इलाम– त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बुधबारको खेलमा विजयसँगै इलाममा जारी प्रथम लुम्बिनी राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलनजिक पुगेका छन्। सदरमुकामस्थित टुँडिखेलमा भएको पहिलो खेलमा आर्मीले पश्चिमाञ्चललाई शून्यका विरुद्ध १० गोलले हरायो।
दोस्रो खेलमा पुलिस क्लबले मध्यमाञ्चललाई शून्यका विरुद्ध ६ गोलले पराजित गर्यो। पुलिसका लागि चन्दा भण्डारी, निरु थापा र रुपा मगरले २/२ गोल गरेका थिए। प्रतियोगिताअन्तर्गत भोलि सशस्त्र प्रहरीको एपिएफ र पूर्वाञ्चल तथा सुदूरपश्चिम र मध्यपश्चिमाञ्चलबीच खेल हुनेछ।