लगातार हारले नेपाल समस्यामा
०२ माघ २०७०
•
११ मिनेट पाठ
लगातार हारले नेपाल समस्यामा
काठमाडौं-लगातार दुई हारसँगै नेपाल आइसिसी विश्वकप क्रिकेट एकदिवसीय छनोटको कठिन मोडमा आइपुगेको छ। आफूअनुकूल नतिजा नआएमा बाँकी दुई खेल जिते पनि नेपाल प्रतियोगिताबाट बाहिरिन सक्छ।




अघिल्लो खेलको प्रदर्शनमा कुनै सुधार नगरेको नेपाली टोली न्युजिल्यान्डस्थित क्विन्सटाउन इभेन्ट सेन्टरमा बिहीबार स्कटल्यान्डसँग ९० रनले पराजित भयो। शीर्ष वरियताको युएईसँग सोमबार नेपाल १ सय २ रनले पराजित भएको थियो।

अस्वस्थ कप्तान पारस खड्का तथा ओपनिङ ब्याट्सम्यान एवम् विकेटकिपर सुवास खकुरेलबिना नेपालले स्कटल्यान्डसँग एकदिवसीयको पहिलो भेट सम्झनलायक पनि बनाउन सकेन। पारसले पूरै फिट नभए पनि युएईसँग खेलेका थिए भने ज्वरोले थलिएका सुवास उक्त म्याच पनि खेलेनन्।

त्यसको प्रभाव नेपालको ब्याटिङक्रममा देखिएको थियो। २ सय ५० रनको चुनौती लिएर आएको नेपाल ४६.१ ओभरमै १ सय ५९ रनमा रोकियो। लगातार दोस्रो खेलमा नेपाल पूरा ५० ओभर पनि टिक्न सकेन र २ सय रन बनाउन नसकेपछि नेट रनरेटमा पनि निकै पछाडि परेको छ। युएईसँग पनि नेपालले १ सय ९५ रनमात्र बनायो।

'हाम्रो बलियो मध्यपंक्तिका कारण २ सय ५० बनाउन सकिने लक्ष्य थियो, तर माथिल्लो क्रम नचल्दा धेरै दबाबमा परियो,' कप्तानी सम्हालेका ज्ञानेन्द्र मल्ललाई उद्धृत गर्दै न्युजिल्यान्डबाट पत्रकार देवेन्द्र सुवेदीले भने, 'हामीले सकारात्मक भएर बाँकी दुई खेल खेल्नुपर्छ। विपक्षीलाई २ सय ५० भित्र रोकेर हाम्रा बलरले आफ्नो भूमिका निभाएका हुन्। तर हाम्रो इनिङ्समा हामीले नियमित विकेट गुमाई रह्यौं।' पारसले नेपालको सम्भावना अझै भएको बताए।

ओपनरमा पठाइएका सागर पुन पहिलो बलमै आउट भए। अनिल मण्डलको खातामा १० रन रह्यो। एकसमय भरपर्दा ब्याट्सम्यान मानिएका शक्ति गौचन चौथो नम्बरमा ब्याटिङ गर्न आए। पछिल्लो ३ वर्षमा केवल दोस्रोपटक माथिल्लोक्रममा ब्याटिङ गरेका शक्तिलाई योर्कशायरका इयान वार्डलावले आउट गरे। शक्ति आउट हुँदा नेपालको ८ ओभरमा २७ रन थियो।

कप्तान ज्ञानेन्द्र मल्ल ३४ रनमा आउट भए। ६१ बल खेलेका उनले नेपाली इनिङ्सको १२ मध्ये ६ चौका हानेका थिए। शरद भेषावकर र पृथुले पाँचौं विकेटमा ३६ रनको साझेदारी गरे, जुन नेपाली इनिङ्सको ठूलो साझेदारी थियो। पृथु २१ रनमा रनआउट भएपछि यो साझेदारी टुटेको थियो। युएईसँग अर्धशतक बनाएका शरदले ६४ बल खेली १ चौका प्रहार गर्दै ३० रन बनाए।

स्पिनर माजिद हकले पहिलो ५ ओभरमा ६ रनमात्र खर्चेका थिए। ३१औं ओभरमा विनोद भण्डारीले हकलाई छक्का प्रहार गरे। नेपाली इनिङ्सको यो एकमात्र छक्का थियो। अर्को ओभरमा हकले विनोदलाई १२ रनमा कट एन्ड बोल्ड गरे। प्रदीप ऐरी १ चौका प्रहार गर्दै १५ रनमा आउट भए। सोमपाल कामी लगातार दोस्रो खेलमा खाता खोल्न चुके। जितेन्द्र मुखिया ४ रनमा आउट भए। वसन्त रेग्मीले ३३ बल खेली २ चौकासहित अविजित २० रन बनाए।

'म ब्याटिङलाई लिएर चिन्तित छु, दोस्रोपल्ट हाम्रो ब्याटिङ पतन भएको छ। हामीले आज ब्याटिङक्रममा पारस र सुवासलाई गुमायौं, तर सबै कारण त्यही नै होइन। राम्रो खेल्ने हो भने हामी अझै दोस्रो चरणमा पुग्छौं,' प्रशिक्षक पुबुदु दासानायके अझै आशावादी छन्। स्कटल्यान्डबाट वार्डलावले ८.१ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए। हक र रोब टेलरको नाममा २–२ विकेट रह्यो।

यसअघि नेपालले टस जितेर स्कटल्यान्डलाई ब्याटिङ गर्न बोलाएको थियो। वर्षाका कारण खेल एक घन्टा ढिलो सुरु भयो। वर्षाले खेल थप प्रभावित पार्न सक्ने अवस्था देखेपछि ज्ञानेन्द्रले बलिङ गर्ने निर्णय गरे। स्कटल्यान्डले ७ विकेट गुमाई २ सय ४९ रन बनायो।

सोमपालले ३ विकेट लिँदै नेपालले आशा देखाएका थिए। उनीसँगै नेपाली बलरले चाहिएको समयमा विकेट लिइरहँदा नेपालले बलिङमा राम्रो प्रदर्शन देखायो। तर स्कटल्यान्डले अन्तिम १० ओभरमा ८० रन जोड्दै नेपालसामू गतिलो स्कोर तेर्स्यायो। एकदिवसीय मान्यताप्राप्त स्कटल्यान्डले अन्तिम ६ ओभरमा मात्र ५९ रन जोड्यो।

फ्रेड्री कोलम्यानले ६७ बलमा अविजित ६४ रन बनाए। उनले साफयान सरिफसँग आठौं विकेटमा ३५ बलमै अविजित ५९ रनको साझेदारी गरे। ६२ बलमा अर्धशतक बनाएका कोलम्यानले बाँकी ५ बलमा १४ रन जोडे। उनले अन्तिम ओभरमा जितन्द्र मुखियालाई स्कटिस इनिङ्सको एकमात्र छक्का प्रहार गरे। सरिफले १७ बलमा ३ चौकासहित अविजित २५ रन बनाए। ओपनर कालुम म्याकलोइडले ४६ रन बनाए। उनले ४८ बल खेली ६ चौका प्रहार गरे। म्याट माचन ३७, प्रेस्टोन मोमसेन ३५ रन बनाई आउट भए।

पहिलो ७ ओभरमा २१ रनमात्र दिएका सोमपालले ४९औं ओभरमा १४ रन खर्चे। स्पिनरद्वय वसन्त र सागरले २–२ विकेट लिए। सागरले १० ओभरमा ३८ र वसन्तले १० ओभरमा ४२ रन खर्चे। सोमपालसँगै नयाँ बल लिएर आएका देब्रेहाते स्पिनर शक्तिले ८ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए। जितेन्द्रले ८ ओभरमा ६१ र पृथुले ६ ओभरमा २७ रन खर्चे।

नेपालले आइतबार हङकङसँग खेल्नेछ। हङकङले शुक्रबार क्यानाडासँग खेल्नेछ। नेपालको क्यानाडासँग मंगलबार अन्तिम खेल खेल्नेछ।

ज्ञानेन्द्रको कप्तानी पाइला

ज्ञानेन्द्र मल्लले कप्तानी पाइला टेकेका छन्। नियमित कप्तान पारस खड्का अनुपस्थित भएपछि ज्ञानेन्द्रले टोलीको नेतृत्व गर्ने अवसर पाएका थिए। तर नतिजा भने नेपालको पक्षमा आउन सकेन। सन् २००९ मा युएईमा भएको एसिसी ट्वान्टी–२० कपदेखि पारस राष्ट्रिय टोलीको कप्तान भएयता ज्ञानेन्द्र उपकप्तान थिए। कप्तान भएयता पारसले पहिलो खेल गुमाउन पुगे।

एकदिवसीयमा नेपालको नेतृत्व गर्ने ज्ञानेन्द्र सातौं कप्तान हुन्। यसअघि उत्तम कर्माचार्य, एलबी क्षेत्री, पवन अग्रवाल, गणेश शाही, राजु खड्का, विनोद दासले एकदिवसीयमा कप्तानी गरेका छन्। सन् २००५ मा परेश लोहनीले हङकङमा तीनदिवसीयमा नेपालको नेतृत्व गरेका थिए।

विनोद भण्डारीले विकेटकिपरको रूपमा एकदिवसीयमा नेपालबाट पहिलो खेल खेले। पारस र विकेटकिपर महेश क्षेत्रीको स्थानमा नेपालले प्रदीप ऐरी र पृथु बाँस्कोटालाई खेलाइएको थियो। महेशको स्थानमा विनोदले विकेटकिपिङ सम्हाले। विनोदले विकेटकिपरमा पहिलो खेल खेल्दै ओपनर कालुम म्याकलोइडको क्याच लिए।

आइसिसी अध्यक्षसँग भेट

नेपाली प्रतिनिधिमण्डलले खेलक्रम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष एलान इसाकलाई भेटेका छन्। खेलकुदमन्त्री रामकुमार श्रेष्ठले आइसिसी अध्यक्षसमक्ष नेपाललाई लगाएको ८४ लाख जरिवाना मिनाह गरिदिन आग्रह गरे। आर्थिक रिपोर्ट नपठाएको भनी आइसिसीले नेपाललाई असोजमा ८४ लाख जरिवना लगाएको थियो। आइसिसी टोलीले यस विषयमा हेरेर नेपाललाई सहयोग गरिने बताएको छ। नेपाली क्रिकेटले पछिल्लो समय गरेको प्रगतिबाट आफूहरू खुसी रहेको बताउँदै आइसिसी अध्यक्ष इसाकले अघिल्लो बर्मुडामा वर्ष डिभिजन ३ खेल हेरेको स्मरण गरे। नेपालले युगान्डालाई पराजित गर्दै डिभिजन २ मा उक्लेर न्युजिल्यान्डमा एकदिवसीय विश्वकप छनोट खेलिरहेको हो।

क्विन्सटाउनमा नेपाली दर्शक

एनआरएन न्युजिल्यान्डका अध्यक्ष चक्र थापाका अनुसार क्विन्सटाउनमा २० जनामात्र नेपाली बस्छन्। बिहीबार त्यही क्विन्सटाउनमा नेपालको खेल हेर्न झन्डै १ सय ५० नेपाली दर्शक थिए। एनआरएन न्युजिल्यान्डले बिहीबार नेपाली टोली, सरकारी प्रतिनिधिमण्डललाई रात्रिभोज दिएको थियो। नेपाली टोली शुक्रबार क्विन्सटाउनमै बसेर शनिबार क्राइसचर्च फर्कनेछ।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस