काठमाडौं-कीर्तिमान नहुँदो त क्रिकेटको लोकप्रियता यो स्थितिमा पुग्ने थिएन होला। नेरी थापामगर र कीर्तिमानको सम्बन्ध पनि पुरानै हो। नेरीले शुक्रबार प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत महिला राष्ट्रिय क्रिकेटमा शतक बनाएर कीर्तिमानसँगको सम्बन्ध नवीकरण गरेकी छन्।
कुनै पनि क्रिकेटरको लागि शतक एउटा सपनाजस्तो हुन्छ। अझ महिला क्रिकेटको हकमा यसको बढी महŒव छ। राष्ट्रिय क्रिकेटको संरचना सुरु भएको ७ वर्षपछि महिला क्रिकेटमा नेरीले त्रिवि क्रिकेट मैदान कीर्तिपुर मैदानमा शतक बनाएर इतिहास रचेकी हुन्।
घरेलु टोली काठमाडौंविरुद्ध नेरीले अविजित १ सय २१ रनको इनिङ्स खेलिन्। भैरहवाकी मधु थापाले तीन वर्षअघि वीरगन्जविरुद्ध ९२ रन बनाउनु महिला क्रिकेटको उच्च स्कोर थियो। महिला राष्ट्रिय क्रिकेटमा यसअघि १० अर्धशतक बनेपछि नेरीले शुक्रबार तीन अंकको स्कोर छोएकी हुन्।
५२ बलमा अर्धशतक बनाएकी नेरीले १ सय ९ बलमा शतक बनाइन्। १ सय २८ बलको इनिङ्समा उनले २१ चौका प्रहार गरिन्। नेरीले तृष्णा सिंह (३३) सँग तेस्रो विकेटमा कीर्तिमानी १ सय ४९ रनको साझेदारी पनि गरिन्। लक्ष्मी चौधरी खाता खोल्नु अगाडि आउट भएपछि नेरी पहिलो ओभरमै ब्याटिङ गर्न पुगेकी थिइन्। नेपालगन्जले ३५ ओभरमा ब्याटिङ पावर प्ले लियो। अर्को ओभरमा ९७ रनमा रहेकी नेरीले स्ट्रेटमा चौका प्रहार गर्दै शतक पूरा गरिन्। लगत्तै उनले पिच चुमेर उठेर उपस्थित न्युन दर्शकतर्फ ब्याट उठाइन्।
महिला राष्ट्रिय क्रिकेटका यसअघिका ६ संस्करण २५ ओभर वा ट्वान्टी–२० संरचनाको हुने गर्दथ्यो। यो प्रतियोगिताबाट पहिलोपल्ट महिला क्रिकेट ४०–४० ओभरको खेलाइएको थियो, जुन नेरीलाई शतक बनाउन बलियो आधार बन्यो।
सन् २०१० मा सिंगापुरमा भएको एसिसी यु–१९ वुमन्स च्याम्पियनसिपमा नेरीले दुई भिन्न कीर्तिमान बनाएकी थिइन्। उनले हङकङविरुद्ध छक्का प्रहार गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा छक्का प्रहार गर्ने पहिलो खेलाडी बनिन्। त्यस्तै युएईविरुद्ध सेमिफाइनलमा बनेको ६६ रनको इनिङ्स नेपाली खेलाडीको अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च स्कोर हो। प्रतियोगितामा ३८.२० को औसत र १०१.४६ को स्ट्राइक रेटमा १ सय ९१ रन बनाउँदै उनी उत्कृष्ट ब्याटर बनेकी थिइन्। नेरीकै कप्तानीमा नेपालले एसिसी यु–१९ वुमन्स च्याम्पियनसिप दुईपटक जितेको छ। नेपालगन्जले दुईपटक महिला राष्ट्रिय प्रतियोगिता जित्दा नेरी नै टोलीको प्रमुख खेलाडीमा रहँदै आएकी छन्।
नेरी महिला क्रिकेटको पहिलो पुस्ताकी कप्तान हुन्। उनकै कप्तानीमा नेपाल सन् २००७ मा एसिसी महिला च्याम्पियनसिपको फाइनल पुगेको थियो। १२ विकेट लिँदै उनी उत्कृष्ट बलरमा मात्र चुनिएर एसिसीको इमर्जिङ खेलाडीको पुरस्कार पनि हात पार्न सफल भइन्। २००७ यता नेपाल कहिल्यै नेपाल अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि भिडन्तमा उभिएको छैन।
वाचा पुर्याइन्
प्रशिक्षक जमिल अन्सारी
मेरो चाहना शतक हान्ने हो म यसपल्ट शतक हान्छु भनेर नेरीले नेपालगन्जमै मसँग वाचा गरेकी थिइन्। आज उनले एकदमै राम्रो इनिङ्स खेलेर शतक बनाइन्। ऊ भन्दा खुसी म नै भएँ होला। यो प्रतियोगिता खेल्नअगाडि उनी बिहान, बेलुका गरी दिनको दुईपटक निरन्तर अभ्यासमा हुन्थिन्। त्यही कारण पनि उनले शतक हान्न सकेकी हुन्।
एउटा कप्तान भए पनि उनले कुनै दबाब नलिइकन एउटा ब्याटरको भूमिकामा खेलिन्। क्षेत्रीय छनोटमा बर्दिया जिल्लाविरुद्ध उनले १ सय ३६ रन बनाएकी थिइन्। त्यसैले उनले शतक बनाउने आशा मेरो पनि थियो। काठमाडौं टोली सजिलो होइन। दुई राम्रा तीब्र बलर र दुई राम्रा स्पिनर काठमाडौं टोलीमा थिए। तर उनले मजासँग ती बलरविरुद्ध खेलिन्। नेपालगन्जको इनिङ्स सकिएपछि नेरीले मैले आफ्नो वाचा पूरा गरेँ भनेर भन्न आइन्। मैले अझै पुगेको छैन भनेर उनलाई जवाफ दिएँ। अझ कीर्तिमान बनाउनुपर्छ भनेर भनेको छु। उनले ६०–७० बलमै पनि शतक बनाउन सक्छिन्। यो प्रतिद्वन्द्वी र स्थितिमा पनि भरपर्छ।
महिला राष्ट्रिय क्रिकेटमा व्यक्तिगत उच्च स्कोरहरु
स्कोर खेलाडी/टोली विरुद्ध कहिले कहाँ प्रतियोगिता
१२१ं नेरी थापा/नेपालगन्ज काठमाडौं २०७० काठमाडौं राष्ट्रिय
९२ मधु थापा/भैरहवा वीरगन्ज २०६७ काठमाडौं राष्ट्रिय
६५ सीता रानामगर/नेपालगन्ज पोखरा २०६७ काठमाडौं राष्ट्रिय
६३ सीता रानामगर/एपिएफ विराटनगर २०७० काठमाडौं राष्ट्रिय
५८ं जानकी भट्ट/बैतडी विराटनगर २०६७ काठमाडौं राष्ट्रिय
५६ं शोभा आले/जनकपुर पोखरा २०६९ पोखरा राष्ट्रिय
५६ रेखा रावल/वैतडी वीरगन्ज २०६९ पोखरा राष्ट्रिय
५५ं रश्मी शर्मा/विराटनगर काठमाडौं २०६५ काठमाडौं पाँचौं राष्ट्रिय खेलकुद
५२ं काजोल/विराटनगर पोखरा २०७० काठमाडौं यु–१९ राष्ट्रिय
५२ं नेरी थापा/नेपालगन्ज वीरगन्ज २०७० काठमाडौं राष्ट्रिय
५२ं सरस्वती जिएम/नेपालगन्ज पोखरा २०६८ काठमाडौं राष्ट्रिय