महिला भलिबलको उपाधि एपिएफलाई
१७ माघ २०७०
•
२ मिनेट पाठ
महिला भलिबलको उपाधि एपिएफलाई
पर्वत– न्यु डायमन्ड एकेडेमीलाई हराउँदै सशस्त्र प्रहरीको टोली एपिएफले राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। चौथो पर्वत महोत्सव तथा पश्चिमाञ्चल औद्योगिक व्यापार मेलाको अवसरमा पर्वत उद्योग वाणिज्य संघले आयोजना गरेको प्रतियोगिताको फाइनलमा सोझो सेटमा जित हात पार्दै एपिएफले उपाधि रक्षा गरेको हो।

पहिलो सेट २५–१३ ले जितेको एपिएफलाई दोस्रो सेटमा डायमन्डले निकै दबाबमा राख्यो। २८–२६ ले सेट जिते पनि डाइमन्ड दुईपटक सेट प्वाइन्टमा पुगेको थियो। तेस्रो सेट भने एपिएफले २५–२० ले जित्यो। शुक्रबारै तेस्रो स्थानका लागि भएको खेलमा नेपाल प्रहरीले पश्चिमाञ्चललाई २५–१३, २५–२० र २५–२१ को सोझो सेटमा पराजित गर्‍यो।

न्यु डाइमन्डकी कप्तान रमिला तण्डुकार प्रतियोगिताकै उत्कृष्ट खेलाडी भइन्। प्रतियोगितामा वेस्ट सेटर एपिएफकी विनिता बुढाथोकी, वेस्ट ब्लकर एपिएफकै उषा विष्ट, वेस्ट स्पाइकर एपिएफकै निमा श्रेष्ठ र वेस्ट सर्भर पश्चिमाञ्चलकी अरुणा शाही घोषित भइन्।

उपाधि जितेको एपिएफले एक लाख, दोस्रो स्थान हासिल गरेको न्यु डाइमन्डले ६० हजार, तेस्रो नेपाल प्रहरीले ३० हजार तथा सान्त्वना स्थान प्राप्त गरेको पश्चिमाञ्चल टिमले १० हजारसहित ट्रफी, सिल्ड, मेडल तथा प्रमाणपत्र पाए।



अर्को समाचार
एपिएफलाई महिला भलिबलको उपाधि
०२ फागुन २०७४
•
२ मिनेट पाठ
एपिएफलाई महिला भलिबलको उपाधि
काठमाडौं – चितवनको पटिहानीमा सम्पन्न प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको उपाधि एपिएफले जितेको छ । फाइनलमा काठमाडौंको शिवम् न्यु डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले उपाधि चुमेको हो।




पहिलो सेट रोमाञ्चक २९–२७ ले आफ्नो पक्षमा पारेको एपिएफले दोस्रो सेट २५–१६ ले आफ्नो पक्षमा बनायो । लगातार दुई सेटको जित निकाल्दै उच्च मनोबलका साथ मैदान उत्रिएको एपिएफ, तेस्रो सेटमा २५–२१ ले विजयी बन्दै उपाधि चुम्न सफल भयो । जितसँगै विभागीय टोली एपिएफले दुई लाख रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो । उपविजेता न्यु डायमन्डले एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो।

यस्तै, मंगलबार नै तेस्रो स्थानका लागि भएको खेलमा नेपाल आर्मीलाई २५–१६, २५–१९ र २५–२० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस तेस्रो बन्यो । पुलिसले नगद ५० हजार रुपैयाँ र चौथो नेपाल आर्मीले २५ हजार रुपैयाँ पुरस्कार पाए।

प्रतियोगितामा एपिएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित भइन् । चौधरी नगद १० हजारबाट पुरस्कृत भइन् । त्यस्तै, न्यु डामयन्डकी प्रतिभा माली बेस्ट स्पाइकर, डाइमन्डकै कृपा अधिकारी बेस्ट सर्भर घोषित भए । पुलिसकी कमला पुन बेस्ट सेटर, एपिएफकी उषा विष्ट बेस्ट ब्लकर, एपिएफकी मनीषा तामाङ बेस्ट डिफेन्डर र आर्मीकी निरुता ठगुन्ना उदीयमान खेलाडी घोषित भए । उत्कृष्ट सबै ५÷५ हजार रुपैयाँबाट पुरस्कृत भए । भरतपुर महानगर वडा नम्बर २२ को आयोजनामा भएको प्रतियोगितामा दुई विदेशी टिमसहित सात टोलीले सहभागिता जनाएका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस