टेलिभिजन लाइभ जिङ्क्सको तगारो
०३ मंसिर २०७०
•
८ मिनेट पाठ
टेलिभिजन लाइभ जिङ्क्सको तगारो
काठमाडौं– आइसिसी विश्व ट्वान्टी–२० छनोटमा स्कटल्यान्डविरुद्ध खेल्न मैदानमा उत्रिदा नेपालको ध्यान लगातार तेस्रो विजय हात पार्नु बाहेक ‘टेलिभिजन प्रत्यक्ष प्रसारणको जिङ्क्स’ को तगारो पन्छाउनु पनि हुनेछ। युएईमा भइरहेको प्रतियोगितामा यी दुई टोली तेस्रो चरणको खेलमा प्रतिस्पर्धा गर्दैछन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले प्रतियोगिताका खेलहरु आफ्नो आधिकारिक वेवसाइटबाट वेवकास्ट गरिरहेको छ। जस अनुसार नेपालको समूह चरणका बाँकी ५ मध्येको ४ खेल वेबकास्ट हुनेछन्। नेपालले खेल्ने स्कटल्यान्ड, नेदरल्यान्ड्स, अफगानिस्तान र बर्मुडासँगका खेल लाइभ स्ट्रिमिङ हुनेछन्।

टेलिभिजन र वेवकास्टबाट प्रत्यक्ष प्रसारण भएका खेलमा विगतमा नेपालको प्रदर्शन राम्रो हुन सकेको छैन्। प्रत्यक्ष प्रसारण हुँदा खेलाडीको ध्यान मैदानमा भन्दा ठूला क्यामारामा केन्द्रित हुने गरेको आरोप लाग्ने गरेको छ।
गत वर्ष नेपालले आइसिसी यु–१९ विश्वकपको यात्रा निराशाजनक रुपमा १३औं स्थानमा टुंगायो । एक पछि अर्को टेस्ट खेल्ने राष्ट्रहरुलाई पराजित गरेका कारण नेपालले पाएको ‘जायन्ट क्लिर्स’ को उपनाम पनि यु–१९ विश्वकप क्रिकेटमै हो । अस्ट्रेलियामा भएको विश्वकपमा भने नेपाल समूह चरणका सवै तीन खेलमा पराजित भयो । टेस्ट खेल्ने राष्ट्रहरुलाई ठूलो चुनौती तेस्र्याउने नेपाल समूह चरणमा आयरल्यान्डसँगैं पराजित भयो । प्रतियोगितामा समूह चरणका चार खेल स्टार क्रिकेटले प्रत्यक्ष प्रसारण गरेको थियो। त्यसमा नेपालको अस्ट्रेलिया र इङ्ल्यान्ड बीचको खेल पनि थियो।
दुवै खेलमा नेपालले ठूलो अन्तरको पराजय भोग्यो । अस्ट्रेलियालाई २ सय १२ रनले आत्मसमर्पण गरेको नेपाललाई इङ्ल्यान्डले १ सय २७ रनले निरिह बनायो। अस्ट्रेलियाबाट फर्किएपछि प्रशिक्षक पुबुदु दासानायकेले नेपालका खेल प्रत्यक्ष प्रसारणमा भएकाले मैदानमा प्रभाव देखिएको बताए।

दासानायकेको भनाइलाई धेरैले हार छोप्ने प्रयास भनेर व्यख्या गरे। दासानायकेले यसो भन्नुको मुख्य कारण खेलाडी खेलभन्दा टेलिभिजनमा आफू कस्तो देखिन्छु भन्नेमा केन्द्रित हुनु थियो। दासानायके खेलाडीलाई कुनै बन्देज लगाउदैन् । खेलाडीलाई इच्छा लागेको कुरा एक पटक सल्लाह गरेर गर्न अनुमती दिन्छन्।

दासानायकेअघि रोय डायस नेपालको प्रशिक्षक हुँदा खेलाडीलाई ‘कालो चस्मा’ लगाउन बन्देज जस्तै थियो। डायसको कालमा खेलाडी चर्को घाममा पनि क्याच लिन नाङ्गो आँखाले बल पछ्याउँथे। दासानायके आएपछि खेलाडीले सबैमा छुट पाए । नतिजा, यु–१९ विश्वकपमा अस्ट्रेलियाविरुद्ध धेरै जना कालो चस्मा लगाएर मैदान उत्रिए।

नेपालको मुख्य शक्ति फिल्डिङ भए पनि त्यो खेलमा उनीहरु फिल्डिङमै चुके । कमेन्ट्रि गरिरहेका वासिम अक्रम भन्दै थिए, ‘नेपाली खेलाडीलाई स्लाइड हान्न सिकाइएको रहेछ, कसैले भनिदियोस राम्रो फिल्डिङ गर्न बल पनि रोक्नुपर्छ ।’ बलको सही गति पत्ता नलगाउन सकेको अक्रमको निचोड थियो । त्यसको पछाडी मुख्य कारण पहिलो पल्ट चस्मा लगाएर खेल्नाले नेपाली खेलाडी बलको गति बुझ्न चुकेका थिए।

‘त्योबेला हामी सवै पहिलो पटक टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको खेल खेलिरहेका थियौं । त्यो पनि यु–१९ विश्वकप जस्तो प्रतियोगितामा खेल्दा टेलिभिजनमा आउँछ भनेर बढि जोश देखाउदा खेल विग्रिए जस्तो लागेको थियो,’ त्यतिखेरका कप्तान पृथु बाँस्कोटाले भने, ‘हामीले फिल्डिङमा केही अनावश्यक स्लाइड हानेर बढी रन खर्चेका थियौं।’

अघिल्लो वर्ष श्रीलंकामा भएको विश्व ट्वान्टी–२० मा अफगानिस्तान ऐतिहासिक विजय हात पार्नबाट चुक्दा टोलीका प्रशिक्षक कबिर खानलाई पनि ‘टेलिभिजन लाइभ’ मुख्य कारण लागेको थियो । भारतलाई १ सय ५९ रनमा रोकेपछि अफगानिस्तान जीत नजिक पुगेको थियो । तर, टोली ३ बल अगाडी १ सय ३६ रनमा रोकियो । ‘क्यामरा  अगाडी खेल्दा हामी दबाबमा देखियौं,’ खानले भारतसँग हारको कारण खोतलेका थिए ।

२००० मा श्रीलंकामा भएको यु–१९ विश्वकपमा भारतसँगको खेल सोनी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने क्रममा थियो। वर्षाले खेल विथोलेपछि अर्को मैदानमा लगेर खेलाउदा प्रत्यक्ष प्रसारण भएन्। २००० मा युएइमा भएको एसिसी ट्रफीमा हङकङविरुद्धको सेमिफाइनल नेपाली राष्ट्रिय टोलीको प्रत्यक्ष प्रसारण भएको पहिलो खेल थियो । स्टार स्पोर्टसले प्रत्यक्ष प्रसारण गरेको खेल नेपालले १ सय ७९ रनले गुमायो।

महबुव आलमले राहुल शर्माको ५५ रनमा क्याच छाडिदिए । शर्माले त्यसको फाइदा उठाउदै अविजित १ सय ४५ रन बनाउदा हङकङले २ सय ६८ रन बनाएको थियो । त्यतिबेलाका कप्तान पवन अग्रवाल टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको खेलले मिश्रित प्रभाव पार्ने बताउछन् । ‘खेल दौरान मलाई टेलिभिजनले कभरेज गरिरहेको छ भन्ने खेलाडीको दिमागमा हुँदैंन । कुनै खेलाडीलाई हुन सक्छ,’ उनले भने, ‘तर प्रत्यक्ष प्रसारण भएको खेल धेरैले हेरेको हुन्छ, त्यही भएर राम्रो खेल्ने दबाब हुन्छ । दबाबलाई झेल्न सकेन् भने प्रदर्शन विग्रिन्छ ।’

नेपालमा भएका धेरै जसो खेल टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएका छन् । घरेलु भुमिमा भएका खेलमा नेपालले राम्रो प्रदर्शन गर्दै आएको छ । घरेलु समर्थकमाझ खेल्दा नेपाल सँधै बलियो देखिनु यसका कारण हुन सक्छन् । नेपालले दुबईमा विश्व ट्वान्टी–२० को पहिलो दुई खेल जितेको छ । पछिल्ला वर्षमा गरेको प्रदर्शनका आधारमा विदेशी भुमिमा टेलिभिजन र वेवकास्ट प्रत्यक्ष प्रसारण भएको खेललाई पनि जितमा बदल्ने सम्भवत् उपयुक्त मौका यही नै हुन सक्छ।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस