काठमाडौं— नेपालले आइसिसी विश्व ट्वान्टी–२० छनोटको अन्तिम खेलमा बर्मुडालाई २१ रनले पराजित गर्दै दोस्रो चरण पुगेर विश्वकप पुग्ने सम्भावनालाई एक कदम नजिक ल्याएको छ। चौथो विजय हात पार्दै नेपाल समूह 'बी' अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ।नेपालसँग ८ अंक छ। अफगानिस्तान र नेदरल्यान्ड्सको समान १० अंक छ । नेदरल्यान्ड्सले सबै ७ खेल खेलिसकेको छ। अफगानिस्तानले केन्यालाई पराजित गरेमा समूह विजेता बन्दै विश्व ट्वान्टी–२० लाई छानिने छ।
केन्या र स्कटल्यान्ड्को ६–६ अंक छ । प्रतियोगितामा सहभागी १६ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । दुवै समूहका शीर्ष ५ गरी कुल १० टोली दोस्रो चरणमा पुग्ने छन् । त्यसमा दुवै समूहको विजेता टोली अर्को वर्ष बंगलादेशमा हुने विश्व ट्वान्टी–२० मा छानिने छन् । प्लेअफबाट बाँकी चार टोलीले विश्वकपको यात्रा तय गर्नेछ।