हिमालपारीको जिल्ला मुस्ताङमा खेलकुद पूर्वाधार बन्ने क्रममा छन् । तयारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अगावै कभर्ड हल निर्माण गर्ने लक्ष्य र योजना छ । काम निरन्तर छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी गण्डकी प्रदेशको काँधमा छ । प्रदेशका नौ जिल्लामा आयोजना गर्ने योजनासहित विभिन्न जिल्लामा खेलकुद पूर्वाधार निर्माण सुरु गरिएको हो । मुस्ताङमा पुरानो संरचना भत्काई नयाँ बनाउन शुरु गरिएको दुई वर्ष पुग्यो । झण्डै डेढ वर्ष कोरोनाको अस्तव्यस्तमै वित्यो । यद्दपी कोरोना कहरकै बीचमा काम भने निरन्तर भईरहेको छ । गतवर्ष सडक सञ्जाल टुटेपछि मुस्ताङमा काम केही महिना समस्या हुन पुग्यो । आवश्यक सामानको अभाव हुदाँ कामलाई तिब्रता दिन सकिएन ।
मुस्ताङको सदरमुकाम जोमसोमा अन्तर्राष्ट्रियस्तरको कभर्ड हल निर्माण सुरु गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले एक स्थानीय तह एक खेल मैदानको अवधारणा अनुसार ५० लाख रुपैयाँ बजेट छुट्टाईदिएको थियो । राष्ट्रिय खेलकुद परिषदबाट ४० लाख रुपैयाँ गत आर्थिक वर्षको लागि थियो । यो आर्थिक वर्ष सकिनै लागेको छ । यो आर्थिक वर्षमा पनि १० लाख रुपैयाँ छुट्टाइएको छ । छुट्टाइएको दशलाख रुपैयाँको सम्झौता भने राष्ट्रिय खेलकुद परिषद सदस्य सचिवसँग गर्नुपर्ने प्रावधान छ ।
‘मन्त्रालय, खेलकुद परिषद र गाँउपालिकाको आर्थिक सहयोगबाट कभर्ड हल निर्माण भईरहेको छ,’ जिल्ला खेलकुद विकास समिति मुस्ताङका कार्यालय प्रमुख सुमन थकालीले भने, ‘कोरोना र बाढी पहिरोले बाटो अवरुद्व हुदाँ काम जुन गतिमा जानुपर्ने हो त्यो भएन । यद्यपी काम भने रोकिएको छैन ।’ उनका अनुसार गाउँपालिकाले समपुरक बजेटबाट २५ लाख रुपैयाँ छुट्टाएको छ । ‘यो वर्ष गाँउपालिकाले ४० लाख रुपैयाँ विनियोजन गरेको छ,’ उनको भनाई थियो ।
जोमसोम २७ सय ४३ मिटरको उचाईमा छ । जोमसोम नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेवल टेनिस गर्ने योजना छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कभर्ड हल निर्माण सुरु गरिएको हो । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर अनिल अधिकारीका अनुसार कभर्ड हल ३० मिटर चौडाई र ४५.४ मिटरको लम्बाईको छ । भित्री खेल्ने कोर्ट भने लम्बाई ३४.६ मिटर र २०.२ मिटर चौडाईको रहने इन्जिनियर अधिकारीले सुनाए । चारवटा व्याडमन्टिन कोर्ट रहने छन् । ‘५५० दर्शक क्षमता प्यारापिट समेत निर्माण गरिने छ,’ उनको भनाई थियो। विस्तृत परियोजना प्रतिवेदन अनुसार कभर्ड हलको लागत ८ करोड रुपैयाँ अनुमान गरिएको छ।
भक्तपुर नगरपालिका– १० बेखालमा कभर्ड हल निर्माण सुरु गरिएको छ। शनिबार यहाँं एक समारोहबीच कभर्ड हलको शिलान्यास गरियो। भक्तपुर नगरपालिका– १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले हलको शिलान्यास गरे। यहाँको पुरानो कभर्ड हलमा यसअघि टेबुल टेनिस प्रशिक्षण हुँदै आएको थियो।
उक्त हल भत्काई दर्शकहरूले प्यारापिटमा बसेर खेल हेर्न मिल्ने गरी नक्सा बनाई काम थालिएको हो। बेखाल कभर्ड हलमा करिब दुई सय दर्शक अट्न सक्ने गरी मुभेबल पारापिट निर्माण हुन लागेको कार्यक्रममा बताइयो। प्रतियोगिता नभएमा प्यारापिटलाई खुम्चाई दशवटा टेबुल टेनिस बोर्ड राखी प्रशिक्षण दिन सक्ने गरी मिलाइएको छ।
करिब चारवटा बोर्ड राखी प्रतियोगिता सञ्चालन गर्न सक्ने गरी बनाइएको छ। उक्त कभर्ड हल बाग्मती प्रदेशको ससर्त बजेटअन्तर्गत दुई करोड ७३ लाखमा लागत इस्टिमेटमा बन्न लागेको जनाइएको छ। यो वर्ष ४९ लाख विनियोजन भएको छ।
कार्यक्रमका वक्ताहरूले नगरपालिकाले नगरवासीका लागि खेलकुद विकासमा काम गरिरहेको बताए। वडाध्यक्ष ह्यौमिखाले स्थानीय निकायको निर्वाचनमा बनाएको घोषणापत्रअनुसार नै खेलकुदको कभर्ड हल बनाउन लागेको बताए। उनले छिट्टै बेखालमै जनस्वास्थ्य भवन पनि बनाउन लागेको जानकारी दिए। यसका लागि टेन्डर भइसकेको उनले बतााए।
अनुगमन समितिका सदस्य एवम् ख्वप इन्जिनियरिङ कलेजका प्रचार्य सुनील दुवालले कभर्ड हलभित्र अलि बढी ठाउँ बढाउन प्यारापिटका लागि व्यवस्थितसँग नयाँ प्रविधि प्रयोग भएको बताए। भक्तपुर जिल्ला टेबुल टेनिस संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले भक्तपुर नगरपालिकाबाट सञ्चालित प्रशिक्षणका कारण भक्तपुरे टेबुल टेनिसका खेलाडीमा उत्साह बढेको बताए। यसले स्तरीय खेलाडी उत्पादनमा सहयोग पुग्ने उनको तर्क थियो।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...