काठमाडौं-चारै खेलमा पराजय बेहोर्दै नेपालले आइसिसी विश्वकप क्रिकेट एकदिवसीय छनोटको समूह चरण टुंग्याएको छ। न्युजिल्यान्डमा भइरहेको प्रतियोगितामा नेपाललाई मंगलबार क्यानाडाले १२ रनले पराजित गर्यो। पहिलो विजयसँगै क्यानाडाले सुपर लिगमा पुग्ने झिनो आशा जीवितै राखेको छ।
सुरुआती तीन खेल हारेर प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको नेपालले चौथो खेलमा राम्रो प्रतिस्पर्धा दिए पनि त्यो विजयलाई पर्याप्त भएन। मैदान भिजेका कारण ४१ ओभरमा छोट्याइएको खेलमा क्यानाडाले ८ विकेट गुमाई २ सय ५५ रन बनायो। जवाफमा नेपालले ८ विकेट गुमाई २ सय ४३ रनमात्र बनाउन सक्यो।
नेपाल इतिहासमै पहिलोपल्ट लगातार चार खेलमा पराजित हुनपुग्यो। अगस्टमा सिंगापुरमा सम्पन्न एसिसी इमर्जिङ टिम्स कपमा अफगानिस्तानसँगको खेल जोड्दा नेपालले एकदिवसीयमा पछिल्ला ५ खेल हारेको छ। नेपाल पहिलोपल्ट लगातार चार खेलमा पराजित भएको हो। काठमाडौंमा सम्पन्न सन् १९९८ को एसिसी ट्रफीको अन्तिम दुई खेलमा युएईसँग ९४ रन र हङकङसँग ६ विकेटले पराजित भएको नेपाल त्यसपछि २००० को एसिसी ट्रफीको पहिलो खेलमा आयोजक युएईसँग शारजहाँमा १ विकेटले पराजित भएको थियो।
यसअघिका दुई एकदिवसीय विश्वकप छनोटमा पुबुदु दासानायकेले क्यानाडालाई क्रमशः खेलाडी र प्रशिक्षकका रूपमा विश्वकपसम्म डोर्याएका थिए। नेपालका प्रशिक्षक रूपमा भने उनले यसपटक त्यो इतिहास दोहोर्याउन सकेनन्। 'निर्णायक समयमा हामीले क्याचहरू छाडेर केही गल्तीहरू गरेका छौं, यसअघिका प्रतियोगिताहरूमा पारससहितका खेलाडीले इनिङ उकास्थें, तर अहिले कुनै शीर्ष खेलाडीले राम्रो प्रदर्शन गर्न सकेका छैनन्,' दासानायकेले भने, 'आज ज्ञानेन्द्रले निकै राम्रो ब्याटिङ गरे। हामीलाई यस्तो इनिङ्स सुरुआती खेलदेखि नै खाँचो थियो।'
उपकप्तान ज्ञानेन्द्र मल्लको ८६ रनमा नेपाल विजयको बाटोमा देखिएको थियो। ओपनर सागर पुन तेस्रो बलमा डकआउट भए। प्रतियोगितामा उनले दोस्रोपल्ट खाता खोल्न बिर्से। ज्ञानेन्द्र र प्रदीप ऐरीले दोस्रो विकेटमा ८३ रनको साझेदारी गरेका थिए। प्रतियोगितामा नेपालको यो सबैभन्दा ठूलो र केवल तेस्रो अर्धशतकीय साझेदारी हो। शरद भेषावकर र शक्ति गौचनले युएईसँगको पहिलो खेलमा आठौं विकेटमा ८० रनको साझेदारी गरेका थिए।
न्युजिल्यान्डमा पहिलोपल्ट ओपनरका रूपमा खेलेका प्रदीपले २६ रन बनाए। ३४ बल खेलेका उनले २ चौका प्रहार गरे। कप्तान पारस खड्का, शरद र विनोद समान १७ रनमा आउट भए। शरद र विनोदभन्दा अगाडि पृथु बाँस्कोटाले १ छक्का प्रहार गरी १४ बलमा १५ रन जोडे। पृथुपछि ज्ञानेन्द्र आउट भए। ४८ बलमा अर्धशतक पूरा गरेका उनले कुल ९७ बल खेली ९ चौका प्रहार गरे।
मध्यक्रममा नेपालले आक्रामक खेल्न सकेन। जसका कारण अन्तिम ५ ओभरमा ४८ रन बनाए पनि त्यो नेपाललाई पुग्दो भएन। शक्ति १० बल खेली २ चौकासहित १५ रन बनाई आउट भए। वसन्त रेग्मी २५ र सोमपाल कामी ८ रनमा अविजित रहे। वसन्तले १७ बल खेली २ चौका र १ छक्का प्रहार गरे। क्यानाडाका ओपनिङ बलर खुराम चौहानले ९ ओभरमा १ मेडन राख्दै ५९ रन खर्चेर ४ विकेट लिए। उनले नेपालको मध्यपंक्तिलाई अप्ठेरो बनाएका थिए।
पारसले ब्याटिङ ट्र्याकमा राम्रोसँग बलिङ गर्न नसकिएको बताए। 'हामीले ३० रन बढी दियौं, त्यसले खेलमा ठूलो प्रभाव पार्यो। फिल्डिङमा पनि हामीले केही गल्ती गर्र्यौं, जुन अन्तमा निर्णायक बन्यो। ज्ञानेन्द्रबाहेक ब्याटिङमा अन्य कोही पनि राम्रोसँग चल्न सकेनन्। केही पनि प्रतियोगिताभर हाम्रो पक्षमा रहेन,' पारसले भने। उनले प्रतियोगितामा नेपालले आफ्नो क्षमताअनुसार पनि खेल्न नसकेको स्वीकारे।
क्यानाडाबाट विश्वकप खेल्ने सबैभन्दा कान्छा खेलाडी नितिश कुमारले ६७ रन बनाए। तीन वर्षअघि १६ वर्षमै भारतमा सम्पन्न विश्वकप खेलेका उनले ५९ बल खेली ५ चौका र २ चौका प्रहार गरे। म्यान अफ द म्याचमा राजा उर रहमान चुनिए। उनको ८९ रनमा क्यानाडाले विशाल स्कोर बनाएको थियो। ८७ बल खेलेका उनले ७ चौका प्रहार गरे। मध्यपंक्तिमा हम्जा तारिकले ३६ बलमा ३ चौकासहित ३४ रन बनाई क्यानाडालाई मजबुत स्थितिमा पुर्याए।
नेपालबाट दुवै ओपनिङ बलरले प्रतिओभर ८ रनभन्दा बढी खर्चे। सोमपालले ३ विकेट लिए। उनले ८ ओभरमा ६४ रन खर्चे। जितेन्द्र मुखियाले ५ ओभरमा ४७ रन खर्चे पनि कुनै विकेट लिन सकेनन्। वसन्तले ८ ओभरमा ५१ रन खर्चिएर २ विकेट लिए। १–१ विकेट लिएका शक्तिले ९ ओभरमा २७ र सागरले ८ ओभरमा ३८ रन खर्चिए।
क्यानाडासँग नेपालको एकदिवसीयमा यो पहिलो भेट थियो। सन् २०१२ मा युएईमा भएको विश्व ट्वान्टी–२० छनोटमा क्यानाडाले नेपाललाई १८ रनले पराजित गरेको थियो। नेपालले आइतबार समूह 'बी' को चौथो स्थानमा रहने टोलीसँग पहिलो प्लेअफ खेल्नेछ। 'अन्तिम खेलसम्म हामी सकारात्मक हुन जरुरी छ। बाँकी दुई खेल जित्दै सातौं स्थानमा प्रतियोगिता टुंग्याउनु हाम्रो लक्ष्य हो,' पारसले भने।
ज्ञानेन्द्रको उच्च स्कोर
ज्ञानेन्द्रले एकदिवसीयमा उच्च स्कोर बनाएका छन्। ज्ञानेन्द्रले मंगलबार क्यानाडासँग ८६ रन बनाए पनि नेपालले विजय हात पार्न सकेन। प्रतियोगितामा नेपाली खेलाडीको यो उच्च स्कोर पनि हो। गत वर्ष क्यानाडामा ओन्टारियो क्रिकेट क्लबबाट खेलेका ज्ञानेन्द्रले यसअघि उच्च स्कोर कुवेतविरुद्ध २००६ को एसिसी ट्रफीमा ७९ रन बनाएका थिए। त्यो ज्ञानेन्द्रको एकदिवसीयमा नेपालबाट पहिलो खेल थियो। उनले पहिलो प्रतियोगितामा तीन अर्धशतक बनाएका थिए। २००८ को एसिसी ट्रफीमा कतारविरुद्ध अविजित ७६ रन बनाएका ज्ञानेन्द्रसामु नेपालबाट एकदिसीयमा सातौं शतक बनाउने राम्रो अवसर थियो। तर उनले राजु खड्का, शक्ति गौचन, शरद भेषावकर, सुवास खकुरेल, अनिल मण्डल र पारस खड्काको सूचीमा उभिने मौका गुमाए।
नयाँ मैदान
हेग्ली ओभल मैदानमा खेलिएको यो पहिलो अन्तर्राष्ट्रिय खेल थियो। हाल निर्माणाधीन रहेको यही मैदानमा न्युजिल्यान्ड र श्रीलंकाबीच २०१५ को विश्वकपको पहिलो खेल हुनेछ। चिसो मौसमका बाबजुत मैदानमा झन्डै १ सय नेपालीले खेल हेरेका थिए।
(न्युजिल्यान्डबाट नेपाल टेलिभिजनका पत्रकार देवेन्द्र सुवेदीको सहयोगमा)