नेपथ्यका नायक
१४ मंसिर २०७०
•
१३ मिनेट पाठ
नेपथ्यका नायक
यो तस्बिर हेर्ने हो भने धेरै क्रिकेटप्रेमीले सचिन तेन्दुलकरको १ सय ४२ को इनिङ्स सम्झिन्छन्। सन् १९९४ मा श्रीलंकाको भारत भ्रमणमा लखनउमा बनेको शतक। यो तस्बिरको विशेषता नै हो तेन्दुलकरबाहेक अरुमा ध्यान नजाने। दुई वर्षअघि नेपाली क्रिकेटप्रेमीको ध्यान यसै तस्बिरमा सचिन पछाडि उभिने खेलाडीमाथि गयो, जब पुबुदु दासानायके नेपालको प्रशिक्षक बनेर काठमाडौ आए।हुन त, फोटो जस्तै विकेटकिपर दासानायकेले श्रीलंकाबाट आफ्नो खेलजीवनमा सम्झनलायक खासै केही प्रदर्शन गरेनन्। दासानायकेले श्रीलंकाबाट कुल ११ टेस्ट र १८ एकदिवसीय अन्तर्राष्ट्रिय खेले। २००१ मा क्यानाडा बसाइ सरेपछि उनले सफलता पाउन लागे। २००५ मा उनी क्यानाडाकै कप्तान नै बने। २००७ मा उनलाई क्यानाडाले खेल्ने सँगै प्रशिक्षण गर्ने जिम्मेवारी पनि दियो। चार वर्षपछि उनले क्यानाडालाई एउटा प्रशिक्षकको नाताले एकदिवसीय विश्वकपसम्म डोर्याए।




विश्वकप भारतमा थियो। उनले विश्वकपपछि क्यानाडासँग आफ्नो सम्झौता नवीकरण नगर्ने बताइसकेका थिए। मुम्बईमा भएको भारत र श्रीलंकाबीचको विश्वकप फाइनल भइरहेको थियो। नेपाल क्रिकेट संघका तत्कालीन अध्यक्ष विनयराज पाण्डेको भेट क्यानाडा क्रिकेट संघका अध्यक्षसँग भयो। 'जुनियरका लागि हामीसँग आफ्नै प्रशिक्षक छ, सिनियर टोली हेर्ने प्रशिक्षक चाहिएको भनेपछि गफैगफमा पुबुदुको नाम आयो,' पाण्डे दासानायकेलाई भित्रायाउँदाको दिन सम्झन्छन्।

टोरोन्टो फर्केपछि क्यानाडा अध्यक्षको भनाइअनुसार पुबुदुले आफ्नो विवरण नेपाल पठाइदिए। 'ग्वाङ्झाउमा आइसिसीको बैठकमा श्रीलंकाली क्रिकेट बोर्डका महासचिवसँग छलफल हुँदा पुबुदुलाई ल्याउन सके नेपाललाई धेरै राम्रो हुने बताए। एसिसीका डेभलपमेन्ट म्यानेजर बन्दुला वार्नापुरा पनि दासानायकेको छनोटमा सहमत थिए,' पाण्डेले भने।

आर्थिक पक्षमा भने पूर्वअध्यक्ष पाण्डेले नसोचेको अनुभव बटुले। 'नेपालको प्रशिक्षक हुन के दिनुपर्छ हामीले?' भन्दै उनले दासानायकेलाई नेपालका यसअघिका प्रशिक्षक रोय डायसलाई प्रतिमहिना दिएको ५ हजार डलर पारिश्रमिक, खानबस्न तथा वर्षमा एकपल्ट घर जान दिने सुविधाबारे जानकारी गराए।

दासानायकेले क्यानाडामा बस्दा झन्डै १० हजार पाउँथे होला। त्यसैले उनले क्यानाडमा पाएको सुविधाकै कुरा पाण्डेसँग राखे। क्यानाडाभन्दा नेपाल निकै तल रहेको, नेपालसँग त्यत्रो पैसा नभएको जनाएपछि दासानायकेले ६ महिनाका लागि मात्र नेपाल आउन सहमति जनाए। पाण्डेका अनुसार उनकै प्रस्तावबमोजिम दुवैलाई सहमति भएमा अनुबन्धन बढाउने निर्णय भएको थियो।

२०११ को सेप्टेम्बरदेखिको यो सम्झौता जारी छ। पछिल्लो नवीकरण भएको अवधि सकिन अझै ५ महिना बाँकी छ। तर २६ महिनामा नेपाली क्रिकेटले पाएको सफलता हेर्ने हो भने यो कहाँ गएर टुंगिन्छ, कसैले अनुमान गर्न सक्दैन। पछिल्लो पटक नवीकरण गर्दा दासानायकेले नेपाललाई विश्वकपमा पु¥याउन नसके आफू क्यानाडा फर्किने बताएका थिए।

युएईमा भइरहेको विश्व ट्वान्टी–२० छनोटमा सेमिफाइनलमा पु¥याउँदै नेपाली खेलकुद इतिहासको सबैभन्दा ठूलो सफलता दिलाए। 'नेपाल विश्वकपमा पुगेन भने म यहाँ बस्नुको कुनै कारण छैन, हामीसँग विश्व ट्वान्टी–२० मा पुग्ने राम्रो अवसर छ। हाम्रो लक्ष्य एकदिवसीय विश्वकपमा पनि छनोट हुनु हो, हामीले कम्तीमा एकदिवसीय मान्यता पाउनुपर्छ,' नेपालसँग थप एक वर्षको नवीकरण गर्दै ४३ वर्षे दासानायकेले भनेका थिए।

राष्ट्रिय टोलीलाई उतारेको सबै प्रतियोगितामा दासानायकेले इतिहास बनाइदिएका छन्। एसिसी ट्वान्टी–२० कपमा पहिलोपल्ट सेमिफाइनल हुँदै फाइनल पुग्नु, एसिसी ट्रफीमा संयुक्त विजेता बन्नु, डिभिजन ४ र ३ को उपाधि जित्नु यसका उनका उपलब्धि हुन्। ट्वान्टी–२० विश्वकपमा पुग्नु नेपालको सपना थियो, त्यो अब सपना रहेन।

'खेलमा बाहेक उनको ध्यान अर्को कतै छैन, कुनै डिमान्ड छैन। त्यसैले उनले नेपाली राष्ट्रिय टोलीलाई धेरै राम्रो सेपमा ल्याएका छन्। हामीले राम्रो समयमा उनलाई ल्यायौं,' दासानायकेको आगमनलाई पूर्वक्यान अध्यक्ष पाण्डे नेपाली क्रिकेटको 'टर्निङ प्वाइन्ट' मान्छन्। ६ महिनाका लागि आएका दासानायकेले दुईपटक सम्झौता नवीकरण गरिसकेका छन्, आफूले पाउने सुविधामा कुनै डिमान्ड गरेका छैनन्।

यू–ट्युबमा नेपालको खेल हेर्दै उनी काठमाडौं आएका थिए। 'नेपालमा युवा प्रतिभाको कमी छैन, तर विश्व वरियताले नेपालको त्यो स्थिति देखाउँदैन । त्यही वरियता सुधार गर्ने नयाँ चुनौती लिएर म यहाँ आएको छु,' दासानायकेले आएकै दिन विमानस्थलमा भनेको यो भनाइलाई धेरै ठूलो गफ माने। दासानायके आउनुअघि नेपाल २८औं स्थानमा थियो। उनले नेपाललाई २१औं स्थानमा ल्याउँदै एकदिवसीय विश्वकपको नजिक पु¥याएका छन्।

रोय डायसको कालमा निर्णायक खेलहरूमा चुकेपछि नेपाललाई आधुनिक प्रशिक्षक आवश्यक भइसकेको थियो। दासानायके आएपछि उनले नेपाली क्रिकेटलाई साँच्चिकै आधुनिक बनाइदिए। एक्सपोजर नपाएसम्म नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्ने ठम्याइ उनले काठमाडौं आएको केही समयमै पत्ता लगाए। पारस खड्का, ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मीलाई क्लब क्रिकेट खेल्न क्यानाडा पठाए। दासानायकेले नै शक्ति गौचनलाई राजस्थान रोयल्ससम्मको ट्रायलको बाटो देखाए। अमृत भट्टराई, चन्द्र साउद, सुवास खकुरेल, अनिल मण्डल, प्रदीप ऐरीलाई श्रीलंकाको यु–२३ लिगमा खेल्ने व्यवस्था गरिदिए। नेपाली टोलीले पाएको सफलतामा खेलाडीले पाएको यो एक्सपोजर निकै महत्वपूर्ण बन्यो।

पूर्वकप्तान विनोद दासको भनाइ मान्ने हो भन्ने नेपाली क्रिकेटमा दासानायके आउनेबितिकै जादूजस्तै भएको छ । 'दासानायके खेलाडीमाथि पूरा विश्वास गर्छन्। खेलाडीले पनि ऊसँग पूरै विश्वास गरिरहेको छ । खेलाडीलाई उनले खेल्न चाहेअनुसार खेल्न दिन्छन्। त्यसले खेलाडीहरू अहिले खुलेर खेलेका छन्,' विनोदले भने, 'जस्तो ट्वान्टी–२० मा हामी परम्परागत खेल्थ्यौं। तर उनी आएपछि स्कुप, रिभर्स स्विप सिकाएका छन्, त्यसमा अतिरिक्त समय लगाएर सिकाउँछन्। ब्याट्सम्यानलाई त्यसनिम्ति पर्याप्त समय दिन्छन्।'

दासानायके प्रशिक्षण शैली जसले नेपाली क्रिकेटको नक्सा परिवर्तन गरिदिएको स्वीकार गर्नेमा विनोद पनि एक हुन्। 'उहाँको प्रशिक्षण मेथोड फरक छ। पहिला हामी ३–४ घन्टा प्रशिक्षण गथ्र्यौं, त्यो पर्याप्त पनि हुन्थ्यो होला । अहिले ७ घन्टासम्म प्रशिक्षण गर्छौं । माथिल्लो स्तरमा यो शैलीको प्रशिक्षण आवश्यक भएको मैले पाएँ,' दासानायकेको महŒव दर्शाउँदै विनोद भन्छन्, 'उनले जे गरे सफल भएका छन्। उनले फिजियो र कम्प्युटर एनालिस्टलाई नेपाली टोलीमा अनिवार्य गराएका छन्, जबकि उनी आउनुअघिसम्म नेपाली टोलीमा फिजियो पनि नियमित थिएन। टिमका कोही सदस्यलाई पनि उनी म तिम्रो साथ छु भनेर विश्वास दिलाउँछन्। त्यसले जसको पनि मनोबललाई उच्च बनाउँछ।'

मानसिक रूपमा बलियो राख्नु दासानायके आएपछि खेलाडीमात्र नभएर नेपाली टोलीमा आएको सबैभन्दा ठूलो परिवर्तन हो। शरद भेषावकर नेपालका सबैभन्दा ठूलो प्रतिभा मानिन्छन। पछिल्लो केही समय उनले सोअनुरुप प्रदर्शन गर्न सकेका थिएनन्। नेपाली टोलीमा उनको छनोटलाई लिएर प्रश्न गर्ने पनि धेरै थिए। मानसिक रूपमा नेपाली खेलाडी कति बलियो भएका छन् भन्ने उदाहरणमा शरदको हालको प्रदर्शनलाई लिइन्छ। नेपाली खेलाडीलाई अन्तिम ओभरमा १५–२० रन बनाउनु अहिले सामान्यजस्तै भइसकेको छ।

२ वर्ष अघिसम्म अमेरिका, युएई र अफगानिस्तानजस्ता टोली नेपाली खेलाडीका लागि पहाड जस्तै हुन्थ्यो । नेपाली खेलाडी अहिले अमेरिका र युएईलाई खासै ठूलो मान्दैनन्। अमेरिकालाई नेपालले डिभिजन ३ मा छाडिसकेको छ। युएईसँग पछिल्लो ४ खेलमा नेपाल हारेको छैन। दासानायकेको कार्यकालमा नेपालले नपाएको सफलता भनेको अफगानिस्तानलाई पराजित गर्न नसक्नु हो। शुक्रबारसम्म पाँचौंपल्ट उनी नेपालको प्रशिक्षक भएर अफगानिस्तानसँग पराजित भएका छन्।

जितेन्द्र मुखिया अर्का खेलाडी हुन् जसलाई दासानायकेले भविष्यको आशामा अगाडि ल्याएका छन्। दुई वर्ष अघिसम्म नेपाली यु–१९ टोलीमै नसमेटिएका जितेन्द्रले आफ्नो 'डेब्यु' प्रतियोगितामै ११ विकेट लिइसकेका छन्।

अहिले पनि दासानायके अगाडि आउँदैनन्। तेन्दुलकरसँगको तस्बिरमा देखिएजस्तै पछाडि बस्नै रमाउँछन्। बर्मुडामा नेपाललाई विश्व क्रिकेट लिग डिभिजन ३ को उपाधि दिलाएपछि दासानायके बर्मुडाबाट परिवार भेट्न सोझै क्यानाडा लागेका थिए। काठमाडौं फर्किंदा नेपाली टोलीको भव्य स्वागत भयो। दासानायके यो भीडमा थिएनन्।

उनको भनाइ नै छ, 'टिमले जित्दा अगाडि आउने भनेकै खेलाडी नै हो।'
अर्को समाचार
नेपथ्यका नायक
३० भदौ २०७५
•
२० मिनेट पाठ
नेपथ्यका नायक
दर्जनौं कालजयी गीतका रचनाकार हुन् उनी । ‘साहित्य सेवा गरें’ भन्ने घमण्ड छैन उनमा । प्रशस्तीगान रुचाउँदैनन् । मिडियामा छाउन मन पराउँदैनन् । बरू नेपथ्यमा बसेर खुरुखुरु साहित्य साधना गर्छन् । ती अब्बल गीतकारको नाम हो–सुवासचन्द्र ढुंगेल।




उनी गीत लेख्छन् । मुक्तक लेख्छन् । र, लेख्छन् लघुकथा । मन छुने शब्द, मिठो संगीत र कर्णप्रिय गायनकै कारण उनका धेरै गीत ‘हिट’ छन् । लोकप्रियताको सगरमाथा चुमेका छन् तिनले । त्यसैले त दशकौंदेखि नेपालीहरूको मनमनमा गुञ्जिँदैछन्।  

उनका सृजना मार्मिक छन् । मिलनका भन्दा विछोडका, खुसीका भन्दा दुःखका गीत बढी लेख्छन् । उनका गीतमा मायाप्रेम र बिछोड मात्र होइन जीवन दर्शन पनि हुन्छ । त्यसैले ती विशेष बनेका हुन्।  

हप्तामा एकपटक श्रीलंका बोर्डकास्टिङ कर्पोरेशनबाट नेपाली कार्यक्रम बज्थ्यो । कार्यक्रम भिक्षु मैत्रीले चलाउँथे । एकदिन भिक्षुले अनुरोध गरे, ‘गायिका सुजाताले नेपाली गीत गाउने इच्छा गर्नु भएको छ । त्यसैले इच्छुकले गीत पठाउनु होला ।’ सुवासचन्द्र ढुंगेलले गीत पठाए, सुजाताले गाइन् । आफ्नो पहिलो गीत रेडियोमा बज्दा उनका आँखा रसाए ।

गीत लेख्छु भनेर कनिकुथि लेख्न सकिंदैन । हृदयबाटै भावनाको मुल फूट्नु पर्छ । तिनै भावनामा डुबुल्की मार्दामार्दै गीत बन्छ । प्रायः हिँडिरहेका बेला उनको मनमा भावना छचल्किन्छ । मुखडा फूर्छ, त्यसलाई टपक्कै टिप्छन् । र, फेरी हिँड्दाहिँड्दै अरु अन्तरा फुर्छ । यसरी बिस्तारै एउटा गीत पुरा हुन्छ ।  

जीवन भोगाई नै उम्दा साहित्य बन्छ । आफैंले भोगेका कुरा जीवन्त हुन्छ । अरुको भोगाइलाई पनि जीवन्त ढंगले उर्तान ठूलो खुबी चाहिन्छ । यसरी हेर्दा ढुंगेलका कतिपय रचना उनका आफ्नै भोगाई हुन् भने कतिपय साथीहरूका।

आजका दिनसम्म ५ सय वटा आधुनिक गीत र डेढ सय हाराहारीमा भजन लेखेका ढुंगेलका सयवटा गीत र २० वटा भजन रेकर्ड भएका छन् । बिडम्बना ! उनको पहिलो रेर्कडेड गीतको अभिलेख उनीसँगै छैन।

त्यो गीतको बोल थियो, ‘नसोध मलाई मेरा आफ्नाहरु, मेरो उदास जीवन कथा... ’।

श्रीलंकाली गायिका सुजाताले गाएकी थिइन् त्यो । यस विषयमा रोचक कथा छ । तिनताका उनी महाराजगञ्जमा मेडिसिनका विद्यार्थी थिए । बिहान÷बेलुका रेडियो खुबै सुन्थे । हप्तामा एकपटक श्रीलंका बोर्डकास्टिङ कर्पोरेशनबाट नेपाली कार्यक्रम बज्थ्यो । कार्यक्रम भिक्षु मैत्रीले चलाउँथे । एकदिन भिक्षुले अनुरोध गरे, ‘गायिका सुजाताले नेपाली गीत गाउने इच्छा गर्नु भएको छ । त्यसैले इच्छुकले गीत पठाउनु होला।’

ढुंगेलले गीत पठाए, सुजाताले गाइन् । रेडियोमा आफ्नो गीत बज्दा उनका आँखा रसाए।

‘पछि तिनै भिक्षुले त्यो गीत रेडियो नेपालमा बुझाएका थिए तर रेडियो नेपालमा हराइदिए’, ढुंगेल भन्छन्, ‘म अहिले सुजातालाई खोजिरहेको छु । सायद उहाँसँग त्यो गीत सुरक्षित होला।’

यसरी ०३६ सालमा उनको पहिलो गीत रेकर्ड भएको थियो । उनले गीत लेख्न थालेको त स्कुले जीवनदेखि नै हो । भक्तपुरको सानोठिमीमा अबस्थित डिएमपिएस (आदर्श माध्यमिक विद्यालय) पढ्दैदेखि लेख्थे उनी।

अनि ७–८ कक्षा पढ्दैखेरी रेडियो नेपालको बाल कार्यक्रममा कविता सुनाउँथे । त्यतिबेला हरेक साँझ ५ बजेछि आधा घन्टा बाल कार्यक्रम आउँथ्यो । बासुदेव मुनाल र नुपुर भट्टाचार्यले कार्यक्रम चलाउँथे । शुक्रबार साँझ कविता बज्थ्यो । बाल कार्यक्रमकै ‘को भन्दा को कम’ मा पनि उनका गीत, कविता, चुट्किला र कथा बज्थे।

‘रेडियोको बाल कार्यक्रमले ममा उर्जा बढायो’, बिहीबार दिउसो साथी दीपेन्द्रसिंह थापासँगै कुराकानी गर्न उनको निवास कुलेश्वर पुगेका बेला ढुंगेलले सम्झिए, ‘हाम्रो स्कुलको सांस्कृतिक माहौलले पनि मलाई प्रेरित गरेको थियो।’

हामीले उनका केही चर्चित गीतहरुका रचना गर्भ सुन्यौं। प्रेम पिडाले उनलाई भावुक बनाएको रहेछ । भावुक गीत नै उनको पहिचान । जीवनभर यस्तै गीत लेखेका सुवासचन्द्र ढुंगेललाई सोध्यौं हामीले, ‘किन सेन्टिमेन्टल गीतहरु मात्रै लेख्नु भएको?’ ‘भावुक गीतहरुले सबैको मन छुन्छ, त्यसैले’, छोटो उत्तर दिए उनले।

उनले त्यही स्कुलबाट ०३४ सालमा एसएलसी उर्तिण गरे । र, मेडिसिनका विद्यार्थी बने । पछि जन प्रशासनमा स्नातकोत्तर र शिक्षामा एमफिल गरे । पहिलो गीत रेकर्ड भएको दुई वर्षपछि ०३८ सालमा तारा थापाको स्वर र धनञ्जय थापाको संगीतमा रेडियो नेपालमा ‘चिता बनाई जलाई नदेउ मुटुभरिका रहरहरू’ गीत रेर्कड भयो । त्यो धेरैले रुचाए । फलतः किशोर वयमै उनी चर्चित बने।

पहिलो गीत रेकर्ड भएपछि उनले रेडियो नेपालबाट २० रुपैयाँ पारिश्रमिक पाएका थिए । रेकर्ड गर्नु अघि त्यहाँबाट स्विकृत गराउनु पथ्र्यो । गीतमा ‘स्विकृत’ भनेर राममणि रिसालको हस्ताक्षर थियो । गीत स्विकृत भएपछि उनका एक जना दाईले गायिका तारा थापासंग भेट गराइदिए सोल्टी होटलमा । त्यहीँ काम गर्थे ती दुबैजना।

रेकर्ड भएको गीत सुन्न रेडियोमा कान थापेर बसेको सन्दर्भ पनि कम्ता रोचक छैन । हप्ताभरी रेकर्ड भएका गीतहरु शुक्रबार साँझ ‘नव संगीत’ कार्यक्रममा बज्थ्यो । ढुंगेल पनि ७–८ जना साथीभाई बटुलेर बसेका थिए गीत सुन्न । तर त्यो दिन उनको गीत बजेन । खल्लो भयो, भोलिपल्ट दिउसो १ बजे मात्रै बज्यो।

गीत लेख्नेक्रम जारी छ । रेकर्ड हुनेक्रम पनि चलिरहेकै छ । उनले केही पुस्तक पनि प्रकाशन गरेका छन्। ‘भाँचिएका मनहरू’मा एक सय एक गीत छन् । ‘अक्षरका गोलीहरु’मा एक सय ५७ वटा मुक्तक छन् । एक सय ६० वटा मुक्तकहरुको संग्रह ‘क्रमभंग’ प्रकाशनको संघारमा छ । एल्बमका रुपमा ०४५ सालमा म्युजिक नेपालबाट ‘चोट के हो व्यथा के हो’, २०६७ सालमा रिबेल क्रियशनबाट ‘सुबास’, विन्ध्यवासिनी म्युजिकबाट ‘मन बिना बाँच्न पाए’ प्रकाशोन्मुख छ र सरस्वती युवा परिवारबाट ‘आनन्दै आनन्द’ भक्ति गीत निस्केको छ।

मुक्तक पुस्तक पछि भजन र गीत संग्रह निकाल्ने योजनामा छन् उनी । त्यस्तै भक्तपुरको मोडर्न स्कुलका ११ वर्षे विद्यार्थी अधिश्री कसपालले उनका ५ वटा गीत गाएर एउटा एल्बम निकाल्दैछन्।

हामीले उनका केही चर्चित गीतका रचना गर्भ सुन्यौं । प्रेम पिडाले उनलाई भावुक बनाएको रहेछ। भावुक गीत नै उनको पहिचान हो । जीवनभर यस्तै गीत लेखेका ढुंगेललाई सोध्यौं हामीले, ‘किन सेन्टिमेन्टल गीतहरु मात्रै लेख्नु भएको?’

‘भावुक गीतहरुले सबैको मन छुन्छ, त्यसैले’, छोटो उत्तर दिए उनले।

आजसम्म गीतबाट जीवन धान्ने कमाई भएको छैन । उनी विश्वविद्यालय अनुदान आयोगमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत छन् । जीवनसाथी रत्नशोभा बहिरा विद्यार्थी पढाउँछिन् । त्यही कमाईले जिन्दगीको यात्रा चल्दैछ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा जन्मे÷हुर्केका ढुंगेल अचेल कुलेश्वर, काठमाडौंमा बस्छन् । उनको उमेर ५७ वर्ष भयो । जागिरबाट रिटायर्ड हुन अढाई वर्ष बाँकी छ । त्यसपछि जिन्दगीका योजना के के छन्?

‘गीत र मुक्तक लेखनमै फोकस हुन्छु’, उनले भने, ‘साहित्य सृजनाबाटै सन्तुष्टि मिल्छ।’    

जति चोट दिन्छौ देउ मायालु

भक्तराज आचार्यको स्वर र संगीतमा ०३८ मंसिरमा यो गीत रेकर्ड भएको थियो । सुवासचन्द्र सानैदेखि भक्तराजको स्वर मन पराउँथे । उनलाई आफ्नो गीत गाउन दिने इच्छा भयो । दोहोरो चिनजान थिएन । बरु रेडियो नेपालको बाल कार्यक्रममा आउँदाजाँदा सत्यनारायण राजभण्डारी र द्वारिकालाल जोशी लगायतसँग चिनजान थियो।

भक्तराज ललितपुरको महालक्ष्मीस्थानमा बस्थे । त्यतैका साथी बिदुर खड्काको सहयोगमा एक दिन उनी महालक्ष्मीस्थान पुगे । ‘गीतमा ३ वटा अन्तरा थियो । भक्तराजले ५ मिनेट भन्दा लामो रेडियोमा बजाउन गाहे हुन्छ भन्नु भयो’, उनले भने, ‘पछि  छोट्टयाइयो।’

रेडियोमा रेकर्ड भएकै दिन विजयसिंह मुनाल र बासुदेव मुनालहरुले ‘यो गीत हिट हुन्छ’ भनेका थिए । नभन्दै हिट भयो । रेडियोमा एकै दिन ५ पटकसम्म बज्न थाल्यो।  

यसमा उनको आफ्नै प्रेम पिडा छ । स्कुले जीवनकै अन्तरजातिय प्रेमिकासँग बिछोडको परिणाम यो ‘जति चोट दिन्छौ देउ मायालु मुटुभित्र साँचेर राख्नेछु’, जन्मेको रहेछ।

भक्तराजको स्वर र संगीतमै ०४० सालमा उनको अर्को गीत ‘तिम्रो मनमा मिलनको फूल फूल्दा, मेरो मनमा बिछोडको खडेरी परेछ’ रेर्कड भयो । रेडियोमा २ पटक बजेपछि त्यो गीत त्यतै लुकाईदिएछन् । लामो समयको कालखण्डपछि त्यो गीत खोजेर प्रकाश सायमीले उज्यालो रेडियोको ‘अजर अमर गीत’ कार्यक्रममा बजाइदिएपछि उनी सायमीप्रति कृतज्ञ छन्।

तारा थापाले गाएको पहिलो गीतले नै उनलाई चिनाएको थियो । यो गीतले उनको क्षितिज झन फराकिलो बनायो।

चोट के हो व्यथा के हो  

गायक अरुण थापाले पनि औधि रुचाएको गीत हो ‘चोट के हो व्यथा के हो’ । ढुंगेलको गीत ०४५ सालमा रेकर्ड भएको थियो । हुन त उनले थापालाई ०४० सालतिरै होटल सोल्टीमा भेटेर भनेका थिए, ‘अरुण दाई मेरा पनि केही गीत गाइदिनु प-यो।’

तीन वटा गीत दिन खोज्दा थापाले भनेका थिए, ‘१५ वटा दिनुस छानेर २–३ वटा गाउँछु।’

केही महिनापछि झम्सिखेलस्थित अरुणको घरमा पुगे उनी । उनले चोट के हो व्यथा के हो को ट्युनिङ सुनाए । उनले ढुंगेलका अरु दुई गीत ‘पारी गयौ किन अधुरो यो जीवन र अरुसँग नजोख मलाई थाहै छ म सस्तो छु भनि’ पनि गाए।

‘पिएर आँसु आफ्नै आँखाको म प्यास मेटौंला’ बोलको गीत भने रेकर्ड हुन सकेनछ । ‘म्युजिक नेपालमा दुई दिनसम्म रेकर्ड गर्ने प्रयास गरियो, उनले गाउन सकेनन्’, ढुंगेलले सुनाए, ‘पछि यो गीत उमेश पाण्डेलाई गाउन दिएँ।’

त्यस्तै अर्को गीत ‘तिम्रो नजरको रमाइलो गाउँमा घुम्दाघुम्दै हराएँ म’ गजल शैलीको गीत पनि अरुणको स्वरमा रेकर्ड हुने संयोग जुरेन । पछि राजेश पायल राईले गाएका छन्।

अरुण वितेपछि ‘चोट के हो व्यथा के हो’ बढी हिट भएको अनुभव छ ढुंगेलसँग । उनका अनुसार थापाले आफ्ना मन पर्ने दुइटा गीतमा ‘चोट के हो’ र भुषण खरेलको ‘म रोए पनि तिमी हाँसिदिनु’ बताएका थिए । त्यति मात्र होइन उनले म मरेपछि मेरो शव यात्राको व्यानरमा यो गीत लेखिदिनु भनेका रहेछन् । ‘त्यही भएर त्यहाँ चोट के हो व्यथा के हो’ लेखिएको थियो’, ढुंगेलले ०५६ साउन ५ गतेको दुःखद् दिन सम्झिए।

फूल झरे पनि काँढा झर्दैन    

उनका अधिकाँश गीत सेन्टिमेन्टल छन्। ‘फूल झरे पनि काँढा झर्दैन’मा उनले माया के हो भन्ने परिभाषा दिएका छन् । यसमा माया अजर, अमर हुन्छ भन्ने प्रेम दर्शन छ। ०४५ सालमा रविन शर्मा र तारा थापाको स्वरमा रेकर्ड भएको गीतमा राम थापाले संगीत भरेका छन्।

संगीतकार थापासँग पहिल्यै चिनजान भएकाले उनैले रविन र ताराले गाउँदा राम्रो हुने सुझाएका थिए। नभन्दै गीत धेरैले मन पराए। ‘डान्सिङ गीतका रुपमा यो गीत चर्चित भयो’, उनी सन्तुष्ट छन्, ‘फरक प्याट्रनको गीत भनेर धेरैले तारिफ पनि गरे।’

नपिउने बाचा गराई गयौ

एउटा पियक्कड मान्छेले जब मदिरा र प्रेमिका दुबै गुमाउनु पर्छ त्यतिबेला उसको मनोविज्ञान कस्तो होला? त्यही मनोदशाको चित्रण गरेका छन् उनले ‘नपिउने बाचा गराई गयौ म पिउँ कसरी, तिमी विनाको एक्लो जीवन म जिउँ कसरी’मा।

यो सत्यनारायण राजभण्डारीको अन्तिम गीत हो भने न्यूहुँ बज्राचार्यको पहिलो आधुनिक गीत। ०४६ सालतिर लेखिएको गीत ०४९ मा रेकर्ड भयो । ढुंगेलले चिनेका पहिलो गायक हुन् सत्यनारायण। ‘उहाँले पहिल्यैदेखि तिम्रो गीत गाउँछु भन्नु भएको थियो’, उनले भने, ‘उहाँले नै न्यूहुँलाई संगीत गर्न दिनु भएको थियो।’

नेपाल टेलिभिजनले यसको म्युजिक भिडियो बनाएको थियो । एक समय निकै चलेको गीतमा पर्छ यो।

मन बिना बाँच्न पाए हुन्थ्यो

सबै राम्रा गीत हिट हुँदैनन्, सबै हिट गीत राम्रा हुँदैनन् । श्रोता वा बजारले के रुचाउँछ भन्नै सकिँदैन । रेकर्ड भएका मध्ये ढुंगेललाई सबैभन्दा मन पर्ने गीत ‘मन बिना बाँच्न पाए हुन्थ्यो दुई चार वर्ष, पिर पनि हुँदैनथ्यो, हुँदैनथ्यो हर्ष’ हो । संगीता राना प्रधानको स्वर र अबिदको संगीतमा ०७० सालमा रेकर्ड गरिएको थियो । यसलाई उनले ०४५ सालमा लेखेका थिए।

हाल अमेरिकामा रहेका संगीतकार अबिदले नै संगीतालाई गाउन प्रस्ताव गरेका थिए । हुन त संगीता र उनका श्रीमान फिल्म निर्देशक किशोर रानासँग ढुंगेलको पहिल्यै चिनाजानी थियो । शास्त्रीय स्वादको गीत उनले गाएपछि त्यो धेरैले मन पराए।

रेकर्ड हुनु अघि नै प्रविण बराइली र दिपक जंगमले पनि यसको संगीत गरेका थिए भने दिप श्रेष्ठले पनि मन पराएका थिए । यसको म्युजिक भिडियो निस्कने तयारीमा छ । ‘जति चोट दिन्छौ देउ मायालु र चोट के हो व्यथा के हो’ गीतको भन्दा पनि राम्रो प्रतिक्रिया यसबाट पाएको छु’, गीतकार ढुंगेल भन्छन्, ‘फिलोसपिकल भएर पनि होला धेरैले मन पराएका।’

आखिर सबै कुरा मनैले गर्छ । मन नहुँदो हो त दुःख पनि हुन्नथ्यो, सुख पनि हुन्नथ्यो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस