नेपाली क्रिकेटको आरोह अवरोह
१२ मंसिर २०७०
•
९ मिनेट पाठ
नेपाली क्रिकेटको आरोह अवरोह
काठमाडौं-नेपाली खेलकुदमा सबैभन्दा पुरानो खेलमध्ये क्रिकेट हो। १९७० को दशकमा बेलायत भ्रमण तथा भारतबाट पढेर फर्किने तत्कालीन राणा शासकहरूले क्रिकेट नेपाल भिœयाएको मानिन्छ।तर, आफ्नै मनोरञ्जनका लागि भिœयाएको खेल जनस्तरमा ल्याएनन्। देशव्यापी रूपमा क्रिकेट विकास र विस्तार गर्ने उद्देश्यमा २००४ सालमा नेपाल क्रिकेट संघको स्थापना भए पनि २००७ सालमा राणा शासन नफ्याँकिएसम्म क्रिकेट राणा परिवार, उनीहरूका आफन्त र मित्रहरूमा सीमित थियो। राणाका दरबार र टुँडिखेल क्रिकेट खेलिने मैदान थिए।

राणाकालमै स्थापित संघले २०१८ सालमा राष्ट्रिय खेलकुद परिषद्मा राष्ट्रिय संघको रूपमा दर्ता पायो। नेपाली क्रिकेटको औपचारिक विकासमा यसलाई ठूलो उपलब्धि मानिन्छ। तथापि, ०४० को दशक अघिसम्म नेपालमा क्रिकेट लोकप्रिय भइसकेको थिएन। २०४४ सालमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एफिलिएट सदस्य भएको नेपाल त्यसको दुई वर्षपछि एसियाली क्रिकेट परिषद् (एसिसी) को सदस्य बनेको थियो। २०५२ सालमा आइसिसीको एसोसिएट सदस्य बनेपछि नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थालेको हो।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धासँगै नेपालमा क्रिकेट लोकप्रियता बढ्न थालेको थियो। ०४० कै दशकमा काठमाडौंबाहिर पनि क्रिकेट मैदानहरू बनाउने क्रम सुरु भए। जसमा खासगरी कलैया, वीरगन्ज, जनकपुर, नेपालगन्ज, भैरहवा लगायत तराईका सहरहरूमा क्रिकेट खेल्न थालिएको इतिहास छ। त्यही बेला नेपाल क्रिकेट संघअन्तर्गत क्षेत्रीय र जिल्ला संघहरू स्थापना हुन थालेपछि स्कुलस्तरमा पनि क्रिकेट लोकप्रिय हुन थाल्यो। जसले क्रिकेटप्रतिको मोह देशव्यापी फैलाउन महŒवपूर्ण भूमिका खेल्यो।

सीमित स्रोतसाधन बाबजुद नेपालमा क्रिकेट गतिविधि विस्तारै मौलाउने क्रममा २०४४ सालबाट सुरु भएको अन्तर्राष्ट्रिय सम्बन्धले देशभित्र यो खेल विस्तारमा थप योगदान गर्यो। पहिलोपल्ट २०५२ सालमा मलेसियाको क्वालालम्पुरमा सम्पन्न एसिसी ट्रफीमा नेपालले अन्तर्राष्ट्रिय सहभागिता जनायो। ब्रुनाई र जापानलाई हराए पनि नेपाल पहिलो चरणबाटै बाहिरियो। समूहका ६ टोलीमा नेपाल चौथो भएको थियो।

२०५५ सालमा नेपालले पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसर पायो। त्यो वर्ष एसिसी ट्रफी आयोजना गर्दा नेपालले भौतिक पूर्वाधार निर्माणमा फड्को मार्यो। कीर्तिपुर र पुल्चोकको क्रिकेट मैदान त्यहीबेला बनाइएको हो। प्रतियोगितामा नेपाली टोलीले एउटै खेल जित्न नसके पनि दुई अन्तर्राष्ट्रिय स्तरका मैदान बन्नु नेपाली क्रिकेटको ठूलो उपलब्धि थियो।

नयाँ सहस्राब्दीको सुरुआत नेपाली क्रिकेटका लागि सुखद रह्यो। युवा विकास परियोजनामा ध्यान दिनुको फल पाउनेक्रममा सन् २००० मा नेपाली युवा टोली यु–१९ विश्वकपमा आठौं भयो। सिनियर टोलीले पनि आइसिसी ट्रफीको सेमिफाइनल पुगेर सुखद भविष्य संकेत गर्यो। शारजहाँमा हङकङसँग पराजित हुँदा नेपालको फाइनल यात्रा सम्भव भएन। लगत्तै अर्को वर्ष यही प्रतियोगिताको अर्को संस्करणमा ओन्टारियोमा नेपालले जर्मनी र गिब्राल्टारलाई हराएर आफूलाई प्रमाणित गर्यो। तर, टोली प्रतियोगिताको उपविजेता भएको नामिबियासँग पराजित हुँदा समूह चरण पार गर्न भने सफल भएन।

सन् २००२ मा सिंगापुरमा सम्पन्न एसिसी ट्रफीमा नेपाल उपविजेता भयो। उपाधि युएईले जित्यो। लगत्तैको वर्ष इमर्जिङ नेसन्स कप आयोजना गर्दा भुटान र माल्दिभ्सलाई सहजै हराएको नेपालले उपाधिमै कब्जा जमायो। २००४ मा नेपालले पहिलोपल्ट आइसिसी इन्टरकन्टिनेन्टल कपका नाममा प्रथम श्रेणीको क्रिकेट खेल्यो। नेपालले त्यो बेला मलेसिया र युएईसँग खेलेको थियो। मलेसियालाई हराए पनि युएईसँग बराबरीमा सीमित हुँदा नेपाल सेमिफाइनल पुग्नबाट भने वञ्चित भयो। २००४ मा एसिसी फास्ट ट्र्याक नेसन्स प्रतियोगितामा तेस्रो भएर २००५ को एसिसी ट्रफीलाई छानियो। जहाँ नेपाल पाँचौं भएर आइसिसी ट्रफी खेल्न योग्य भयो। उक्त प्रतियोगितामा कतारलाई प्लेअफमा हराएर नेपालले तेस्रो स्थान पाएको थियो। तेस्रो स्थानमा सीमित भएपछि नेपाल आयरल्यान्डमा हुने आइसिसी ट्रफीमा छनोट भएन। त्यही वर्ष आइसिसी इन्टरकन्टिनेन्टल कपमा युएईलाई हराएपछि हङकङसँग बराबरी गरेको नेपाल एसिसी फास्ट ट्रयाक नेसन्स प्रतियोगितामा उपविजेता भयो।

त्यसयता लगातार अन्तर्राष्ट्रिय प्रतियोगितामा मिश्रित सफलता हासिल गर्दै अघि बढेको नेपाली टोलीले २००८ मा विश्व क्रिकेट लिग डिभिजन फाइभ खेल्न जर्सीको भ्रमण ग¥यो। समूह 'ए' को शीर्ष टोली बनेर सेमिफाइनल पुगेको नेपाल अन्तिम चारमा अफगानिस्तानसँग पराजित भयो भने अमेरिकालाई प्लेअफमा हराउँदै तेस्रो स्थान हासिल गर्न सफल भयो । प्रतियोगिताबाट दुई टोलीमात्र डिभिजन फोरलाई छानिनेमा नेपाल तेस्रो भएपछि टोलीको विश्वकप २०११ खेल्ने आशा ढिलो सर्यो।

सन् २०१० को फेब्रुअरीमा काठमाडौंमा सम्पन्न डिभिजन फाइभ नेपालले जित्यो। अमेरिकालाई फाइनलमा हराएर जितेको त्यो नेपालको पहिलो उपाधि थियो । त्यही वर्ष भएको डिभिजन फोरमा नेपाल तेस्रो हुँदै रेलिगेसनबाट जोगियो । २०१२ मा डिभिजन फोर जितेर डिभिजन थ्रीमा उक्लिएको नेपाल २०१३ को मार्चमा सम्पन्न डिभिजन थ्री मा पनि विजेता बन्दै डिभिजन टु मा उक्लियो।

सन् २०१२ मै शारजहाँ क्रिकेट रंगशालामा नेपाल र युएईले एसिसी ट्रफी एलिटको उपाधि बाँडे । नेपाली क्रिकेटको यो त्यतिबेला सम्मको सबैभन्दा ठूलो उपलब्धि थियो। जसले नेपाल र युएई सँगै तेस्रो भएको अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाजस्ता टेस्ट खेल्ने देशसम्मिलित एसिसी इमर्जिङ नेसन्स प्रतियोगितालाई छानिए।

२०१३ को सुरुआतमा काठमाडौंमा सम्पन्न एसिसी ट्वान्टी–२० कपमा फाइनल पुगेर युएईमा जारी विश्व ट्वान्टी–२० कप छनोटलाई छानिएको नेपाली टोलीले बुधबार हङकङलाई हराएर पहिलोपल्ट विश्वकप खेल्ने अवसर जुराएको छ। साथमा डिभिजन टुमा छनोट भएको टोलीले आगामी जनवरीमा न्युजिल्यान्डमा एकदिवसीय विश्वकपको अन्तिम चरणको छनोट खेल्नेछ।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस