लिभरपुल– इङ्लिस प्रिमियर लिगको छैटौं चरण समाप्तिमा अपराजित रहने एभर्टन एक्लो टोली बनेको छ। रोमेलु लुकाकुको उच्च प्रदर्शनप्रेरित एभर्टनले सोमबार न्युक्यासललाई ३–२ ले हराउँदै अपराजित यात्रा जारी राखेको हो। टोली १२ अंकसहित चौथो स्थानमा छ।चेल्सीबाट लोनमा एभर्टन पुगेका बेल्जियन स्ट्राइकरको दुई गोल मद्दतमा टोली ३७ मिनेटभित्र ३–० ले अग्रता लिन सफल भयो । अर्को गोल युवा खेलाडी रोस बार्कलीले गरे । उनको गोलमा पनि लुकाकुले पास मिलाए ।
परिवर्तित योहान कावायेले ५१औं र लोइस रेमीले अन्तिम दुई मिनेटअघि गोल गर्दा न्युक्यासलको खेलमा फर्कने आशा बढेको थियो । तर, एभर्टनले विपक्षीको कमजोर रक्षापंक्तिमा फाइदा उठाउँदै पहिलो हाफमै ठूलो अग्रता लिएका कारण महŒवपूर्ण ३ अंक जोड्यो ।
नयाँ प्रशिक्षक रोबर्टो मार्टिनेजको नेतृत्वमा एभर्टनले उच्च प्रदर्शन निरन्तरता दिइरहेको छ । सिजनमा आश्चर्यजनक नतिजा दिइरहेको टोली शीर्ष स्थानको आर्सनलभन्दा ३ अंकले पछाडि पर्दा चेल्सी र म्यानचेस्टर युनाइटेड भन्दा अगाडि छ ।
'यो राम्रो सुरुआत हो । अहिलेको अवस्था यही हो,' मार्टिनेजले भने । चेल्सीका स्ट्राइकरहरूले सन्तोषजनक प्रदर्शन गर्न चुकिरहँदा लुकाकुले भने एभर्टनका लागि २ खेलमा ३ गोल गरिसकेका छन् । चेल्सीका सामुइल इटो, फर्नान्डो टोरेज र डेम्बा बा तीनैजना गोल गर्न चुकिरहेका छन् ।
एभर्टनबाट डेब्यु गरेको ९ दिनपछि वेस्ट ह्यामविरुद्ध गोल गरेका लुकाकुले न्युक्यासलविरुद्ध ५ मिनेटमै गोल गरे । उनले २५औं मिनेटमा दिएको पासमा प्रभावशाली प्रदर्शन गरेका बार्कलीले गोल थपे । बार्कली यो सिजन इङ्ल्यान्ड राष्ट्रिय टोलीमा समेत छन् । एभर्टनले दुवै गोल न्युक्यासलको रक्षापंक्तिको कमजोरीमा गरेको थियो । गोलकिपर टिम होवार्डले दिएको लामो बल लुकाकुले नियन्त्रणमा राख्दै फाब्रिसियो कोलोसिनीलाई छलाएर नजिकबाट खाली पोस्टमा गोल गरे ।
टोलीको प्रदर्शनबाट निराश न्युक्यासल प्रशिक्षक एलान पार्डेउले दुई खेलाडी परिवर्तन गरेका थिए । त्यसमध्येका एक कावायेले गोल गर्दै प्रशिक्षकको निर्णय सहिसावित पारेका थिए । खेलको अन्त्यतिर रेमीले गोल गरेपछि टोली बराबरीतर्फ अग्रसर भयो । इन्जुरी समयको तेस्रो मिनेटमा रेमीको प्रहार क्रसबारको केही माथिबाट बाहिरिएपछि बराबरीको अवसर गुमेको हो । ६ खेलमा न्युक्यासलले ७ अंक जोडेको छ । यसैबीच एभर्टनका मिडफिल्डर गारेथ बेरीको प्रिमियर खेलसंख्या ५ सय पुगेको छ । यस्तो कोसेढुंगा पार गर्ने उनी १० खेलाडीमध्ये एक हुन् ।