काठमाडौं– आइसिसी विश्व ट्वान्टी–२० छनोट प्रतियोगिता नेपालका लागि टर्निङ प्वाइन्ट हो। दुई वर्ष अघि यही प्रतियोगितामा नेपालले प्रतिद्वन्द्वीलाई चिन्ने अवसर मात्र पाएन, भविश्यको चुनौति आकलन गर्ने मौका पनि पाएको थियो। तिनै परिचित प्रतिद्वन्द्वीको नाडी छामेर नेपालले अर्को वर्ष बंगलादेशमा हुने विश्व ट्वान्टी–२० को ढोका खोल्ने विश्वास धेरैको छ।२०१० मा नेपाल डिभिजन ४ मा रोकिएपछि अफगानिस्तानका तत्कालिन प्रशिक्षक ताज मलिकले भनेका थिए, 'नेपालको स्तर धेरै माथि छ । तर नेपाल ठुलो टोली भनेर अरुसँग डराउँछ । एक पटक नेपालले एउटा लेभल पार गरेर ठुलो टोलीमा गनिएको कुनै टोलीलाई हरायो भने जितको क्रम सुरु हुन्छ ।'
उनले अफगानिस्तान र नेपाललाई एउटै स्तरमा राख्दै भनेका थिए, 'अफगानिस्तानको पनि एक समय नेपालकै हालत थियो । जब अफगानिस्तानले खेल जित्न लाग्यो, ठुलो टोली भनिएकाहरु केन्या, क्यानाडा, नेदरल्यान्ड्स, स्कटल्यान्ड जस्ता राष्ट्र अफगानिस्तानका लागि ठुलो विषय भएन् ।' उनकै प्रशिक्षणमा २०१० मा डिभिजन ५ मा रहेको अफगानिस्तान अर्को वर्ष डिभिजन २ मा उक्लिएको थियो ।
नेपालले अफगानिस्तानविरुद्ध हात पारेको एकमात्र विजय मलिककै पालोमा थियो । २००६ को एसिसी ट्रफीको तेस्रो स्थानको प्लेअफमा नेपालले अफगानिस्तानलाई पराजित गरेको थियो । मलिककै प्रशिक्षणमा जर्सीमा भएको डिभिजन ५ को सेमिफाइनलमा अफगानिस्तानले नेपाललाई ३७ रनले पराजित गरी मिठो बदला लियो । अफगानिस्तान डिभिजन ४, ३ हुँदैं डिभिजन २ मा पुग्यो । डिभिजन ५ मै अडकिएको नेपाल अर्को पटक विजेता बन्यो तर डिभिजन ४ बाट उक्लन सकेन् ।
प्रशिक्षक पुबुदु दासानायके आएसँगैं नेपाल क्रिकेटको नक्शा परिवर्तन भयो, दुई वर्ष अघि युएईमै भएको विश्व ट्वान्टी–२० छनोट यसको साक्षी थियो । २०११ मा भएको एसिसी ट्वान्टी–२० कपको सेमिफाइनल पुग्न नेपालले ठुलै कसरत गर्नु परेको थियो । हङकङसँग १ विकेट र कुवेतसँग १ रनको विजय पाइ नकआउट चरणमा पुग्दै नेपाल त्यत्तिखेर विश्व ट्वान्टी–२० छनोटमा पुगेको थियो ।
सहभागि १६ टोलीमा नेपाल सवैभन्दा तल्लो वरियताको टोली थियो । तर नेपालले डेनमार्क, पपुवा न्यु गिनी, केन्या जस्ता टोलीलाई पराजित ग¥यो । आफुभन्दा ठुला टोलीमा गनिएका यी राष्ट्रविरुद्ध नेपालको पहिलो विजय थियो । क्यानाडासँग थोरैले चुकेका कारण नेपाल शीर्ष भित्र पर्न सकेन् । प्लेअफबाट नेपालले सातौं स्थानका साथ प्रतियोगिता टुंगायो ।
स्वदेश फर्किएपछि नेपाली कप्तान पारस खड्काले भने, 'यो प्रतियोगिताबाट सिकेर हामीले अलिकति सुधार गर्ने हो भने नेपालले अर्कोपटक ट्वान्टी–२० विश्वकप खेल्ने छ । हामी अहिले सातौं भयौं, शीर्ष ६ भनेको त्योभन्दा एक तहमाथिमात्रै हो, त्यसैले विश्वकप सम्भव छ । डिभिजनबाहेक सबै टोलीलाई हामीले लगभग हरायौं । त्यहाँसम्म पुग्न के गर्नुपर्छ भन्ने हामीले बुझ्यौं । राम्रो तयारी र व्यवस्थापन हुने हो भने हामी त्यहाँबाट टाढा छैनौं ।'
विश्व ट्वान्टी–२० छनोटमा पाएको यही एक्सपोजरले नेपाललाई एसोसिएटको शीर्ष टोलीमा उभ्याएको धेरैको विश्लेषण छ । २०१० को डिभिजन ४ मा अमेरिकासँग रोकिएको नेपालले २०१२ को डिभिजन ४ मा अमेरिकालाई समूह चरण र फाइनलमा गरी दुई पटक पराजित ग¥यो । नेपाल डिभिजन ३ विजेता बन्दा युगान्डा र एकदिवसीय विश्वकप खेलिसकेको बर्मुडाको छेउछाउमै देखिएनन् । एकदिवसीय संरचनामा युएईलाई १४ वर्षपछि पराजित गरी टोलीसँगै एसिसी ट्रफीमा संयुक्त विजेता बन्यो । युएईसँगको त्यो विजयलाई नेपालले यसै वर्ष एसिसी ट्वान्टी–२० कपको सेमिफाइनल देखि मंगलबार दुबईको अभ्यास खेलसम्म निरन्तरता दियो ।
पछिल्लो पटक विश्व ट्वान्टी–२० छनोटमा सातौं भएको अवस्थामा नेपालले यस पटक विश्व ट्वान्टी–२० को लक्ष्य बनाउनु अर्को कारण हो । तिनै पपुवा न्यु गिनी, बर्मुडा, केन्या, डेनमार्कसँग नेपालले समूह चरणमा खेल्ने छ । ठुलो भनिएका अफगानिस्तान, स्कटल्यान्ड, नेदरल्यान्ड्स पनि नेपालकै समूहमा छन् ।