अवसर छोप्ने फिनिसर
१५ मंसिर २०७०
•
६ मिनेट पाठ
अवसर छोप्ने फिनिसर
काठमाडौं-शरद भेषावकरले नेपाली क्रिकेटलाई परिभाषित गर्छन् भन्दा अतिशयोक्ति नहोला। आयोजक युएईसँग शनिबार मध्यपंक्तिका ब्याट्सम्यान शरदले लगातार २ छक्का प्रहार गर्दै नेपाललाई आइसिसी विश्व ट्वान्टी–२० छनोटमा तेस्रो स्थान दिलाउन जुन भूमिका खेले, त्यसले नै शरदको क्षमता प्रष्ट पार्छ।नेपालले प्रतियोगितामा दोस्रो ब्याटिङ गर्दै ५ खेल जित्यो। ४ खेलमा शरदले विजयी रन बटुले। डेनमार्कसँगको पहिलो खेल छाड्ने हो भने बाँकी तीन इनिङ्स शरदकै मात्र नभएर नेपाली क्रिकेटकै स्मरणीय हुनसक्छ। केन्यासँग अन्तिम ओभरमा १७ रन आवश्यक हुँदा शरदले एक्लैले ३ छक्कासहित २० रन बनाए।

हङकङसँगको क्वार्टरफाइनल पनि लगभग स्थिति यस्तै थियो। नेपाललाई अन्तिम ओभरमा १३ रन चाहिँदा पहिलो बलमा छक्का र दोस्रोमा चौका प्रहार गरेका शरदले नै विजयी रन बटुले। शनिबार अबुधाबीको शेख जायेद रंगशालामा स्थिति फरक थिएन। नेपाललाई युएईसँग तेस्रो स्थानको खेल जित्न ११ रन चाहिन्थ्यो। शरदले पहिलो दुई बलमै छक्का प्रहार गरे। शरदले आफू सामना गरेको पछिल्लो ५ बलमा ३ छक्का प्रहार गरे।

कमेन्ट्री गरिरहेका इङ्ल्यान्डका पूर्वओपनर निक नाइटले कप्तान पारस खड्कालाई सोधेका थिए, 'अन्तिम केही ओभरमा दबाबमा देखिएका थियौं नि ?' पारसको जवाफ थियो, 'हामीलाई यस्तो अवस्थामा खेल्ने बानी नै परिसकेको छ।' शरद हुन्जेल पारस पनि आफैं क्रिजमा रहेको सम्झन्थे, सायद।

जुन बेला शरदमा आत्मविश्वास देखिएको थिएन, त्यो समयमा नेपाली क्रिकेटको प्रदर्शन प्रतिस्पर्धात्मक थिएन। २० महिनाअघि यहि प्रतियोगितामा नेपाल सातौं भयो। नतिजाको हिसाबले नेपालको यो उत्कृष्ट प्रदर्शन थियो। तर नेपालले खेल जित्न संघर्ष गरिरहेको थियो। शरदको जुन प्रतिभा हो, त्यो प्रदर्शन मैदानमा देखिएको थिएन।

एक वर्षपछि काठमाडौंमा आयोजित एसिसी ट्वान्टी–२० कपमा फाइनलमा हारे पनि नेपाल प्रतियोगितामा हाबी भयो। त्यसमा शरदको प्रदर्शन प्रभावकारी थियो । शरदले १ सय ८७ भन्दा माथिको रनरेटमा रन बनाए। शरदले त्यो किसिमको छक्का कहिल्यै प्रहार गरेका थिएनन्। युएईमा भइरहेको प्रतियोगितामा शरदले त्यो प्रदर्शनलाई निरन्तरता दिए। उनले झन्डै १ सय ३० को स्ट्राइक रेटमा १ सय ४० रन बनाए।

मार्च–अप्रिलमा सम्पन्न एसिसी ट्वान्टी–२० कपअघि प्रशिक्षक पुबुदु दासानायकेले भनेका थिए, 'यसपल्ट शरदको प्रदर्शन हेर्नुस।' शरदको प्रदर्शनजस्तै नेपाल प्रतियोगितामा विपक्षीमाथी हाबी भयो। शरद त्यही खेलाडी हुन्, जसलाई प्रतियोगिताको अघिल्लो संस्करण २०११ मा काठमाडौंमा हुँदा सुरुआती खेलहरूमा ड्रप गरिएको थियो। त्यसमा खासै आश्चर्य मानिएन। कारण स्टाइलिस ब्याट्सम्यानमा गनिए पनि शरदले आवश्यक समयमा यस किसिमको स्ट्रोक खेल्न सकेका थिएनन्।

त्यसमा एउटा कारण २ वर्षअघि दासानायके नेपालको प्रशिक्षक भएर आउनु अघिसम्म शरदको भूमिका स्पष्ट थिएन। कप्तान पारस खड्का र प्रशिक्षक दासानायकेले उनको भूमिका निश्चित गरिदिएपछि उनको प्रदर्शनमा आश्चर्यजनक सुधार आएको मान्ने धेरै छन्। शरद मुख्यतः ६ नम्बरमा ब्याटिङ गर्छन्। शनिबार युएईसँग पाँचौं नम्बरमा ब्याटिङ गरे। 'शरदको भूमिका फिनिसर हो, उनले आफ्नो जिम्मेवारी बुझेका छन्,' हङकङलाई पराजित गर्दै नेपाललाई ट्वान्टी–२० को विश्वकप पु¥याएपछि दासानायकेले भनेका थिए।

नेपालले डिभिजन ३ को उपाधि जितेको ८ महिना पनि पूरा भएको छैन। बर्मुडामा युगान्डासँगको फाइनलमा शरदले अविजित ५० रन बनाए। विजयी रन प्रहार गर्ने शरद नै थिए। उनको चौकामा नेपालले ४०औं ओभरमा १ सय ५३ रन बनाएर विजयी लक्ष्य पूरा गरेको थियो। नेपाल प्रतियोगिताको फाइनल पुग्दै एकदिवसीय विश्वकप छनोटमा पुगेको हो। अर्को महिना न्युजिल्यान्डमा हुने विश्वकप छनोटमा शरदले यो 'फिनिसिङ' शैलीलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
८ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस