मनाङको अग्रता, एपिएफ तेस्रोमा
०८ माघ २०७०
•
७ मिनेट पाठ
मनाङको अग्रता, एपिएफ तेस्रोमा
काठमाडौं– लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीले सहिद स्मारक ए डिभिजन लिगको सातौं चरण सकिँदा २ अंकको स्पष्ट अग्रता लिएको छ। बुधबार सामसुङ जावलाखेल युथमाथि ३–० को जितपछि मनाङ पुनः शीर्ष स्थानमा फर्कंदा नेपाल पुलिस र एपिएफसँग २ अंकको अग्रता बनाएको हो।




त्यसअघि विभागीय डर्बीमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई १–१ को बराबरीमा रोकेको छ। अंक बाँडेपछि एपिएफ (१४) तेस्रो र आर्मी (१०) आठौं स्थानमा उक्लेका छन्। १३ टिममध्ये एपिएफ, आर्मी, श्रीनाथ आरसिटी, यती हिमालयन शेर्पा र एनएमबी मछिन्द्रले ८ खेल खेलिसकेका छन् भने बाँकीले १ खेल कम खेलेका छन्। 
लगातार दोस्रो खेलमा आर्मीको टोली अग्रता जोगाउन असफल भयो। आठमध्ये टोलीले आधा खेल बराबरीमा चित्त बुझाएको छ। राम्रो खेलेर पनि गोल गर्न नसक्नु टोलीको कमजोरी रहेको स्विकार्दै सेनाका प्रशिक्षक योगम्बर सुवालले भने,'खेलेर मात्र हुन्न। जित्न गोल चाहिन्छ। हामी त्यसैमा चुकिरहेका छौं।' टोलीले आधा दर्जनभन्दा बढी गोलका अवसर खेर फालेको थियो। सुवालले जित्नुपर्ने खेल बराबरीमा रोकिएपछि सुपर सिक्समा पर्न कठिन हुने बताए। 
पदम लामाले १५औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाए। उनले पेनाल्टी बक्सबाट गरेको प्रहार रोक्न एपिएफका अमृत चौधरीले प्रयास गरे, तर सफल भएनन्। उनको हातमा लागेर बल गोलमा परिणत भयो। पहिलो हाफमा प्रभावहीन देखिएको एपिएफ राजेन्द्र रावलको गोलबाट खेलमा फर्किएको थियो। ६३ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट गरेको राजेन्द्रको प्रहार सोझै गोलमा परिणत भयो। 
पहिलो रोजाइका चार खेलाडी नभएर पनि आर्मीलाई बराबरीमा रोकेकोमा एपिएफका प्रशिक्षक कृष्ण थापा खुसी थिए। 'जित्ने मैले कल्पना पनि गरेको थिइनँ। सुरुमै गोल खाएर थप दबाबमा पर्यौं । बराबरी गर्न पनि गाह्रो पर्ला सोचेको थिएँ,' उत्साहित थापाले भने, 'दोस्रो हाफमा तुलानात्मक रूपमा राम्रो खेल्यौं। बराबरीमा म एकदम खुसी छु।' फरवार्डद्वय रञ्जन विष्ट र श्याम नेपाली तथा रक्षकद्वय कोवित कार्की, सचिन्द्र धिमालले दोहोरो पहेँलो कार्डका कारण बुधबार खेल्न पाएनन्। थापाले रेलिगेसन खतरा पूर्ण टरेको र सुपर सिक्समा पर्ने अझै टुंगो नभएको बताए। 
एकतर्फी दोस्रो खेलमा सुरुआतबाट मनाङ हाबी रह्यो। योना इलियासले चौथो मिनेटमा पहिलो गोल गरे भने दीपक राई र अनिल गुरुङले दोस्रो हाफमा १–१ गोल थपे। 
जावलाखेलका प्रशिक्षक किशोर केसीले मनाङसँग जित नभई बढीमा १ अंकको अपेक्षा राखेको बताए। 'मनाङ ठूलो टोली हो। त्यसैले मैले कार्ड नखान र घाइते नहुन खेलाडीलाई बचेर खेल्न निर्देशन दिएको थिएँ,' उनले भने, 'दुई दिनपछि ब्वाइज युनियनसँग महत्वपूर्ण खेल भएकाले जोगिएर खेल्ने रणीति थियो।' उनले ब्वाइज युनियनसँगको खेलमा बराबरी गर्न सके पनि ठूलो राहत हुने बताए। ७ खेलमा जावलाखेलसँग ७ अंक छ र टोली ११औं स्थानमा छ। उत्तिनै खेलमा ब्वाइज युनियनको ४ अंक छ। 
सुजल श्रेष्ठले क्रस गरेको बललाई सुलभ मास्केले हेडबाट मिलाइदिएपछि योनाले गोल गरेका हुन्। दीपकले ५६औं मिनेटमा अन्तर दोब्बर पारे। सुजलको क्रसमा कसैको नियन्त्रणमा नरहेका दीपकले हेड गोल गरे। दीपककै सट्टा ६१औं मिनेटमा मैदान प्रवेश गरेका अनिलले ८३औं मिनेटमा गोल गरे। योनाको पासमा गोलकिपर विकेश कुथुलाई बिट गर्दै अनिलले जारी लिगमा पहिलो गोल गरेका हुन्। 
मनाङका प्रशिक्षक हरिओम श्रेष्ठले सुरुआती अग्रताका कारण दबाब नपरेको बताए। 'जावलाखेल दुःख दिने टोली हो। तर चाँडै गोल गरेकाले आज खास गाह्रो भएन,' उनले भने। गोलीगाँठोको चोटका कारण अनिललाई पहिलो रोजाइमा नराखेको उल्लेख गर्दै उनले भने, 'दीपकले राम्रो खेलेर गोल पनि गरिरहेका थिए। दोस्रो हाफमा अर्को गोल नभएपछि अनिललाई परिवर्तन गर्ने तयारी गर्दै थियौं। त्यही बेला दीपकले गोल गरे। त्यसपछि अलिनलाई पठायौं।' बुधबारको गोलपछि दीपकले उच्च गोलकर्ता थ्री स्टारका सन्तोष साहुखललाई भेट्टाएका छन्। दुवैको ५ गोल छ। मछिन्द्रका कर्ण लिम्बु र हिमालयनका सेगुन अकिनाडेको नाममा ४–४ गोल छ। 
प्रशिक्षक श्रेष्ठले लिग उपाधिको मुख्य प्रतिस्पर्धी थ्री स्टार देखेका छन्। 'सबै खेल महत्वपूर्ण छ,' उनले भने, 'तर मुख्य प्रतिस्पर्धी थ्री स्टार हो। त्यसलाई हराउन सके लिग जित्न सजिलो हुन्छ।' २०६२ यता मनाङले लिग जितेको छैन। 
लिगमा बिहीबार 
आरसिटीविरुद्ध मछिन्द्र
थ्री स्टारविरुद्ध पुलिस
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
५ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ४ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस