काठमाडौं—नेपाल आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा छनौट भएकोमा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन्। सन् २०१४ को मार्चमा बंगलादेशमा हुने आइसिसी विश्व ट्वान्टी-२०मा छनौट भएकोप्रति अध्यक्ष रेग्मीले खुसी व्यक्त गरेका छन्।'जीत नेपाली क्रिकेट टोलीको ऐतिहासिक सफलता हो', अध्यक्ष रेग्मीले भनेका छन्। आजको सफलताले नेपाल र नेपाली खेलकुदको प्रतिष्ठा विश्वसामु पुगेको विश्वास व्यक्त गर्दै अध्यक्ष रेग्मीले सबै नेपाली खेलप्रेमीहरुको उत्साह र हौसला पनि बृद्धि भएको उल्लेख गरेका छन्।
विश्वकप खेलमा छनौट हुने अवस्थासम्म आइपुग्न नेपाली क्रिकेट टोलीका कप्तान, सदस्य, प्रशिक्षक, समर्थक तथा क्रिकेटसँग सम्बद्ध सबैले गरेको निरन्तर प्रयास, लगनशीलता र आत्मविश्वासको प्रंशसा गर्दै अध्यक्ष रेग्मीले आगामी दिनमा लागि नेपाली क्रिकेट टोलीको निरन्तर सफलताको शुभकामना दिएका छन्।