लक्ष्मण बधाई दिन मैदानमै
१७ मंसिर २०७०
•
४ मिनेट पाठ
लक्ष्मण बधाई दिन मैदानमै
काठमाडौं -नेपाल ट्वान्टी–२० विश्वकपमा छनोट भएकोमा बधाई दिने विश्व क्रिकेटका महान् सूचीमा बैंकटसाइ लक्ष्मण पनि थपिएका छन्। भारतीय स्टाइलिस ब्याट्सम्यान लक्ष्मणले आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमै गएर नेपाली खेलाडीहरूलाई बधाई दिएका हुन्।वेस्ट इन्डिजका ब्रायन लारा र भारतका सचिन तेन्दुलकरले यसअघि नै नेपाललाई अर्को वर्ष बंगलादेशमा हुने विश्व ट्वान्टी–२० मा पुगेकोमा बधाई दिइसकेका छन्। 'जर्नी टु विश्वकप' प्रतियोगितामा अतिथि बनेर आएका लक्ष्मणले भने नेपाली टोलीलाई भेटेर बधाई दिएका हुन्। उनी सोमबार काठमाडौं आएर विमानस्थलबाट सिधै मैदान पुगेका थिए।

'सर्वप्रथम म नेपाललाई ट्वान्टी–२० विश्वकप पुगेकोमा बधाई दिन चाहन्छु, यो उनीहरूलाई साँच्चिकै यात्रा हुनेछ,' गत वर्ष आफ्नो १६ वर्षे अन्तर्राष्ट्रिय खेलजीवन टुंग्याएका लक्ष्मणले भने, 'दुबईमा भर्खर सम्पन्न (आइसिसी विश्व ट्वान्टी–२० छनोट) प्रतियोगितामा मैले पनि नेपालको खेल पछ्याइरहेको थिएँ। मलाई लाग्छ यो नेपालको ठूलो सफलता हो। न्युजिल्यान्ड गएर नेपालले एकदिवसीय विश्वकप छनोट पनि खेल्न गइरहेको छ। नेपाली क्रिकेट सही दिशामा गइरहेकोमा म निकै खुसी छु।'

एयर इन्डियासँग खेलेपछि नेपाली कप्तान पारस खड्कालाई प्रतिक्रिया राख्न स्टेजमा बोलाउँदा दर्शकले चिच्याएर जुन किसिमको सम्मान देखाए, त्यसले ३९ वर्षे लक्ष्मणलाई बाल्यकाल स्मरण गरायो। 'म अहिले १९८३ को विश्वकप सम्झिरहेको छु। त्यतिखेर म बच्चै थिएँ। भारतले इङ्ल्यान्डमा विश्वकप जितेको थियो, त्यसले मलाई मेरो राष्ट्रबाट क्रिकेट खेल्न प्रेरित गर्यो,' १ सय ३४ टेस्ट खेल्दै ८ हजार ७ सयभन्दा बढी रन बनाएका लक्ष्मणले भने, 'नेपालले अहिले जुन सफलता पायो, त्यसले निश्चय पनि अन्य नेपालीलाई प्रेरित गरेको छ।'

सन् २००१ मा अस्ट्रेलियाविरुद्ध फलोअनमा परेको समयमा पनि २ सय ८१ रन बनाएपछि भारतीय क्रिकेटका विशेष खेलाडी बनेका लक्ष्मणले भने, 'नेपाल निकै महत्वपूर्ण प्रतियोगिता खेल्न गइरहेको छ। भारतले स्तरीय टोली पठाउने छ। अन्य टोली पनि राम्रो हुने हुँदा नेपालले गतिलो एक्सपोजरको मौका पाउने छ। त्यसमा नेपाल क्रिकेट संघले जतिसक्दो खेलाडीलाई एक्सपोजर गराउन सक्नुपर्छ।'

एकै दिनमा कुनै जादु हुने नसोच्नुस भन्दै उनले भने, 'क्रिकेट विकासका लागि संरचना पद्धति आवश्यक पर्दछ । सँगसँगै तपाईमा धैर्य पनि चाहिन्छ। धेरै प्रतियोगिता नखेलेसम्म केही हुँदैन। जति खेल्यो खेलाडीले त्यति नै एक्सपोजर पाउने हो। श्रीलंका, बंगलादेश, केन्या पनि यही प्रक्रियाबाट आएका थिए, त्यसैले नेपालले पनि नसक्ने कुरै भएन।'

एयर इन्डियाका अधिकारीले गरेको पहिलो फोनपछि नै आफू नेपाल आउनुका कारण उनले यसरी दिए, 'मैले तत्कालै सहमति जनाएँ। नेपालजस्तो क्रिकेटमा माथि आइरहेको राष्ट्रलाई यहाँ आएर हौस्याउन पाउनु मेरो लागि पनि अवसर हो।'
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
८ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस