जावलाखेल खतरामै, संकटाको शान
१७ माघ २०७०
•
५ मिनेट पाठ
जावलाखेल खतरामै, संकटाको शान
काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा अन्तिम दुई खेलअघि रेलिगेसनमुक्त हुने अवसरबाट सामसुङ जावलाखेल युथ क्लब चुकेको छ। यती हिमालयन शेर्पालाई शुक्रबार ४–१ ले नतिजा सुम्पेपछि जावलाखेलमाथिको रेलिगेसन खतरा यथावत रह्यो। १५ अंकसहित सातौं स्थानमा उक्लेको हिमालयनले सुपर सिक्स पुग्ने सम्भावना बढाएको छ। 




हिमालयन शेर्पाका विकास गौचनले सुपर सिक्स पुग्ने सम्भावना बढेकोमा खुसी व्यक्त गरे। उनले टोली र स्ट्राइकर सेगुन अकिनाडेको प्रदर्शनको तारिफ गरे। उनले भने '१–० ले अग्रता लिएपछि खेलाडीको मनोबल बढ्यो। जसका कारण फराकिलो जित सम्भव भयो।'
दशरथ रंगशालामा सोही दिनको अर्को खेलमा सिएमजी क्लब संकटाले विभागीय टोली एपिएफको गतिलाई रोकेको छ। संकटाका ओलावाले अफिज एक्लैले चार गोल गरेपछि एपिएफले ४–१ को हार स्वीकार्योे। यद्यपि १७ अंक जोडेको एपिएफ तेस्रो स्थानमा यथावत छ। संकटासँगको हारपछि एपिएफले शीर्ष स्थानको लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी (२३) र दोस्रो स्थानको लक्ष्मी बैंक थ्री स्टार (२०) माथि दबाब बढाउन सकेन। जितले संकटा (१६) चौथो स्थानमा उक्लेको छ। समान अंक भएपछि गोलअन्तरमा एनएमबी मछिन्द्र पाँचौं र नेपािल पुलिस छैटौं स्थानमा छन्। 
एपिएफका प्रशिक्षक कृष्ण थापाले ओलावाले हाबी भएको खेलको हार्दाको सबै जिम्मेवारी आफूले लिने बताए। 'ओलावालेले दुई मिनेटको फरकमा दुई गोल गरिसकेपछि म्यान टु म्यान गर्नुपर्थ्यो,' थापाले भने, 'त्यसमा हामी चुक्यौं। यसको जिम्मेवारी म लिन्छु।' 
ओलावालेले २०औं मिनेटमा गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाए। एपिएफका रक्षक कोभित कार्की र गोलकिपर अमृत चौधरीको गल्तीमा ओलावालेले गोल गर्ने अवसर पाएका थिए। संकटाका वर्षात गुरुङको लामो प्रहार अमृत र कोभितले क्लियर गर्न नसकेपछि ओलावालेले गोल गरेका थिए। 
त्यसको दुई मिनेटपछि मिनेटमा ओलावालेले दोस्रो गोल थपे। उनको लामो प्रहार सोझै गोल भएपछि संकटाले अग्रता दोब्बर बनायो। ओलावालेले ५८औं मिनेटमा ह्याटि्रक पूरा गरे। वर्षातको पासमा ओलावालेले तेस्रो गोल गरेका थिए। प्रभावशाली प्रर्दशन गर्नेक्रममा ओलावालेले ७४औं मिनेटमा चौथो गोल गरे। जारी लिगमा ह्याटि्रक गर्ने ओलावाले पहिलो खेलाडी हुन्। सन्तोष श्रेष्ठले ८३औं मिनेटमा सान्त्वना गोल फर्काएपछि एपिएफले लिगमा तेस्रो हार बेहोर्योा। 
संकटाका प्रशिक्षक राजुकाजी शाक्यले अफिजको खुलेर प्रशंसा गरे। 'उनी स्तरीय स्ट्राइकर हुन्। टोलीमा उनी हुनु र नहुनुमा फरक पर्छ,' उनले भने,'यो जितपछि माथि जाने सम्भावना बढेको छ। जतिसक्दो माथि जाने प्रयास गर्नेछौं।'
त्यसअघि पहिलो खेलमा जावलाखेलका रक्षक नुरराज काफ्लेको आत्मघाती गोलबाट हिमालयन शेर्पाले नवौं मिनेटमा अग्रता लिएको थियो। हिमालयनका सुरज हमालको क्रस रोक्ने प्रयास गर्दा नुरराजले आफ्नै पोस्टमा गोल गरेका हुन्। कप्तान प्रदिप महर्जनले ४१औं मिनेटमा गोल फर्काएपछि मध्यान्तरसम्म खेल १–१ को बराबरीमा थियो। 
दोस्रो हाफ हिमालयनले एकपक्षीय रूपमा नियन्त्रणमा राख्यो र तीन गोल थप्यो। सेगुन अकिनाडेले ५०औं मिनेटमा गोल गर्दै हिमालयनलाई २–१ ले अघि बढाए। सेगुनले ६३औं मिनेटमा अर्को गोल थपे। चौथो गोल लक्ष्मण रुचालले खेल सकिनु १४ मिनेटअघि गरेका थिए। 
जावलाखेलका प्रशिक्षक किशोर केसीले टिमवर्क नभएकाले हिमालयन शेर्पासँग हार्नुपरेको उल्लेख गरे। उनले आरसिटीविरुद्ध अब हुने खेल रेलिगेसनबाट जोगिन निर्णायक हुने बताए। जावलाखेलले बाँकी दुई खेलमा १ अंक जोडेमा रेलिगेनबाट जोगिनेछ। जावलाखेलले १ अंक जोडे आरसिटी र ब्वाइज युनियन रेलिगेसनमा पर्नेछन्। लिगमा शनिबार कुनै खेल हुने छैन।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
५ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस