नेपाल र स्कटल्यान्ड दुवै दबाबमा
३० पौष २०७०
•
७ मिनेट पाठ
नेपाल र स्कटल्यान्ड दुवै दबाबमा
काठमाडौं-न्युजिल्यान्डस्थित क्विन्सटाउन इभेन्ट सेन्टरमा दोस्रो खेलमा उत्रँदा नेपाल र स्कटल्यान्ड दुवैको लक्ष्य आफ्नो खेलमा सुधार गर्नु हुनेछ। आइसिसी विश्वकप एकदिवसीय क्रिकेट छनोटको पहिलो खेलमै महत्वाकांक्षी नेपाल र दाबेदार मानिएको स्कटल्यान्ड पराजित भएका थिए।




रंगोरियामा शीर्ष वरियताको युएईले नेपाललाई सजिलै १ सय २ रनले पन्छायो। मध्यम प्रतिद्वन्द्वी हङकङले सोमबार स्कटल्यान्डलाई १७ रनले स्तब्ध पारेको हो। बुधबार हुने खेलमा पराजित टोलीको दोस्रो चरण पुग्ने सम्भावना निकै पातलो हुने हुनाले नेपाल र स्कटल्यान्ड दुवै पुनरागमन गर्ने प्रयासमा छन्।

सहभागी १० टोली दुई समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष ३ टोली सुपर लिग पुग्नेछ। सुपर लिगमा पुग्ने टोलीले समूह चरणमा पाएको पाएको अंक जोडिने हुनाले पनि नेपाल र स्कटल्यान्ड दुवै दबाबको स्थितिमा पुगेका छन्। पहिलो खेलमा हारिसकेकाले युएईसँगै नेपाल पनि दोस्रो चरणमा पुगेको खण्डमा युएईको कम्तीमा २ अंक बढी हुनेछ। समूह चरणबाट ४ अंक बोकेर सुपर लिग पुग्ने टोलीको अर्को वर्ष अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने विश्वकपमा छनोट हुने सम्भावना बलियो हुन्छ।

दुई वर्षअघि एसिसी ट्रफी इलिटको समूह चरणमा पराजित गरेको तथा फाइनलमा 'टाइ' खेलेको नेपालको प्रदर्शन पहिलो खेलमा सोअनुरुप थिएन। शाइमान अनवरले १ सय ९ रन बनाएपछि युएईले २ सय ९७ रन बनाएको थियो। कप्तान पारस खड्काले दुई सहित नेपाली फिल्डरले ४ क्याच छाडेको फाइदा युएईले उठायो। जवाफमा प्रतियोगितामा नवौं वरियताप्राप्त नेपाल ४८.१ ओभरमा १ सय ९५ रनमै खुम्चिएको थियो।

हङकङसँग स्कटल्यान्डको स्थिति पनि खासै फरक थिएन। इरफान अहमदको ७५ रनमा हङकङले २ सय ६३ रन बनायो। प्रेस्टन मोमसेनले १ सय १८ रन बनाए पनि स्कटल्यान्ड ८ बलअघि अलआउट भयो। चोटका कारण ५ महिनापछि मैदान फर्किएका मोमसेनको शतक प्रतियोगिताको बाँकी खेलमा स्कटल्यान्डको आशा जगाउने आधार थियो।

५३ रन बनाउँदा ५ विकेट गुमाएको नेपालले युएईको खेलबाट प्रेरणा लिनुपर्ने केही थिएन। शरद भेषावकरले अर्धशतक तथा विनाद भण्डारी र तल्लोक्रममा शक्ति गौचनले समान ३७ रन बनाउँदा नेपालले पराजय अन्तरमात्र घटायो। नेपाली टोलीको पछिल्ला खबरले भने बल प्रदान गर्न सक्छ। ज्वरोले थलिएपछि पछिल्ला अभ्यास खेल र युएईसँगको खेल गुमाएका विकेटकिपर एवम् ओपनिङ ब्याट्सम्यान सुवास खकुरेलले स्कटल्यान्डसँग खेल खेल्ने सम्भावना रहेको बताइएको छ। 'हाफ फिट' का बाबजुद युएईसँग खेलेका कप्तान पारस खड्का स्वस्थसाथ खेल्ने टोलीको विश्वास छ।

सन् १९९९ र २००७ को एकदिवसीय विश्वकप खेलिसकेको एकदिवसीय मान्यताप्राप्त स्कटल्यान्डले हङकङसँग त्यसअनुरुप प्रदर्शन गर्न नसक्दा टोली दबाबमा परेको हो। 'हाम्रो प्रदर्शन आफ्नो स्तरअनुरुप थिएन, हामीले क्षमताअनुसार खेल्न सकेनौं, अर्को खेलमा यो सबै बिर्सेर मैदानमा उत्रनुपर्छ,' स्कटल्यान्डका कप्तान केयल कोएट्जरले हङकङसँग खेलेपछि भनेका थिए।

स्कटल्यान्डको टोलीमा काउन्टी क्रिकेटका अनुभवी खेलाडी छन्। स्कटल्यान्डले न्युजिल्यान्डमा गएर खेलेको ५ अभ्यास खेल सबै जितेको थियो। त्यसमा पछिल्लो २ अभ्यास खेलमा लिसेस्टरसायरका रोब टेलरले ४–४ विकेट लिएका थिए। हङकङसँग भने मध्यम गतिका बलर उनले ९ ओभरमा ६५ रन खर्चेर कुनै विकेट लिन सकेनन्। तीब्र बलिङमा नेपालको अझ समस्या छ। सोमपाल कामी र जितेन्द्र मुखिया दुवैले युएईसँग खेल्दा एकदिवसीय 'डेब्यु' गरेका थिए। दुवैले खासै प्रभाव देखाउन सकेनन्।

पहिलो खेल 'खराब दिन' मान्ने प्रशिक्षक पुबुदु दासानायकेले बलियो पुनरागमन गर्ने बताइसकेका छन्। कप्तान पारस खड्का नेपालजस्तो राष्ट्रका लागि ठूलो महत्व बोकेको प्रतियोगिता गुमाउन नहुने पक्षमा छन्। युएईसँग हारेपछि उनले भनेका थिए, 'यो निकै महत्वपूर्ण प्रतियोगिता हो, त्यसैले हामी पुनरागमन गर्नेछौं। हाम्रो ब्याटिङ पनि आफ्नो स्तरअनुरुप भएन र यसलाई सुधार्नुपर्छ, खेलाडीहरू सकारात्मक नै छन् र बाँकी ३ खेल खेलमा हामीले उत्कृष्ट खेल्ने प्रयास गर्नेछौं।'

नेपाल र स्कटल्यान्ड एकदिवसीयमा पहिलोपल्ट खेल्न लागेका हुन्। नोभेम्बरमा युएईमा सम्पन्न विश्व ट्वान्टी–२० छनोटको समूह चरणमा स्कटल्यान्डले नेपाललाई सजिलै ८ विकेटले पराजित गरेको थियो। तर स्कटल्यान्डलाई उछिन्दै नेपाल तेस्रो भएर विश्व ट्वान्टी–२० मा छानिएको हो। ट्वान्टी–२० विश्वकपमा छनोट हुन नसकेको र पहिलो खेलमा पराजित भएको रिस एकैपटक फेर्न स्कटल्यान्ड तयार भएर बसेको हुनसक्छ। एकदिवसीयमा विश्वकपमा पनि छनोट हुन नेपाललाई स्कटल्यान्डसँगको खेलमा सुधारिएको खेलसँगै जित पनि चाहिन्छ।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
८ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस