न्युजिल्यान्ड यात्राः अर्को पहिचानको खोजी
२५ पौष २०७०
•
७ मिनेट पाठ
न्युजिल्यान्ड यात्राः अर्को पहिचानको खोजी
काठमाडौं- पहिलोपल्ट न्युजिल्यान्ड पुग्दा नेपाली क्रिकेट टोली र प्रशिक्षक रोय डायसलाई बढी सोधिएको प्रश्न थियो– 'पहाडै पहाड भएको देशमा क्रिकेट कहाँ खेल्छौं।' न्युजिल्यान्डका सर एडमन्ड हिलारीसँगै तेन्जिङ नोर्गेले विश्वको सर्वोच्च शिखर पहिलोपटक सफल आरोहण गरेकाले धेरैको सोचाइ नेपाल हिमालै हिमाल भएको देश भन्ने थियो।सन् २००२ मा आइसिसी यु–१९ विश्वपकपले नेपाललाई अन्तर्राष्ट्रियजगतमा पहिलोपल्ट क्रिकेट खेल्ने देश भनेर चिनाएको थियो। पाकिस्तान र बंगलादेशजस्ता राष्ट्रलाई पराजित गर्दै नेपाल प्लेट फाइनल पुगेको कारण पनि नेपाली क्रिकेट चिनिएको हो। पहाडमात्र होइन, सीमित सुविधाका साथै मैदान पनि भएको भनेर नेपालको चिनारी दिनुपरेका डायस यही नतिजाका कारण नेपालले १० वर्षपछि माथिल्लो लेभलको क्रिकेट खेल्ने बताएर फर्केका थिए। झन्डै १० वर्ष बसेपछि डायस नेपाल छाडेर गए। 
१२ वर्षपछि खोला फर्किन्छ भन्ने नेपाली उखानै छ। नेपाली टोली अहिले न्युजिल्यान्डमा छ। नेपाली टोली अहिले अर्को पहिचान बनाउन न्युजिल्यान्ड पुगेको हो। पहिचान एकदिवसीय विश्वकपको। सोमबार सुरु हुने एकदिवसीय विश्वकप छनोटको फाइनल पुगे नेपालले त्यो पहिचान बनाउने छ।
ट्वान्टी–२० विश्वकपमा छनोट भएसँगै एकदिवसीयमा पनि नेपालको विश्वकप सम्भावना देखिएको छ। बलिया टोली मानिएका नेदरल्यान्ड्स, स्कटल्यान्डलाई पछाडि पार्दै नेपाल विश्व ट्वान्टीलाई छनोट भएको थियो। अफगानिस्तानसँग सेमिफाइनलमा रोकिएको नेपाल तेस्रो भयो। नेदरल्यान्ड्स पाँचौं हुँदा स्कटल्यान्ड विश्व ट्वान्टी–२० मा छनोट हुनै सकेन। समूह चरणमा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग नेपाल पराजित नभएको होइन। 
नेपालले मार्चमा गएर विश्व ट्वान्टी–२० मा सहभागिता जनाउँदै छ। नेपाल पहिलो पटक विश्व क्रिकेटको प्रमुख प्रतियोगितामा उत्रन लागेको हो। डिसेम्बरमा युएईमा सम्पन्न विश्व ट्वान्टी–२० छनोटको सफलतालाई प्रशिक्षक पुबुदु दासानायके क्षणिक मान्छन्। 'ट्वान्टी–२० विश्वकपमा छनोट हुनु ४ महिनाको सफलता हो, हामी अब ४ वर्षको सफलता पाउन खेल्दैछौं,' दासानायके आत्मविश्वासका साथ भन्छन्। 
समूह चरणबाट उक्लने सके मात्र नेपाली क्रिकेटमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को अनुदान र प्रतियोगिताहरू ओइरिने छ। सुपर सिक्समा पुगेमा कम्तीमा प्रथम श्रेणीको मान्यता पाएको अन्तरमहादेशीय चारदिवसीय प्रतियोगितामा छनोट हुनेछ। शीर्ष ४ भित्र परे एकदिवसीय मान्यता र शीर्ष २ मा पुगे विश्वकप र एकदिवसीय मान्यता पाउने छ। प्रथम श्रेणी र एकदिवसीय चार वर्षको हुनेछ। 
नेपाल समूह 'ए' मा स्कटल्यान्ड, युएई, क्यानाडा र हङकङ छन्। समूह 'बी' मा नेदरल्यान्ड्स, नामिबिया, केन्या, पपुवा न्युगिनी र युगान्डा छन्। 
बंगलादेशको क्रिकेट १५ वर्षअघि नेपालकै स्थितिमा थियो। जतिखेर उनीहरू सन् १९९७ मा मलेसियामा विश्वकप छनोटलाई आधार मानिएको आइसिसी ट्रफी खेलिरहेका थिए। 'क्रिकेट विश्वकप छनोटले कुनै पनि देशमा क्रिकेट क्रान्ति ल्याउन सक्छ, मैले त्यो प्रत्यक्ष भोगेको छु। १९९७ मा आइसिसी ट्रफीमा पाएको सफलताले बंगलादेशमा क्रिकेट हेर्ने जनमानसको दृष्टिकोण नै परिवर्तन गरेको थियो,' बंगलादेशका पूर्वविकेटकिपर खालिद मसुदले हालै आइसिसीको बुलेटिनमा भनेका थिए, '१९९७ मा हामी असफल भएको भए अहिले बंगलादेशको क्रिकेटमा जुन व्यावसायिक संरचना, उत्साह र उमंग छ, त्यो देख्न पाइने थिएन।'
त्यो प्रतियोगितामा बंगलादेश क्रिकेटको कप्तानी गरिरहेका अक्रम खानको पनि विश्वकप छनोट खेल्दाको अनुभव त्यस्तै छ, 'त्यति बेला फुटबल नम्बर एक खेल थियो भने अन्तर्राष्ट्रिय स्तरमा सफलता हात नपारेकाले क्रिकेट आफ्नो अस्तित्वका लागि नै संघर्ष गरिरहेको थियो। यो पीडा सम्पूर्ण बंगलादेश क्रिकेटले महसुस गरिरहेको थियो।' 
नेपालले १९९६ मा मलेसियामा एसिसी ट्रफीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेक्दा पहिलो खेलका विपक्षी कप्तान खानले भने, 'यस्तै पृष्ठभूमिमा आइसिसीले १९९७ को प्रतियोगिताबाट ३ टोलीलाई विश्वकपमा स्थान दिने उत्कृष्ट निर्णय गर्यो,। यो निर्णयले हामीलाई अगाडि बढ्न विश्वास जगायो। त्यही निर्णयले बंगलादेश क्रिकेटकै स्वरुप परिवर्तन गर्योय। हामी सफल नभएको भए बंगलादेशमा क्रिकेट नै सकिने अवस्था थियो।' 
आइसिसीले चार एसोसिएट राष्ट्रलाई यसपल्ट विश्वकप खेल्ने अवसर दिएको छ। विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट दुई एसोसिएट टोली आयरल्यान्ड र अफगानिस्तान अर्को वर्ष अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने विश्वकपमा छानिसकेका छन्। न्युजिल्यान्डबाट थप दुई टोली छानिने छन्। २०११ को विश्वकपमा ६ एसोसिएट टोलीलाई अवसर प्रदान गरेको आइसिसीले २०१९ मा हुने विश्वकपमा टेस्ट खेल्ने राष्ट्र बाहिरको टोली सहभागिताबारे स्पष्ट गरेको छैन। त्यसैले न्युजिल्यान्डको वर्तमान प्रतियोगिताबाटै पाएको अवसर उपयोग गर्न नेपाली टोली लालयित छ।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
८ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस