काठमाडौं– न्युजिल्यान्डमा सोमबार सुरु हुने आइसिसी क्रिकेट विश्वकप छनोट विगतमा आइसिसी ट्रफीको नामले आयोजना भएका थिए। टेस्ट खेल्ने राष्ट्र बाहिर यसैलाई नै प्रमुख प्रतियोगिता मानिन्छ। शीर्षस्थ टोलीहरुले आइसिसीबाट अनुदानका साथै प्रतियोगिताहरु पाउने हुनाले एसोसिएट टोलीका लागि यो प्रमुख प्रतियोगिता बन्दै आएको छ।
नेपाल पहिलो पटक यस प्रतियोगिताको अन्तिम चरणमा खेल्दै छ। २००१ मा क्यानाडामा नेपाल छनोट चरणबाटै बाहिरिएको थियो। २००५ र २००८ मा पनि नेपालले छनोट चरण पार गर्न सकेको थिएन्। विश्वकप छनोट चरणका यसअघिका नौं संस्करण यस प्रकारको थियो।
१९७९–इङ्ल्यान्ड
इङ्ल्यान्डले प्रतियोगिताको पहिलो संस्करण आयोजना गर्यो । १९७९ को विश्वकप पनि इङ्ल्यान्डमै आयोजना हुँदै थियो। श्रीलंका र क्यानाडाले छनोट चरण पार गर्दै विश्वकपमा पुगे। प्रतियोगिताको शुरुमा अंक छाडेको घाटालाई पन्छाउदै श्रीलंकाले वोरेस्टरमा भएको ६० ओभरको फाइनलमा क्यानाडालाई ६० रनले पराजित गर्योद। दुलिप मेन्डिसले प्रतियोगितामा सर्वाधिक २ सय २१ रन बनाए। फाइनलमा उनले सर्वाधिक ६६ रन बनाएका थिए। प्रतियोगितामा कुनै ब्याट्सम्यानले शतक बनाउन नसक्दा मेन्डिसले सवैभन्दा बढी ३ अर्धशतक बनाए। यही प्रदर्शनका कारण उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी पाए।
१९८२–इङ्ल्यान्ड
वर्षाका कारण प्रभावित रहयो दोस्रो संस्करण। थुप्रै खेलहरु एक वल पनि नफाली रद्ध हुन पुगे। लिसेस्टरमा भएको फाइनलमा जिम्बावेले बर्मुडालाई ५ विकेटले पराजित गर्दै १९८३ को विश्वकपलाई छानियो। बर्मुडाका कप्तान कोलिन ब्लेड्स र उनका सहपाठी इल्भिन जेम्सले क्रमश ब्याटिङ र बलिङमा प्रभाव देखाए। ब्लेड्सले ८ खेलमा १०३.३३ को औषतमा ३ सय १० रन बनाए भने जेम्सले १२.४६ को औषतमा १५ विकेट लिए। प्रतियोगितामा जिम्बावेको नेतृत्व गरेका भारतका वर्तमान प्रशिक्षक डंकन फ्लेचरले फाइनलमा ३४ रन खर्चेर ३ विकेट लिए।
१९८६–इङ्ल्यान्ड
इङ्ल्यान्डले लगातार तेस्रो पटक प्रतियोगिता आयोजना गर्यो । यस पटक फाइनल लर्डसमा आयोजना भयो। आइसिसी ट्रफीको उपाधि रक्षा गर्ने जिम्बावे पहिलो टोली बन्यो। जिम्बावेले फाइनलमा नेदरल्यान्ड्सलाई २५ रनले पराजित गरी विश्वकपलाई तोकिएको एकमात्र स्थान हात पार्दै भारत र पाकिस्तानमा भएको प्रतियोगितामा छनोट भयो। ग्रान्ट पेटरसनबाहेक अन्य जिम्बावेका खेलाडीको प्रदर्शनमा एकरुपता थिएन्। तर आवश्यक समयमा रोबिन ब्राउन र वर्तमान जिम्बावेका प्रशिक्षक एन्डी वालरले अर्धसतक बनाए। उनहरुले नेदरल्यान्ड्सका प्रमुख बलर आरजे इल्फेरिन्कमाथी धावा बोलेका थिए। इल्फेरिन्कले प्रतियोगितामा ९.८२ को औषतमा २३ विकेट लिए।
१९९०– नेदरल्यान्ड्स
पहिलो पटक आइसिसी ट्रफी इङ्ल्यान्ड बाहिर आयोजना भयो। नेदरल्यान्ड्सले प्रतियोगिता आयोजना गर्योए, तर विजेता पुरानै थियो। जिम्बावेले इतिहास रच्दै उपाधिमा ह्याटि्रक गर्योग। जिम्बावेले द हगमा भएको फाइनलमा आयोजकलाई ६ विकेटले पराजित गर्दै १९९२ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा भएको प्रतियोगितालाई छनोट भयो। घरेलु टोलीका नोलान क्लार्कले ९ खेलमा सर्वाधिक ५ सय २३ रन बनाए। उनको औषत ६५.३७ थियो। जिम्बावेका इडो ब्रान्डेजले १२.७७ को औषतमा सर्वाधिक १८ विकेट लिए। डेव हजटन, एन्डी पिक्रोफ्ट र जोन ट्राइकोसले लगातार तीन पटक आइसिसी ट्रफी जित्दै इतिहाँस बनाए।
१९९४–केन्या
पहिलो पटक छनोट प्रतियोगिताबाट ३ टोलीले विश्वकपमा स्थान पाउने भयो। नेदरल्यान्ड्सले तेस्रो स्थानको प्लेअफमा बर्मुडालाई १ सय ३ रनले पराजित गर्योस। रोमाञ्चक फाइनलमा युएईले केन्यालाई नैरोबीमा २ विकेटले पराजित गर्योत। युएई, केन्या र नेदरल्यान्डस १९९६ मा भारत, पाकिस्तान र श्रीलंकामा भएको विश्वकपमा पुगे। नेदरल्यान्ड्सका भेट्रान नोलान क्लार्क फेरी प्रतियोगिताको उच्च स्कोर बने। उनले ९ खेलमा ३ शतकसहित ८८.१६ को औषतमा ५ सय १७ रन बनायो। नामिबियाका गेभिन मुर्गाट्रोयड र पपुवा न्यु गिनीका फ्रेड अरुआले सर्वाधिक १९ विकेट लिए।
१९९७– मलेसिया
मलेसियामा भएको आइसिसी ट्रफीको अर्को संस्करणले फेरी नया विजेता ल्यायो। यस पटक बंगलादेशले प्रतियोगितामा आफ्नो नाम लेखायो। डकवर्थ लुइसका आधारमा खेलाइएको फाइनलमा बंगलादेशले केन्यालाई २ रनले पराजित गर्योत। स्कटल्यान्डले आयरल्यान्डलाई पराजित गरी तेस्रो स्थान हात पार्दै बाँकी रहेको विश्वकप स्थान सुरक्षित गर्योम। केन्याका अहिले पनि खेलाडी तथा प्रशिक्षकको भुमिका निभाइरहेका स्टिभ टिकलोले १ सय ५२ बलमा १ सय ४७ रन बनाए पनि फाइनलमा उनको टोली पराजित भयो। टोलीकै कप्तान माउरिस ओडुम्बे प्रतियोगिताको उत्कृष्ट खेलाडीमा चुनिए। उनले १० खेलमा ९८.६० को औषतमा ४ सय ९३ रन बनाए। केन्याका असिफ करिम, बंगलादेशका मोहम्मद रफिक र नेदरल्यान्ड्सका असिफ खान समान १९ विकेटका साथ सर्वाधिक विकेट लिने खेलाडीमा रहे।
२००१– क्यानाडा
नया विजेता आउनेक्रम जारी थियो। क्यानाडामा भएको आइसिसी ट्रफीले नेदरल्यान्ड्सलाई नया विजेता बनायो। नेदरल्यान्ड्सले टोरोन्टोमा भएको नाटकीय फाइनलमा नामिबियालाई २ विकेटले पराजित गर्यो । अन्तिम बलमा मिसफिल्डमा ३ रन आएपछि मात्र नेदरल्यान्ड्स विजयी भएको थियो। तेस्रो स्थानको प्लेअफमा क्यानाडाले स्कटल्यान्डलाई स्तब्ध पार्दै दक्षिण अफ्रिका, जिम्बावे र केन्यामा भएको प्रतियोगितामा छनोट भयो। नामिबियाका डानियल केउल्डर ३ सय ६६ रनका साथ सर्वाधिक रन बनाउनेमा रहे। उनले ४५.७५ को औषतमा रन बनाएका थिए। डेनमार्कका सोरेन भेस्टरगार्ड र नेदरल्यान्ड्सका रोलान्ड लेफेब्भ्रेले २०–२० विकेट लिए। लेफेब्भ्रे म्यान अफ द सिरिजमा चुनिए।
२००५– आयरल्यान्ड
आयारल्यान्डले २००५ को प्रतियोगिता आयोजना गर्योल, तर टोली फाइनलमा स्कटल्यान्डसँग ४७ रनले पराजित भयो। यस पटक सवैभन्दा बढी ५ टोलीलाई विश्वकपमा स्थान दिइएको थियो। स्कटल्यान्ड र आयरल्यान्डसँगैं वेस्ट इन्डिजले पहिलो पटक आयोजना गरेको २००७ को विश्वकपमा बर्मुडा, क्यानाडा र नेदरल्यान्ड्सले स्थान बनाए। नेदरल्यान्ड्सका बास जुइडेरेन्टले ११८.५० को औषतमा ४ सय ७४ रन बनाए। स्कटल्यान्डका पाउल होफमान र डच इडगर सिफेर्लीले समान १७ विकेट लिए।
२००९– दक्षिण अफ्रिका
आइसिसी ट्रफीको नाम परिवर्तन गर्दै आइसिसी क्रिकेट विश्वकप छनोट बनाइयो। २०११ मा विश्वकप आयोजना गर्ने हुनाले दक्षिण अफ्रिकाले त्यसको २ वर्ष अघि छनोट चरण पनि आयोजना गर्यो । आइसिसी विश्व क्रिकेट लिगका खेलहरु २००७ देखि २००९ सम्म आयोजना भएका थिए। त्यहीबाट छनोट चरणमा खेल्ने टोली तय भएका थिए। शीर्ष चार टोलीले भारत, श्रीलंका र बंगलादेशमा हुने विश्वकपमा खेल्न पाउने थिए। सुपर एटका खेलहरुपछि आयरल्यान्ड, क्यानाडा, केन्या र नेदरल्यान्ड्स विश्वकपमा छनोट भए। फाइनलमा आयरल्यान्डले क्यानाडालाई सजिलै ९ विकेटले पराजित गर्योन। बर्मुडाका डेविड हेम्पले सर्वाधिक ५ सय ५७ रन बनाए। नेदरल्यान्डका इडगर सिफेर्लीले २४ विकेट आफ्नो नाममा लेखाए। – आइसिसी