अबुधाबी– मोहम्मद हफिजले शृंखलामा तेस्रो शतक बनाउनुका साथै अफ स्पिनर सइद अजमालले ४ विकेट लिएपछि पाकिस्तानले बुधबार चौथो एकदिवसीय अन्तर्राष्ट्रियमा श्रीलंकालाई ८ विकेटले पराजित गरेको छ।
विजयसँगै पाकिस्तानले ५ खेलको शृंखला ३–१ को अग्रतामा जितेको छ। पाँचौं तथा अन्तिम खेल शुक्रबार हुनेछ। पाकिस्तानले यस वर्ष कीर्तिमानी सातौं एकदिवसीय शृंखला जितेको हो। २०११ मा यसअघि टोलीले ६ एकदिवसीय शृंखला जितेको थियो।
हफिजले अविजित १ सय १३ रन बनाएपछि पाकिस्तानले २ सय २६ रनको लक्ष्य ४२औं ओभरमा पूरा गर्यो। हफिजको यो नवौं एकदिवसीय शतक हो। पाकिस्तानले शृंखलाको पहिलो र तेस्रो खेल जित्दा पनि हफिजले शारजहाँमा शतक बनाएका थिए।
तिलकरत्ने दिलशानलाई १२औं चौका प्रहार गर्दै तेहोरो स्कोरमा पुगेपछि हफिजले ब्याट माथि उठाउँदै स्ट्यान्ड्समा रहेकी श्रीमतीतर्फ देखाउँदै चुम्बन फाले। दुई देशबीचको एकदिवसीय शृंखलामा तीन शतक बनाउने हफिज छैटौं ब्याट्सम्यान हुन्।
१ सय १९ बलको कुल इनिङ्समा हफिजले १२ चौका र २ छक्का प्रहार गरे। शोएब मक्सुदले ५६ बलमा अविजित ४६ रन बनाए। उनले १ छक्का र ४ चौका प्रहार गरे। शर्जिल खानलाई १३ रनमै एन्जेलो म्याथ्युजले बोल्ड गरेपछि हफिज र अहमद शेहजादले दोस्रो विकेटमा ८४ रनको साझेदारी गरी पाकिस्तानलाई मजबुत स्थितिमा पुर्याए।
दुबईको दोस्रो खेलमा पाकिस्तान पराजित हुँदा आफ्नो खेलजीवनको उच्च स्कोर बनाएका शेहजादले ४४ रनको योगदान दिए। उनले ५६ बल खेली ५ चौका प्रहार गरे। सुरङ्गा लकमालले शेहजादलाई आउट गरे। उनी आउट भएपछि हफिज र मक्सुदले तेस्रो विकेटमा १ सय ११ रनको साझेदारी गरे।
पाकिस्तानले यसअघि श्रीलंकालाई ४८.५ ओभरमा २ सय २५ रनमै सीमित गरेको थियो। अजमालले ९.५ ओभरमा १ मेडन राख्दै ३९ रन खर्चेर ४ र उमर गुलले ७ ओभरमा १ मेडन राख्दै ३७ रन खर्चेर ३ विकेट लिए। जुनैद खानको नाममा २ विकेट रह्यो।
शेख जायेद रंगशालामा कप्तान म्याथ्युजले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि श्रीलंकाका ब्याट्सम्यानहरू राम्रो स्कोर बनाउन असफल रहे। गुलले ओपनर कुशल पेरेरा र दिलशानलाई समान ८ र दिनेश चण्डिमाललाई समान ५ रनमा पवेलियन फर्काउँदा श्रीलंका ३६–३ को दयनीय स्थितिमा थियो।
अश्विन प्रियान्जनले संघर्ष गर्दै बनाएको ७४ रनले श्रीलंकाको इनिङ्स तानेका थिए। उनले ९३ बल खेली १० चौका प्रहार गरे। उनले श्रीलंकाबाट 'डेब्यु' मै व्यक्तिगत सर्वाधिक रन बनाउने कीर्तिमान बनाए। यसअघि सन् १९९९ मा चामरा सिल्भाले अस्ट्रेलियाविरुद्ध कोलम्बोमा ५५ रन बनाएका थिए। प्रियान्जनले कुमार सांगाकारासँग चौथो विकेटमा ८९ र त्यसपछि म्याथ्युजसँग ४० रन जोडेका थिए। सांगाकाराले ५१ र म्याथ्युजले ३८ रन बनाए।