काठमाडौं-नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा पुगेको अवसरमा नेपाली टोलीको सम्मानमा आयोजना गरेको कार्यक्रम एकाएक सन्नाटा छायो। क्रिकेट टोलीका कप्तान पारस खड्काले आफुलाई सम्हाल्न सकेनन्। उनी मज्जाले रोए।प्रमुख अतिथि मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसमेत उपस्थित कार्यक्रममा अन्य पाहुनाले पनि आफुलाई नियन्त्रण गर्न सकेनन् । धेरैको आँखा भिजेको थियो।
'म प्रायः रुन्न, तर आज आफुलाई रोक्न सकिरहेको छैन,' नेपाल ट्वान्टी–२० विश्वकपमा पुगेको खुसी मनाउन आयोगित कार्यक्रममा मन्तव्य राख्दाराख्दै पारस झन् भक्कानिए ।
क्यानका महासचिव अशोकनाथ प्याकुर्यालले त्यसलाई जितमा बगेको खुसीको आँसु भनेर अथ्र्याएपछि मात्रै महोल सम्हालियो।
'हामी सबै भन्छौं देश विकास गर्ने, देश बनाउने भनेर। देश बनाउन के गर्नुपर्दो रहेछ, अहिले थाहा पाइरहेछौं,' पारसले रुँदै प्रशिक्षक पुबुदु दासानायकेको प्रशंसा गरे, 'धन्यवाद छ हाम्रा प्रशिक्षकलाई। एउटा मान्छेको भिजनले हामी यति गर्न सक्छौं भने हामी अझै अगाडि बढ्न पनि सक्छौं। नेपाली क्रिकेटले पाएको सफलताको मुख्य श्रेय उनले प्रशिक्षक दासानायकेलाई दिए।
नेपाली क्रिकेट टोली र प्रशिक्षक दासानायकेलाई 'हामी गर्न सक्छौं' भन्ने आधारका रूपमा मान्नुपर्ने उनले बताए। 'खालि आपूmमा विश्वास हुनु प¥यो – हामी अगाडी बढ्न सक्छौं भनेर। सबै मिलेर अगाडि बढ्ने हो भने हामी धेरै राम्रो गर्न सक्छौं,' उनले गर्वसाथ भने, 'हामीले देशका सबैलाई खुशी पारेका छौं, त्यसका लागि हामी गर्व गर्छौं। भविष्यमा जसरी होस् नेपालीलाई खुसी पार्न सक्दो प्रयास गर्नेर्छौं।'
त्यसअघि राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव युवराज लामाले खेलाडीहरूले सीमित स्रोतसाधनका बाबजुद यत्रो नतिजा ल्याएको भन्दै आँखाभरि आँसु पारेका थिए। जसले गलत्तै आफ्नो भनाइ राख्ने पारसलाई झन् भावुक बनाएको थियो।
कर्यक्रममा गृहमन्त्री माधव घिमिरेले तीनवटा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन राखेपसँग प्रस्ताव मागिसकेको र बंगलादेशमा हुने ट्वान्टी–२० विश्वकपमा नेपालको आवश्यक तयारीमा कुनै कमिकमजोरी हुन नदिन युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिइसकेको बताए।
क्यानले नेपाली टोलीका सबै २० सदस्यलाई जनही १ लाख प्रदान गरेको थियो। कार्यक्रममा पूर्व खेलाडी शक्ति राणाले नेपाली टोलीका सबै सदस्यलाई जनही ११ हजार प्रदान गर्ने घोषणा गरे। क्यानका अध्यक्ष टंक आङबुहाङले संघले आफ्नो तर्फबाट सक्दो गरेको र नेपाली क्रिकेटको स्तर माथिल्लो तहमा पुगेकाले त्यसलाई अगाडि बढाउने जिम्मेवारी सरकारको पनि भएको बताए।