काठमाडौं-'मसँग भन्नलाई केही छैन,' नेपाललाई विश्व ट्वान्टी–२० मा पुर्याएपछि कप्तान पारस खड्का शब्दविहीन थिए।नेपालले बुधबार अबुधावीको शेख जायेद रंगशालामा नियमित प्रतिद्वन्द्वी हङकङलाई ५ विकेटले पराजित गरी ट्वान्टी–२० विश्वकपलाई छानिँदा पारस र उनको टोलीसहित धेरै नेपाली पारसजस्तै शब्दबिहीन बने।
यो जितसँगै नेपाल मार्चमा बंगलादेशमा हुने विश्व ट्वान्टी–२० लाई छानिने तेस्रो राष्ट्र बनेको छ। अफगानिस्तान र आयरल्यान्ड समूह विजेता बन्दै यसअघि नै ट्वान्टी–२० विश्वकपलाई छानिएको थियो।
आइसिसी विश्व ट्वान्टी–२० छनोटको क्वार्टरफाइनल खेलमा महŒवपूर्ण मानिएको टस जितेपछि पारसले हङकङलाई ब्याटिङ गर्न बोलाए। हङकङले १ सय ४३ रनको चुनौतीपूर्ण स्कोर बनायो । राम्रो सुरुआत गरे पनि तलमाथि हुँदै खेल अगाडि बढाएको नेपाललाई अन्तिम २ ओभरमा विजय हात पार्न २६ रनको आवश्यकता थियो । पहिलो बलमा २ रन जोडेका पारसले नदिम अहमदको नो बलमा चौका प्रहार गरे। फ्रि हिटमा थप २ रन बनाएका पारस तेस्रो बलमा २ रन लिन खोज्दा रन आउट भए। १९ औं ओभरको बाँकी ३ बलमा नेपालले ३ रनमात्र जोड्न सक्यो।
अन्तिम ओभरको पहिलो बलमा शरद भेषावकरले छक्का प्रहार गरे। दोस्रोमा चौका प्रहार गरेपछि नेपाललाई ४ बलमा ३ रनको आवश्यकता थियो। शरदले तेस्रो बलमा १ रन लिए । चौथो बलमा बिट भएका प्रदीप ऐरीले पाँचौंमा १ रन लिए। शरदले अन्तिम बलमा १ रन प्रहार गर्दै नेपाललाई इतिहासकै स्मरणीय विजय दिलाए। नेपालले अब शुक्रबार सेमिफाइनलमा अफगानिस्तानसँग खेल्नेछ।
बुधबारको खेलबाट युएई पनि विश्व ट्वान्टी–२० लाई छनोट भएको छ। युएईबाट थप २ टोलीसहित कुल ६ टोलीले बंगलादेशमा हुने प्रतियोगिताको पहिलो चरणमा सहभागिता जनाउने छन्। यसमा आइसिसीका पूर्ण राष्ट्रहरू बंगलादेश र जिम्बावेले प्रतिस्पर्धा गर्नेछन्।
एकदिवसीय अन्तर्राष्ट्रियको शीर्ष ८ टोलीले सोझै 'सुपर टेन'मा खेल्ने छन्। भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका, इङल्यान्ड, पाकिस्तान, श्रीलंका, न्युजिल्यान्ड र वेस्ट इन्डिजले दोस्रो चरणमा मात्र प्रतिस्पर्धा गर्नेछन् । पहिलो चरणमा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको हुनेछ र त्यसबाट थप २ टोलीले सुपर 'टेन' मा खेल्ने छन्।
जितपछि नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायकेले सबैको कडा मेहनतले काम गरेको तर विश्वकपका लागि अझ कडा मेहनत गर्नुपर्ने बताए। 'पछिल्लो दुई वर्षदेखि हामीले यो क्षणको सपना देखिरहेका थियौं। सबै खेलाडीले कडा मेहनत गरे र आज यो सपना पूरा भएको छ,' नेपाली क्रिकेटको पछिल्लो सफलतामा मुख्य भूमिका खेल्दै आएका दासानायकेले नागरिकसँगको टेलिफोन सम्पर्कमा भने।
खेलाडीहरूले राम्रो खेलेको बताउँदै उनले भने, 'खेलको दौरान हामी माथितल भइरहेका थियौं। एउटा क्याच छाड्नाले हामीले खेल झन्डै गुमाउन पुग्यौं। सबैले आज हाम्रो ब्याटिङ शक्ति देखिहाले। शरदले जुन हिसाबले खेलको अन्त्य गरे, त्यो निकै दर्शनीय थियो।'
अन्तिम २ ओभरअगाडि हङकङको १ सय १४ रनमात्र थियो। १९ औं ओभरको दोस्रो बलमा प्रदीपले तानविर अफजलको क्याच छाड्दा नेपालको हातबाट खेल निस्किसकेको थियो। ३ बलपछि अफजलले लगातार दुई छक्का प्रहार गरी हङकङलाई राम्रो स्कोरमा पुर्याए। अन्तिम बलमा हङकङले थप ११ रन जोड्यो। अफजलले १४ बलमै २५ रन बनाए ।
तीव्र बलर जितेन्द्र मुखियाले दोस्रो ओभरमै ओपनिङ ब्याट्सम्यान इरफान अहमदलाई ८ रनमा आउट गरेपछि हङकङले पूरा दबिएर खेल्यो। २ चौका प्रहार गरेका इरफानको क्याच पहिलो स्लिपमा पारसले लिए। चौथो ओभरमा कप्तान एटकिन्सनलाई सागर पुनले चुस्त क्याच लिएर अविनाश कर्णलाई विकेट दिलाए। ज्ञानेन्द्रले सिधा थ्रोमा निजाकत खानलाई २५ रनमा रनआउट गर्नु नेपालको अर्को सफलता रह्यो।
अर्का ओपनर वाकास बकरातले पनि २५ रन बनाए। सागर पुन र शक्ति गौचनलाई १–१ छक्का प्रहार गरेका मुनिर दारले १७ बलमै २० रन बनाए। जितेन्द्रले लङअनमा शक्तिलाई क्याच पठाई दोस्रो विकेट लिए। अर्को बलमा उनले मार्क च्यापमानलाई आउट गरेपछि नेपालले हङकङलाई नियन्त्रणमा लिएको थियो। यसै प्रतियोगिताबाट अन्तर्राष्ट्रिय क्रिकेटमा 'डेब्यु' गरेका जितेन्द्रले ३ विकेट लिए। ४ ओभरमा ३२ रन खर्चेका उनले प्रतियोगितामा आफ्नो विकेट संख्या ११ पुर्याए । नेपालबाट सर्वाधिक विकेट लिनेमा उनी पारससँगै छन्।
नेपालको सुरुआत राम्रो रह्यो । सुवास खकुरेल र सागर पुनले ५ ओभरभित्रै ३२ रन जोडे। १६ बलमा १६ रन बनाएका सुवासको अफ स्टम्प अफजलले उडाइदिए। ३ चौका प्रहार गरेका सागरले १८ बलमा २२ रन बनाए। सागर आउट हुँदा नेपालको ८ ओभरभित्र ५४ रन थियो। ज्ञानेन्द्र र पारसले १३ ओभरमा नेपालको स्कोरलाई ८३ रनमा ल्याए। ज्ञानेन्द्रले २७ बलमा ३ चौकासहित ३० रन जोडे। विनोद भण्डारी ९ बलमा ७ रनमा आउट भए।
अन्तिम ५ ओभरमा रन रेटलाई कायम राख्न नसक्दा नेपाल दबाबमा आएको थियो। म्यान अफ द म्याच पारसले ३९ बलमा २ चौकासहित ४६ रन बनाए। अन्त्यमा खेलका नायक शरदले ७ बलमा १ चौका र १ छक्कासहित १३ रन बनाए।