सजिलो छैन नेपालको विश्वकप यात्रा
२८ कार्तिक २०७०
•
७ मिनेट पाठ
सजिलो छैन नेपालको विश्वकप यात्रा
काठमाडौं- विश्वकप खेल्ने उद्देश्यमा रहेको नेपालका लागि पहिलो खेलमा डेनमार्क खासै ठूलो चुनौती नहोला। आइसिसी विश्व ट्वान्टी–२० छनोट यात्रामा नेपालको बाटो सहज भने छैन। पछिल्लो दुई वर्षको प्रदर्शनका आधारमा नेपाललाई बलियो टोलीमा राखिएको छ।नेपालको आफ्नै उद्देश्य पनि अर्को वर्ष बंगलादेशमा हुने विश्व ट्वान्टी–२० मा छनोट हुनु छ। त्यस विपरीत डेनमार्कलाई प्रतियोगिताको सबैभन्दा कमजोर टोलीमा राखिएको छ। गत वर्ष मार्चमा सम्पन्न यही प्रतियोगितामा डेनमार्क १६ टोलीमा पुछारमा थियो।

शक्ति गौचनको सनसनीपूर्ण ह्याटि्रकमा नेपालले सो प्रतियोगितामा डेनमार्कलाई सजिलै ९ विकेटले हरायो। शक्तिको ह्याटि्रक नेपाली खेलाडीको पहिलो अन्तर्राष्ट्रिय ह्याटि्रक थियो भने आइसिसीको प्रतियोगिताको ट्वान्टी–२० संरचनामा नेपालको पहिलो खेल थियो। शक्तिले ४ विकेट लिँदा डेनमार्कलाई १९.१ ओभरमा ८२ रनमा समेटेको नेपालले १२.४ ओभरमै लक्ष्य भेटायो। प्रदीप ऐरीले ४३ बलमै ७ चौका र ४ छक्कासहित अविजित ६५ रन बनाएका थिए। 

सो प्रतियोगितामा सबैभन्दा तल्लो वरियताको नेपालले सातौं स्थानमा टुंग्याएको थियो। नेपालले अहिले विश्वकपमा छनोट हुने लक्ष्य बनाउनुको प्रमुख कारण एक यही नै हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ संरचनाअनुसार युएईमा शुक्रबार सुरु प्रतियोगिताको शीर्ष ६ टोली अर्को वर्ष बंगलादेशमा हुने विश्व ट्वान्टी–२० लाई छनोट हुनेछ। 
अनिल मण्डलको शतकमा नेपालले गत वर्ष नै मलेसियामा विश्व क्रिकेट लिग डिभिजन ४ मा डेनमार्कलाई सजिलै पराजित गरेको थियो। डेनमार्कसँग दुबईस्थित ग्लोबल क्रिकेट एकेडेमी मैदान २ मा हुने खेलमा अनिलले पहिलो रोजाइमा खेल्न पाउने सम्भावना कम छ। प्रशिक्षक पुबुदु दासानायकेले अनिलले स्थान पाएमा मध्यपंक्तिबाट खेल्ने बताइसकेका छन्। 
अनिलले आफ्नो दाबेदारिता प्रस्तुत गरिरहँदा प्रतियोगिता तयारीका लागि युएई र अमेरिकासँग खेलिएको अभ्यास खेलमा दुवै ओपनर चल्न सकेनन्। दुवैमा नेपालका ओपनरहरू ४ ओभर पनि क्रिजमा टिक्न सकेनन्। आयोजक युएईसँग पहिलो बलमै आउट भएका प्रदीपले अमेरिकासँग पनि ६ रनमात्र बनाउन सके। युएईविरुद्ध १४ रन बनाएका सुवासको इनिङ्स अमेरिकासँग ३ रनमै टुंगिएको थियो।

डेनमार्क दुवै अभ्यास खेलमा ठूलो अन्तरले पराजित भएकाले नेपालको पहिलो चुनौती खासै गाह्रो नहुने अनुमान गरिएको छ। हङकङविरुद्ध २ सय रन खर्चेपछि १ सय ४० रनको पराजय भोगेको डेनमार्क दोस्रोमा युएईसँग ६ विकेटले पराजित भयो। डेनमार्कले युएईविरुद्ध केवल ९० रनमात्र बनाउन सक्यो। नेपालले युएईमाथि ५ विकेटको विजय हात पार्दा १ सय ३९ रनको लक्ष्य पार गरेको थियो। 

प्रशिक्षक दासानायकेले प्रत्येक खेलसँग नेपाल अगाडि बढने बताएका छन्। नेपालले शनिबार केन्यासँग खेल्नेछ। केन्या समूह 'बी' मा रहेका चारमध्ये एकदिवसीय मान्यताप्राप्त राष्ट्र हो। अफगानिस्तान, नेदरल्यान्ड्स र स्कटल्यान्ड अन्य एकदिवसीय मान्यताप्राप्त राष्ट्र हुन्। नेपाल समावेश समूह 'बी' मा बर्मुडा र पपुवा न्युगिनी पनि छन्। 
नेपालको पहिलो लक्ष्य डेनमार्क र केन्यासँगको खेलमा केन्द्रित छ। एकदिवसीय मान्यताप्राप्त राष्ट्र भए पनि नेपालले केन्यासँग जितलाई निरन्तरता दिने लक्ष्य बनाएको छ। पछिल्लो संस्करणमा नेपालले एकदिवसीय विश्वकपको सेमिफाइनल खेलिसकेको केन्यामाथि ५ विकेटको विजय पाएको थियो। नेपालसँगको हारपछि निराशाजनक नवौं स्थानमा प्रतियोगिताको यात्रा टुंग्याएपछि केन्याको एक अखबारले लेखेको थियो, 'नाम नै नसुनेको देशसँग केन्या पराजित।'
२००३ मा एकदिवसीय विश्वकपको सेमिफाइनलमा पुगेको केन्या प्रदर्शनका हिसाबमा निकै खस्किरहेको राष्ट्र हो। टोलीले भर्खर मात्र भेट्रान स्टिभ टिकलो र थोमस ओडोयोलाई संन्यास फिर्ता गर्न लगाई टोलीमा बोलाएको थियो। २०११ को विश्वकपपछि दुवैले आफ्नो खेलजीवन टुंग्याएका थिए। ४२ वर्षे टिकलोसँग १ सय ३४ एकदिवसीय अन्तर्राष्ट्रिय र ११ ट्वान्टी–२० अन्तर्राष्ट्रियको अनुभव छ। ३५ वर्षे ओडोयोले २००८ पछि पहिलोपल्ट ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्दैछन्। 
टिकलो र ओडोयो दुवैले आफ्नो 'डेब्यु' १९९६ को विश्वकपमा वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक विजय पाउँदा गरेका थिए। २००७ मा एकपटकमात्र विश्व ट्वान्टी–२० खेलेको केन्या गत महिना अफगानिस्तानविरुद्ध शारजहाँमा ५६ रनमै समेटिएको थियो। ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो न्युन स्कोर हो।

युएई पुग्नु अघिको श्रीलंका भ्रमणले केन्याको प्रदर्शन सुधारिएको छ। श्रीलंका 'ए' सँग ६ खेलको शृंखला ५–१ ले गुमाएको केन्याले दुई अभ्यास खेलमा नामिबियालाई ३७ रन र हङकङलाई ३ विकेटले पराजित गरेको थियो। त्यसैले डेनमार्क र केन्यासँगको पहिलो दुई खेलले नेपालको ट्वान्टी–२० विश्वकप सम्भावनाको तस्बिर देखाउन सक्छ।
अर्को समाचार
सजिलो छैन डिभिजन ४ को यात्रा
१५ भदौ २०६९
•
९ मिनेट पाठ
सजिलो छैन डिभिजन ४ को यात्रा
विनोद पाण्डे- विश्व क्रिकेट लिग, विश्वकपको खुड्किलो हो। मलेसियामा मंगलबार विश्व क्रिकेट लिग डिभिजन ४ सुरु हुँदा नेपालको लक्ष्य पनि विश्वकप नै हुनेछ। पछिल्लो तीन वर्षको विश्व क्रिकेट लिगका नतिजा हेर्ने हो भने यथार्थमा नेपाललाई डिभिजन ४ नै उक्लनु कठिन लक्ष्य हुनेछ।

मलेसिया र सिंगापुर नेपालका परम्परागत प्रतिद्वन्द्वी हुन्। अमेरिका र तान्जेनियासँग नेपालले मिश्रित नतिजा बेहोरेको छ। दुई वर्षअघि इटालीको प्रतियोगितामा अमेरिका र तान्जेनियासँगै पराजित भएपछि नेपालको यात्रा डिभिजन ४ मै रोकिएको थियो। नेपाललाई डेनमार्क नौलो प्रतिद्वन्द्वी हो। ५० ओभरको खेलमा डेनमार्कसँग नेपाल पहिलोपटक आमनेसामने हुँदैछ।
नेपाल र अमेरिका डिभिजन ४ आयोजनाको लागि दाबेदार थिए। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को तोकिएको मापदण्ड पूरा गर्न नसकेपछि अमेरिका आयोजना दौडबाट बाहिरिने पहिलो राष्ट्र बन्यो। डिभिजन ४ मा नेपाल एक्लो दाबेदारमा उभियो। सरकार परिवर्तनसँगै नेपाली क्रिकेटको नेतृत्वमा पनि परिवर्तन भयो। 'राजनीतिक हस्तक्षेप' ले अन्तर्राष्ट्रिय क्रिकेटलाई सशंकित बनायो। त्यसयता अन्तर्राष्ट्रिय क्रिकेटसँग नेपालको सम्बन्ध वेखबर जस्तै छ।
डिभिजन ४ गुमाउनुको अर्को प्रमुख कारण त्यही दौरानलगत्तै भएको एसिसी ट्वान्टी-२० कप थियोे, जसले नेपाली क्रिकेटलाई अर्को कालो दाग लगायो। युएईसँगको खेलदौरान नेपाल पराजय नजिक पुगेपछि दर्शकले मैदानमै ढुंगामुढा गरे। सन् २०१० मै काठमाडौंमा भएको डिभिजन ५ को 'रिहर्सल' जस्तै थियो, त्यो ढुंग्ाा हानेको घटना। डिभिजन ५ का घटनाका लागि त्रिवि मैदान केही समय अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिबन्धित भयो। एसिसी ट्वान्टी-२० कपको पछिल्लो घटनाले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने नेपालको सम्भावना अन्योल बन्यो।
मलेसियाले डिभिजन ४ आयोजनाको फाइदा उठाए त्यसमा सबैभन्दा बढी चुकचुकाउने नेपाल नै हुनेछ, आयोजना गुमाउनुको पीडामा। २००९ यता खेलिएका डिभिजन लिगको ११ प्रतियोगितामा ९ पटक आयोजक टोली विजेता र उपविजेता बनेर बढुवा भएको छ। त्यसैले घरेलु टोली हुनुको फाइदाले यसपटक ठूलो भूमिका खेल्न सक्छ। सिंगापुर पनि डिभिजन ५ आयोजना गर्दै बढुवा भएको हो। २००९ मा डिभिजन ६ को तगारो पनि सिंगापुरले आयोजक भएरै पार गरेको थियो।
मलेसियाले आयोजक हुँदा नै डिभिजन ६ को खुड्किलो पार गर्न सकेको थियो। २०१० मा नेदरल्यान्डले डिभिजन १ र गत वर्ष बोट्सवानाले डिभिजन ७ गर्दा आयोजक भएको फाइदा उठाउन सकेनन्। डिभिजन १ मा बढुवा र घटुवा हुने प्रावधान भने थिएन। अस्ट्रेलियाको फरक वातावरणकै नेपाली यु-१९ टोलीले विश्वकपमा राम्रो खेल्न नसकेको निष्कर्ष निकालेका प्रशिक्षक पुबुदु दासानायकेले आयोजक राष्ट्रले लिन सक्ने फाइदाबारे राम्रोसँग बुझिसकेका छन्।
विश्व क्रिकेट लिगमा आयोजक टोलीले फाइदा लिँदै आएको बारे नेपालले राम्रोसँग बुझेको हुनुपर्छ। आफैले आयोजना गरेको डिभिजन ५ जितेर बढुवा हुँदै नेपालले आइसिसीको पहिलो उपाधि जितेको थियो। दाबेदार सूचीमा नापिएको नेपाल २००८ मा जर्सीमा भएको डिभिजन ५ र इटालीमा २०१० मा भएको डिभिजन ४ मा तेस्रो भई यथास्थानमा रह्यो।
यु-१९ विश्वकपमा १३ विकेट लिई सबैभन्दा बढी विकेट लिनेमा तेस्रो स्थानमा रहेका स्पिनर राहुल बिक पनि घरेलु टोलीलाई फाइदा हुनेमा विश्वास राख्छन्। तर उनी मलेसियासँगै नेपाल र सिंगापुर पनि क्वालालम्पुरमा घरेलु टोलीका रूपमा रहने बताउँछन्। 'एसियाली भूमिमा भइरहेकाले नेपाल, मलेसिया र सिंगापुरकै सम्भावना बलियो छ। हाम्रो स्तर उनीहरूसँग मिल्छ। नेपाल जसरी पनि फाइनल पुगेर बढुवा हुनुपर्छ, सजिलो भने छैन। अमेरिकाको पहिला जस्तो धार देखिएको छैन,' डिभिजन ४ लाई नेपालले खेल्न लागेको सबैभन्दा ठूलो प्रतियोगिता मान्दै उनले भने, 'एसिसी यु-१९ एसिया कपका क्रममा त्यहाँ घाँसे विकेट बनाइएको थियो। तर बल राम्रो घुमिरहेको थियो। हाम्रा स्पिनर यसमा प्रभावकारी हुन सक्छन्।'
लामो समय ५० ओभरको खेल नखेल्नु डिभिजन ४ मा नेपालको अर्को कमजोरीमा उजागर हुनसक्छ। गत जेठमा राष्ट्रिय क्रिकेट भएयता घरेलु क्रिकेटमा पनि नेपाली खेलाडीले ५० ओभरको खेलमा प्रतिस्पर्धा गर्न पाएका छैनन्। इटालीमा डिभिजन ४ मा दुई वर्षअगाडि खेल्नु नेपालको एकदिने खेलमा पछिल्लो अन्तर्राष्ट्रिय अनुभव थियो। अस्ट्रेलियामा नेपाली यु-१९ टोलीमा यसको प्रभाव देखिएको थियो।
राहुल यसलाई मान्न तयार छैनन्। 'अस्ट्रेलियामा हाम्रो उद्देश्य ५० ओभरकै शैलीमा खेल्नु थियो। युवा टोली भएकाले नेपाली टोली स्थापित हुन गाह्रो पर्‍यो,' उनले भने, 'डिभिजन ४ मा त्यस्तो समस्या नआउन सक्छ। सबै खेलाडी अभ्यास खेल खेलिरहेका छन् र टचमा छन्। सिनियर खेलाडीले जिम्मेवारी बढी बुझेका हुन्छन्।'
प्रशिक्षक दासानायकेको धारणा पनि यस्तै नै छ। 'नेपाली खेलाडीले पछिल्लो केही समय विदेशी क्लबबाट खेले। 'पारसले क्यानाडामा खेले, अमृत भट्टराई र चन्द्र साउदले श्रीलंकामा यु-२३ लिग खेले। ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, अनिल मण्डलले एक साताभन्दा बढी भारतमा ब्याटिङको विशेष प्रशिक्षण लिए,' दासानायके भन्छन्, 'यसले खेलाडीलाई सक्रिय बनाइरह्यो, त्यसैले मलाई नेपालले एकदिने शैलीमा खेल्न सक्छन् भन्ने विश्वास छ।'
इटालीमा अमेरिका र तान्जेनियासँग हारेपछि नेपाल डिभिजन ४ बाट उक्लन सकेन। अझ तान्जेनियासँगको हार नेपालको लागि स्तब्ध थियो। तान्जेनियाले दिएको १ सय १८ रन पनि बनाउन नसकी नेपाल ९ रनले पराजित भएको थियो। त्यही तान्जेनियालाई नेपालले प्लेअफमा १० विकेटले पराजित गरेको थियो। अमेरिकासँगको ६ भिडन्तमा नेपालले २ जित र २ हार बेहोरेको छ। २ खेल अनिर्णीत छन्। सिंगापुर र मलेसियालाई नेपालले एकदिने खेलमा पराजित गर्दै आएको छ। विदेशी भूमिमा खेल्दाको कठिनाइ, लामो समयदेखि ५० ओभर नखेल्नु तथा इटालीमा दुई वर्ष अघिभन्दा यसपटक उक्लन गाह्रो सम्भावनासँग परिचित छ, नेपाल।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस