काठमाडौं– लक्ष्मी हुन्डाई मर्स्याङ्दी क्लबले तीन अंकको स्पष्ट अग्रता लिँदा सहिद स्मारक ए डिभिजन लिगमा शनिबार ब्वाइज युनियनमाथि रेलिगेसन दबाब थपिएको छ। सामसुङ जावलाखेल युथले ब्वाइज युनियनलाई १–० को साँघुरो अन्तरले हराउनु अघि दशरथ रंगशालामा मनाङले सिएमजी क्लब संकटालाई २–० ले हराएको थियो।
आठौं चरणको नतिजाले जावलाखेल रेलिगेसनबाट जोगिने जति सम्भावना बढेको छ ब्वाइज युनियनमाथि त्यति नै दबाब बढेको छ। तर गणितीय सम्भावना जीवित छ। जावलाखेलको जितपछि पुछारको आरसिटी भने लगभग रेलिगेसनमा परेको छ। १३ मध्ये पुछारका दुई टोली रेलिगेसनमा पर्ने हुँदा आरसिटीले बाँकी तीनै खेल जित्दा पनि बच्ने सम्भावना कम छ। पहिलो चरणको ४ खेल बाँकी रहँदा ४ अंकसहित ब्वाइज युनियन १२औं स्थानमा छ।
दबाब सुरुबाटै बढेको जनाउने ब्वाइज युनियनका प्रशिक्षक विजय महर्जनले भने, 'अझै सम्भावना बाँकी छ। अन्तिमसम्म पनि प्रयास राख्छौं।'
कप्तान प्रदीप महर्जनले पाँचौं मिनेटमा दिलाएको अग्रता जोगाउँदै जावलाखेलले लिगमा तेस्रो जित दर्ता गरायो। इभिल्स अपाहले दिएको ब्याक पासमा प्रदीपले पेनाल्टी बक्स लाइनबाट गोल हानेका थिए।
जावलाखेलका प्रशिक्षक किशोर केसीले जितले राहत भने पनि टोलीको प्रदर्शन सन्तोषजनक रहन नसकेको बताए।
संकटाविरुद्ध जित दर्ता गराउन मनाङले कठिन संघर्ष गर्नुपर्योद। पहिलो सफलता ६७औं मिनेटमा योना इलियासले दिलाए। सुलभ मास्केको क्रस हेडमार्फत योनाले गोलमा परिणत गरे। खेल सकिन दुई मिनेटअघि अनिल गुरुङले अग्रता दोब्बर पारे। उनले झन्डै २० यार्डबाट दर्शनीय गोल हाने। आठौं खेलको समाप्तिमा मनाङले दोस्रो स्थानको लक्ष्मी बैंक थ्री स्टारलाई ३ अंकले पछि पारेको छ। मनाङको १९ र थ्री स्टारको १६ अंक छ।
संकटाका प्रशिक्षक राजुकाजी शाक्यले बराबरी खेल्ने रणनीति सफल नभए पनि मनाङलाई खुलेर खेल्न नदिएको बताए। मनाङका प्रशिक्षक हरिओम श्रेष्ठले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दा जित सम्भव भएको जनाए। नवौं स्थानको संकटासँग पनि १० अंक छ। समान अंक भएका सरस्वती र जावलाखेल गोलअन्तरमा दसौं र एघारौं स्थानमा छन्।
लिगमा आइतबार
पुलिसविरुद्ध फ्रेन्ड्स
थ्री स्टारविरुद्ध मछिन्द्र