काठमाडौं–विश्व ट्वान्टी–२० क्रिकेटमा छनोट भएको क्रिकेट टोलीको हौसला बढाउन हरेक क्षेत्रले अग्रसर भैरहेको भेला स्वस्फुर्त रुपमा केही युवाहरुले वाल पेन्टिङको अभियानमा जुटेका छन्। शनिबारदेखि लौनचोरमा तिनै युवाको सक्रियतामा नेपाली क्रिकेट टोलीलाई उर्जा थप्न वाल पेन्टिङ अभियान थालिएको हो।युवाको कामलाई सघाउन राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायेके र कप्ता पारस खड्का पनि लैनचौर पुगेका थिए। बङलादेशमा विश्व ट्वान्टी–२० क्रिकेट खेल्ने तयारीमा रहेको नेपाली टोली हाल श्रीलंकामा तयारी गरिरहेको छ।
विश्व कप नजिकिदै गर्दा देशभर क्रिकेट टोलीको हौसला बढाउन पेन्टिङ अभियान थालेको बताँछन हिमालय क्रिकेट एकेडेमीका सञ्चालक सुदिप शर्मा ।
'क्रिकेटको सफलताले सारा नेपालीलाई नै खुसी दिएको छ। अब नेपालले विश्व कप खेल्दा सारा नेपालीहरु टोलीको साथमा छन भन्ने सन्देश दिनको लागि पनि पेन्टिङ अभियान थालेको हौं', शर्मा भन्छन्- 'हामीले आफ्नै खर्चमा यो अभियानको सुरुवात गरेको छौ। विस्तारै देशको मुख्य शहरमा पनि गर्ने योजना छ।'
काठमाडौं, भक्तपुर र ललितपुरको मुख्य स्थानमा पेन्टिङ गरेपछि नेपालगन्ज, विराटनगर, वीरगन्ज, चितवन र धनगढी लगायतका स्थानमा पेन्टिङ गरिने उनले जानकारी दिए। पेन्टिङ गर्दा स्थानीय प्रशासनसँग अनुमति मागेर गर्ने गरेको उनले जानकारी गराए।
कीर्तिपुर स्थित त्रिवि मैदानमा राष्ट्रिय टोलीको खेलाडीहरुको तस्वीर सहितको पेन्टिङ गर्ने योजना बनाएको शर्माले बताए। अभियानमा सक्रिय अर्का युवा उमेश घिमिरेले पेन्टिङ अभियानले नेपाली समाजलाई सकारात्मक सन्देश दिने बताउँछन।
' क्रिकेटले सारा नेपालीलाई एकतामा बाध्ने काम गरेको छ। उनीहरुको सफलतामा हामी रमाइरहेका छौं', उनल भने- 'क्रिकेट टोलीको हौसला बढाउन सारा युवा हामी एक जुट छौं भन्ने सन्देश दिनको लागि पनि पेन्टिङ अभियान सुरुवात गरेको हौं।'
घिमिरे भन्छन, ' अब क्रिकेटले नेपालीको आर्थिक उन्नतीमै सहयोग गर्न सक्छ । नेपालले एकदिवसीय क्रिकेटको मान्यता पाए हाम्रो आर्थिक वृद्धिदर नै बढने पक्का छ ।'
सबै तस्विर सौजन्यः इसान भुसाल