३० वर्षपछि ब्वाइज युनियन फाइनलमा
२९ मंसिर २०७०
•
७ मिनेट पाठ
३० वर्षपछि ब्वाइज युनियन फाइनलमा
काठमाडौं– शीर्ष डिभिजनमा फर्किएलगत्तै जायन्ट किलरको छवि स्थापित गर्ने क्रममा ब्वाइज युनियन क्लबले शनिबार नेपाली सेनाका त्रिभुवन आर्मी क्लबलाई हराउँदै एनसेल कपको फाइनलमा स्थान पक्का गरेको छ।

अघिल्लो खेलमा लक्ष्मी बैंक थ्री स्टार क्लबलाई हराएर अन्तिम चारमा नाम लेखाएको ब्वाइज युनियन ए डिभिजन स्तरको प्रतियोगितामा फाइनल पुगेको तीन दशकपछि यो पहिलो हो। पछिल्लो पटक ब्वाइज युनियनले २०४० सालमा शुभजन्मोत्सव कपको फाइनल खेलेको थियो। शुभजन्मोत्सवको फाइनलमा ब्वाइज युनियनले भारतको गुहाटी क्लबलाई २–१ ले हराएर उपाधि जितेयता फाइनल पुग्न सकेको छैन।

मंगलबार हुने फाइनलमा ब्वाइज युनियनले लक्ष्मी हुन्डाई मनाङ मर्सयाङदी र सिएमजी संकटा क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। मनाङ र संकटाबीच आइतबार सेमिफाइनल हुनेछ।

विजेताले १५ लाख रुपैयाँ पाउने नकआउट प्रतियोगितामा सबभन्दा बढि पुरस्कार रहेको प्रतियोगिताको फाइनल पुग्न त्रिपुरेश्वरको रैथाने टोलीले शनिबार सडनडेथमा आर्मीलाई निराश पार्‍यो।

नेपाली राष्ट्रिय टोलीका पहिलो रोजाइका पेनाल्टी प्रहारक राजु तामाङको प्रहार चुक्दा सेना स्तव्ध भएको थियो। टाइब्रेकरमा आर्मीले ३–२ ले अग्रता लिएको बेला अनुभवी राजुको पेनाल्टी प्रहार बाहिरिएपछि ब्वाइज युनियनले खेलमा फर्कने अवसर पायो। टाइब्रेकरमा आर्मीका जितेन्द्र कार्की, हिरण्य मगर, भरत खवास र गंगाराम देउजाले गोल गरे। आर्मीका नवयुग श्रेष्ठको प्रहार ब्वाइज युनियनका गोलकिपर राजु योगीले रोके। राजु र सन्तोष नेपालीले पोस्ट बाहिर प्रहार गरे।

ब्वाइज युनियनबाट रवि सिलवाल, असिमजंग कार्की, अकिम बाबाटुन्डे, कप्तान प्रेम घिमिरे र नोर्बटले गोल गरे। विनोद लामा र राजुको प्रहार आर्मीका गोलकिपरले रोक्न सफल भए।

निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि अतिरिक्त ३० मिनेटमा पनि दुवै तर्फबाट १–१ गोल भयो। त्यसपछि पेनाल्टी सुटआउटमा धकेलिएको खेलमा राजुको प्रहार असफल भएपछि खेल ४–४ को बराबरीमा पुग्यो। निर्णयार्थ सड्न डेथमा आर्मीका सन्तोष नेपाली फेरी चुके। जसको फाइदा उठाउँदै नोवर्टले गोल गर्दै ब्वाइज युनियनलाई ऐतिहासिक सफलता दिलाए।

शनिबारको प्रदर्शन क्लब इतिहासकै उच्च भएको ब्वाइज युनियनका प्रशिक्षक विजय महर्जनले बताए। क्लबक पूर्व कप्तान महर्जनले पोस्ट म्याच कन्फरेन्समा भने, 'आजको नतिजा हाम्रा लागि आश्चर्यजनक छ। अहिले मलाई सपनाजस्तो लागिरहेछ। क्लबको इतिहासमा आजको प्रदर्शन ऐतिहासिक हो।'

उनले खेलाडीको खुलेर तारिफ गरे। भने, 'खेलाडीको मेहनत तारिफ गर्नै पर्छ। रक्षापंक्तिले आज धेरै धैर्यता देखायो। हामीले दुवै गोल निकै कठिन परिस्थितिमा गर्‍यौं। एनसेल कपमा हाम्रो लक्ष्य राम्रो खेल्नेमात्र थियो। अबको लक्ष्य उपाधि जित्ने हो।'

क्वार्टर फाइनलमा थ्री स्टारलाई २–१ ले हराएको ब्वाइज युनियनले आर्मीविरुद्ध अन्तिम समयसम्म उत्कृष्ट प्रर्दशन गर्‍यो। गत वर्ष ए डिभिजनमा पुनरागमन जनाएको टोलीको ऐतिहासिक उपलब्धीका नायक बनेका २१ वर्षे नोर्बटले महt\वपूर्ण क्षणमा गोल गर्न सक्दा खुसी लागेको बताए। उनले भने, 'खेलमा हामीले हरेक समय मेहनत गरेका थियौं। गोल गर्छु भन्नेमा विश्वस्त थिएँ। निकै महत्वपूर्ण समयमा मलाई दिएको जिम्मेवारी पूरा गर्न सकेकोमा खुसी छु। हामी धेरै मेहनत गरेर फाइनल पुग्न सफल भएका हौं।'

खेल टाइब्रेकरतर्फ धकेलिनेक्रममा गंगाराम पहिलो रोजाइका फुलबहादुर लामालाई स्थानान्तरण गर्दै १ सय १६ औं मिनेटमा आर्मीको पोस्ट सम्हाल्न मैदान छिरेका थिए।

आर्मीका प्रशिक्षक योगम्बर सुवालले निर्धारित समयमा गोल गर्ने धेरै अवसर खेर फाल्नु हारको मुख्य कारण भएको बताए। उनले भने, 'वैकल्पिक गोलकिपरले राम्रो बचाउ गरे। तर, राजुको प्रहार असफल हुनु दूर्भाग्य भयो। खेलमा हार–जित हुन्छ। हामीले राम्रो खेल्यौं। नतिजालाई आत्मसाथ गरेर सिक्दै जाने हो।'

सन्तोषले ४९औं मिनेटमा आर्मीलाई अग्रता दिलाएका थिए। सन्तोषले हिरण्यको क्रसमा गोल गरेका थिए। ८०औं मिनेटमा शशीचन्द्र राईले ब्वाइज युनियनलाई खेलमा फर्काए। शशीले पेनाल्टी बक्सबाट गरेको प्रहार विपक्षी गोलकिपरले रोक्ने प्रयास गर्दा हातबाट फुत्किएर गोललाइन क्रस गरेपछि रेफ्री सुदीश पाण्डेले गोल दिएका थिए। १ सय १ मिनेटमा ब्वाइज युनियनले विनोद लामाको गोलबाट पुनः अग्रता लियो। विनोदको लामो प्रहार सोझै गोलमा परिणत भएको थियो। तर, त्यसको एक मिनेट बित्न नपाउँदै आर्मीले गोल फर्काएपछि खेल रोचक मोडमा पुग्यो। लगत्तै अर्को मिनेटमा नवयुग श्रेष्ष्ठले टंक बस्नेतको क्रसमा गोल गरेर खेल पेनाल्टी सुटआउटतर्फ धकेलेका थिए।

एनसेल कपमा आइतबार

मनाङविरुद्ध संकटा
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस