चोटमा मुस्काउँदै पृथु
१२ असोज २०७०
•
५ मिनेट पाठ
चोटमा मुस्काउँदै पृथु
काठमाडौं— क्रिकेटका युवा अलराउन्डर पृथु बाँस्कोटाको चमक शनिबार छुट्टै थियो। नक्सालस्थित होटल क्राउन प्लाजामा नेपाली क्रिकेट टोलीका मलेसियाली फिजियो एसभी सुब्रा र डाक्टर श्रील भगतसामु उनले नयाँ जीवन नै पाएजस्तै अनुभूति गरिरहेका थिए।राष्ट्रिय टोलीको बन्द प्रशिक्षणक्रममा दुई साताअघि पृथुले यस्तो चोट बोके, जसले उनी आफ्नो खेलजीवननै सकिएको महसुस गर्न बाध्य भए। कीर्तिपुरको त्रिवि मैदानमा प्रशिक्षणमा फुटबल खेल्दा उनको दाहिने घुँडामा चोट लागेको थियो। उक्त चोट पूर्णत फुटबल खेलाडीलाई मात्र पर्न सक्छ। एमआरआई रिपोर्टमा उनको लिगामेन्ट पूर्ण च्यातिएको देखियो।

शल्यक्रिया गरेपछि पृथुले ६ देखि ९ महिना गुमाउने निश्चित भएको थियो। तर फिजियोहरूको क्लिनिकल्ली कोरिलेट गर्दा पृथुको चोट सोचेभन्दा कम गहिरो भेटिएको छ। फिजियोले विभिन्न अभ्यास गराउँदा त्यो नभएको पाइएको छ । पछिल्लो विकासक्रमले दुई महिनाभित्रै पृथु मैदान फर्किने सम्भावना देखिएको छ।

'उसको लिगामेन्ट पूर्ण रूपमै च्यातिएको हो भने उसले आफ्नो तलमाथि गर्न र घुमाउन सक्दैनथे, जबकि पृथु मजाले हिँडिरहेको छ र खुट्टा मजाले घुमाइरहेका छन् । यसले गर्दा उनको पूर्ण शल्यक्रिया गर्नुपर्दैन जस्तो देखिन्छ,' फिजियो सुब्राले भने, 'अब हामीले रिहाबिलिटेसनमा राख्ने र अर्थोस्कोपिक डायग्नोस्टिक प्रक्रियामा जाने हो । यो प्रक्रिया चोट लागेको ठाउँमा रड छिराएर मर्मत गर्न सकिन्छ र त्यसले डेढ महिनामा रिकभर हुनसक्छ ।'

उनले पृथुको चोटमा थर्ड डिग्री टियरको संकेत नदेखिएको बताए । त्यसैले पहिले भने जस्तो शल्यक्रिया गर्नु नपर्ने हुँदा पृथु डेढदेखि २ महिनामै फिर्ता हुनसक्ने अनुमान सुब्राको छ । उनले भने, 'पृथुले सामान्य शल्यक्रिया गरे पुग्छ ।' सुब्राका अनुसार पृथुले नोभेम्बरमा युएईमा हुने विश्व ट्वान्टी–२० छनोट गुमाउने निश्चित छ । तर जनवरीमा न्युजिल्यान्डमा हुने एकदिवसीय विश्वकपमा खेल्नसक्ने छन् । यही चोटका कारण पृथु अहिले जारी ट्वान्टी–२० राष्ट्रिय प्रतियोगितामा नेपाल एपिएफ टोलीमा छैनन् ।

पृथुले राहतमात्र महसुस गरेनन्, उनलाई मैदानमै फर्किएजस्तै लाग्यो । 'कम्तीमा ६ महिनासम्म खेल्न नसक्ने भन्दा मलाई सबै सकिएजस्तो भइरहेथ्यो । तर अहिले आएर जे भनिएको छ, त्यसले मलाई निकै राहत दिएको छ,' नेपाली यु–१९ टोलीका पूर्वकप्तानले भने, 'पहिलोपल्ट मेरो चोटबारे भनिँदा म निकै तनावमा थिएँ । म स्तब्ध नै भएँ ।'

सन् २०१० मा चीनको ग्वाङ्झाउमा सम्पन्न एसियाली खेलकुदमा पृथुले नेपालबाट पहिलो पटक ट्वान्टी–२० मा खेलेका थिए । गत वर्ष मलेसियामा नेपालले विश्व क्रिकेट लिग जितेसँगै पृथु नेपाली एकदिवसीय टोलीमा पनि रहँदै आएका छन् । पृथुकै कप्तानीमा नेपालले गत वर्ष अस्ट्रेलियामा आइसिसी यु–१९ विश्वकपमा खेलेको थियो ।

हाल नेपाली टोलीसँगै रहेका डाक्टर भगतले पृथुको चोटबारे भने, 'डाक्टरको अघिल्लो एमआरआई रिपोर्ट आफ्नो ठाउँमा सही हो । किनभने उनले एमआरआई लिँदा चोट लागेको ठाउँमा सुन्निएको र रगत जमेको हुँदा स्पष्ट नभएर पूर्ण च्यातिएको देखिएको हो ।' भगतले अहिले सुन्निएको एकदमै कम भएको छ र उपचार प्रक्रिया अघि बढाउन सहज हुने बताए । उनले भने, 'अब पृथुको सामान्य शल्यक्रिया मात्र गरिनेछ ।'
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस