस्ता राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी उतार्ने तयारी लगभग पूरा गरिसकेको थियो। आर्मी टोलीका अन्य खेलाडीमा राजेश पुलामी, रुपेश श्रीवास्ताव पनि छन्।
यसले आर्मीलाई प्रतियोगिताअगावै ठूलो धक्का लागेको छ। पाँच महिनाअघि नेपालले बर्मुडामा विश्व क्रिकेट लिग डिभिजन ३ को उपाधि जित्दा प्रदीप युगान्डाविरुद्ध म्यान अफ द फाइनल चुनिएका थिए। प्रदीपको एपिएफ प्रवेशलाई विभागीय टोलीबीचको 'जुँगाको लडाइँ'का रूपमा पनि हेरिएको छ।
प्रदीप शुक्रबार वीरगन्जसँग पहिलो खेलमा पहिलो बलमै आउट भए। रामनरेश गिरीको बलमा विक्रम बस्नेतले प्रदीपको क्याच लिए। सेना सूत्रका अनुसार प्रदीपले सुदूरपश्चिम टोलीबाट खेल्न जान्छु भनेर भनेको र साथीभाइसँग पनि नमिल्ने स्वभाव देखाएकाले उनलाई छुट दिइएको थियो। प्रदीप निकटका अनुसार प्रतियोगिता सुरु भइसक्दा पनि आर्मीले अनुबन्ध कागज नदिएकाले उनी एपिएफ लागेका हुन्।
प्रहरी निरीक्षक तथा एपिएफ क्रिकेट टोलीका व्यवस्थापक जिवेश पाण्डेले प्रदीपको इच्छाबमोजिम नै उनी एपिएफमा आएको बताए। एपिएफका प्रशिक्षक राजु बस्न्यातले आर्मीमा चित्त नबुझेको पाइएपछि प्रदीपले यस्तो निर्णय गरेको हुनसक्ने बताए। कप्तान पारस खड्कासँग सल्लाह गरेर प्रदीपलाई लिइएको बताउँदै बस्न्यातले भने, 'युवा खेलाडी लिँदा पछिसम्म टोलीमा हुन्छ भनेर पनि हामीले प्रदीप रोजेका हौं।'
एपिएफ टोली चोटग्रस्त खेलाडीले पिरोलिएको अवस्थामा प्रदीपको आगमन भएको प्रशिक्षक बस्न्यातले बताए। घुँडाको लिगामेन्ट च्यातिएका कारण युवा अलराउन्डर पृथु बाँस्कोटा ६ देखि ९ महिनासम्म खेल्न नसक्ने भइसकेका छन्। उनले नोभेम्बरमा युएईमा हुने ट्वान्टी–२० विश्व छनोट र जनवरीमा न्युजिल्यान्डमा हुने एकदिवसीय विश्वकप छनोट गुमाइसकेका छन्। अफ स्पिनर सञ्जम रेग्मी आँखाको समस्याबाट पीडित छन्। उनले १५ दिनसम्म घामको किरण हेर्न नसक्ने अवस्थामा छन्।
तीब्र बलर यज्ञमान कुमालले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा चोट बोकेका थिए। क्याच लिने क्रममा उनको साहिँली र कान्छी औंलाबीचको भाग च्यातिएको थियो। प्रशिक्षक बस्न्यातले शुक्रबार उनको हातमा लगाइएको टाँका फुकालिएको बताए। उनका अनुसार कुमालले सेमिफाइनल वा फाइनल खेल्ने सम्भावना छ।
प्रदीपलाई अनुबन्धित खेलाडीमा लिइएको बस्न्यातले बताए। राष्ट्रिय खेलाडी बाहुल्य रहेको एपिएफमा यज्ञमान र भुवन कार्की बाहेक सबै अनुबन्धित खेलाडीका हुन्। राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अमृत भट्टराई र रितेश सिंहले भने एपिएफमा भर्ना प्रक्रिया सुरु गरिसकेका छन्।