चिन्तित छैन, पुनरागमनमा विश्वस्त छु
१७ माघ २०७०
•
११ मिनेट पाठ
चिन्तित छैन, पुनरागमनमा विश्वस्त छु
२८ महिनाअघि काठमाडौं ओर्लनेबित्तिकै प्रशिक्षक पुबुदु दासानायकेले नेपाललाई क्रिकेट विश्वकप पुर्यानउने बताएका थिए। धेरैले यसलाई विश्वास गरेनन्। नेपाल एकदिवसीय विश्वकपको नजिक पुगे पनि छनोट हुन सकेन। नेपालले विश्वकप पुग्ने स्तरको खेल देखाउनै सकेन।नेपालले विजय पाएको अवस्थामा दासानायके उतैबाट क्यानाडा फर्कने गर्थे। विजय पाउँदा खेलाडी अगाडि आउनुपर्छ भन्ने उनको मान्यता छ। भर्खरै न्युजिल्यान्डमा एकदिवसीय विश्वकप छनोटमा नेपालको प्रदर्शन निकै कमजोर रह्यो। उनी न्युजिल्यान्डबाटै क्यानाडा फर्केनन्। पराजयको जिम्मेवारी स्विकार्दै त्यसको सामना गर्न दुई दिनलाई नेपाल फर्किए। न्युजिल्यान्डको प्रदर्शन र नेपाली क्रिकेटको आगामी योजना उनले यसरी सुनाए...




आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपालले जुन प्रदर्शन गरेको छ म त्यसको जिम्मेवारी लिन चाहन्छु। नेपाली प्रशंसकले हामीमाथि विश्वास देखाउँदै ठूलो आशा राखेका थिए। तर न्युजिल्यान्डमा हामीले त्यो अपेक्षाअनुसार खेल्न सकेनौं। त्यसमा केही यस्ता पक्षहरू छन्, जुन हाम्रो हिसाबमा जानै सकेन। 
खेलाडीहरू घाइते हुन पुगे, त्यसलाई हामीले अधिनमा लिन सकेनौं। पारस खड्का र सुवास खकुरेल प्रमुख समयमा घाइते भए। यसले पूरै टोलीलाई प्रभावित पार्यो भने हामी त्यहाँबाट माथि जान पनि सकेनौं। पारस र सुवासबिना पनि हामीले प्रयास नगरेको होइनौं। यस्तो अवस्थामा केही युवा खेलाडीलाई आफ्नो क्षमता देखाउने अवसर थियो, जसले उनीहरूलाई टोलीमा स्थान नियमित बनाउन सक्थ्यो। यसमा पनि केही खेलाडी असफल रहे।
हामीसँग उत्कृष्ट टोली र उत्कृष्ट विकेटको माहौल भएको भए मलाई लाग्छ हामी विश्वकपमा छनोट हुन्थ्यौं। तर प्रमुख खेलाडीबिना उत्रिएको र पहिलोपल्ट हामी माथिल्लो स्तरमा खेलेका थियौं। भलै, हामीले युएई र हङकङसँग नियमित रूपमा खेलिरहेको होस्। हामीले राम्रो मौका गुमायौं। अब हामीले ४ वर्ष फेरि यसका लागि कुर्नुपर्ने भएको छ। 
जे जस्ता योजनाहरू थिए, त्यो आधारमा सबै टोली त्यसलाई कार्यान्वयन गर्न आतुर थियो। बलरले कम रन खर्चिएर ब्याटिङमा बढी रन बनाउने योजनाहरू अन्य टोलीका देखिन्थे। डिभिजन ४, ३ हुँदै उक्लिएको हामीसँग पनि खेलमा उतार्न योजनाहरू थिए, तर सफल बनाउन सकिएन। हामीसँग पूर्ण टोली भएको भए सुवासले माथिल्लोक्रममा रन बनाउँथे र पारसले मध्यपंक्ति बलियो पार्न सक्थें। यी उत्कृष्ट दुईबिना हामीले कुनै पनि समय दबाब खेप्न सकेनौं। मेरो विचारमा हामीलाई नेदरल्यान्ड्स र युएईले सजिलै पराजित गरे। अरुलाई हामीले सुवास र पारसबिना नै जित्नुपर्ने हो। दूर्भाग्य, हामीले सोचेजस्तो सबै हुन सकेन। 
हङकङ र नेदरल्यान्ड्ससँगको खेलमा महत्वपूर्ण टस पनि गुमाउन पुग्यौं। हामीले पहिला बलिङ गर्न पाएको भए हङकङको पनि हाम्रै हालत हुन्थ्यो। बादल मडारिएको अवस्थामा बलिङ गर्नु राम्रो हुन्छ। पूरा प्रतियोगितालाई विश्लेषण गर्ने हो भने हामीले ठूलो अवसर गुमाएका छौं। कम्तीमा हाईपर्फमेन्स राष्ट्रभित्र पर्न सक्नुपर्थ्यो।
यस्तो अवस्थामा सकारात्मक हुनु जरुरी छ। हामीले यो माहोलको अनुभव बटुल्यौं। घरेलु क्रिकेट सही स्थानमा ल्याएर अब आउने पिढींलाई अगाडि सार्नुपर्छ। यु–१९ टोलीलाई राम्रो स्तरमा राख्नुपर्छ। अर्को छनोट चरण आउनु अघि हामी राम्रोसँग प्रस्फुटित हुन जरुरी छ। नेपाल क्रिकेट संघका लागि यो मुख्य चुनौती हो।
...... 
केही गुनासो बाँकी थिए होलान्, तर जर्नी टु विश्वकप खेलाडी छनोटका हिसाबले राम्रो प्रतियोगिता थियो। प्रमुख खेलाडीलाई आराम गर्न दिँदा युवा खेलाडी जाँच्ने अवसर पायौं। जहाँ सोमपाल कामी, अनिल मण्डल र महेश क्षेत्रीले राम्रो प्रदर्शन देखाए। हामीलाई खेलाडीको फिटनेस जाँच्नु थियो, जुन त्यहाँ पूरा गर्यौंन। श्रीलंकामा हामीले पारसलाई दुई खेलमा आराम गर्न दियौं र नयाँलाई हेर्यौं । तर, मेरो चिन्ताको विषय भनेको हाम्रो जस्तो युवा टोलीका लागि सबै निकै छोटो समयमा भयो। युएईमा निकै जोश लगाएर विश्व ट्वान्टी–२० छनोटमा खेलेका थियौं। हामी पूर्ण सदस्यता राष्ट्रजस्तो होइन, जसले तुरुन्तै क्रिकेटको सबै संरचना खेल्न सक्ने। अब फेरि हामी बंगलादेशमा विश्व ट्वान्टी–२० खेल्न जाँदैछौं र फेरि छोटो संरचनामा तुरुन्तै भिज्नुपर्ने हुन्छ। आइसिसीको तालिकाअनुसार हामी चल्नैपर्छ। अर्को विकल्प छैन। 
न्युजिल्यान्डमा हाम्रो हिसाबमा खेल नआउनु धेरै कारण छन्। हामी स्पिनर वसन्त रेग्मी, शक्ति गौचन र सागर पुनमा निर्भर हुन्थ्यौं। विकेटको स्थिति तीब्र वा स्पिन ट्र्याक होस्। उनीहरूले मजाले ३० ओभर फाल्थे। तीब्र बलरको भागमा २० ओभरमात्र पर्थ्यौं। यसपटक तीब्र बलिङमा हाम्रो पेस बलिङ निर्भर थियो। पारस बलिङ गर्न सक्ने स्थितिमा थिएनन्। सोमपालले राम्रो बलिङ गरे। अन्य दुई बलरले गतिलो प्रदर्शन गर्न सकेनन्। ब्याट्सम्यानको स्थिति पनि त्यस्तै रह्यो। स्कटल्यान्ड र क्यानाडासँग खेल्दा ब्याटिङका लागि निकै राम्रो विकेट थियो। २ सय ५० रन त्यो विकेटमा केही थिएन। पारस र सुवासबिना अन्य ब्याट्सम्यानले बलियो प्रदर्शन दिन सकेनन्। बंगलादेश जानुअघि पारस र सुवास फिट हुनु जरुरी छ। खेलाडीको धेरै विकल्प भएको टोली हामी होइनौं। मलाई विश्वास छ आउँदा दिनमा खेलाडीहरू चोटमुक्त भएर हामी पूरा टोलीका साथ खेल्नेछौं। 
विगतको प्रदर्शनका आधारमा नेपाल राम्रो क्रिकेट खेल्ने देश हो भनेर चिनिएका छौं। हाम्रा खेलाडीमा जुन प्रतिभा छ र उनीहरूले जसरी खेलेका छन् त्यसले अन्य देशबाट राम्रो चिनारी पाएको छ। तर न्युजिल्यान्डमा हामीले केही क्षेत्रमा सुधार्नुपर्ने देखियो। ठूला प्रतियोगिताहरूमा सफलता पाउन हाम्रो घरेलु क्रिकेटलाई पुनर्संरचना गर्नुपर्ने हुन्छ। अहिले हामी २० खेलाडीका साथ खेलिरहेका छौं। उनीहरूलाई नै तयार पारेर खेलिरहेका छौं। यो हिसाबमा काम हुन छोडिसकेको छ। 
......
आइसिसीको अनुदानमा नेपालजस्तो एफिलिएट राष्ट्रको भविष्य अड्किएको छ। यद्यपि नेपालमा क्रिकेट निकै लोकप्रिय छ। त्यसैले हामीले आफ्नो बाटो आफैं बनाउन सक्छौं। प्रायोजक खोजेर घरेलु क्रिकेट विकास गर्नुलाई प्राथमिकतामा राख्नुपर्छ। घरेलु क्रिकेट कम्तीमा ६ महिना चल्नुपर्छ। यसले कम्तीमा १००–१५० खेलाडी हामीसँग हुनेछन् र आवश्वक समयमा अरु खेलाडीको स्थान लिन सक्नेछन्। चार वर्षको अवधिमा हाम्रो लक्ष्य उत्कृष्ट एसोसिएट टोली भएर उभिनुपर्छ, जुन हामी गर्न सक्छौं। 
महत्वपूर्ण पक्ष यी खेलाडीले पछिल्लो दुई वर्षदेखि खेलिरहेका छन्। यस्तो स्थितिमा आएर हामी उनीहरूलाई गुमाउन चाहन्नौं। हामीले यो वर्ष अब एसियाली क्रिकेट परिषद्को ३ प्रतियोगितामात्र खेल्छौं। डिभिजन २ अर्को वर्ष छ। यस्तो अवस्थामा उनीहरूलाई खुला छाडेर विश्वकपको एक महिनाअघि अभ्यासमा आऊ भन्ने वातावरण बनाउनु हुँदैन। आइसिसीबाट जुन रकम पाउँछौं त्यसबाट २० खेलाडीलाई तलबसहित अन्य सुविधा दिएर सधैं मैदानमा उपलब्ध हुने व्यवस्था मिलाउन सक्नुपर्छ। न्युजिल्यान्डको प्रदर्शनले म चिन्तित छैन। म बलियो छु, उत्कृष्ट पुनरागमन गर्नेमा म विश्वस्त छु।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
८ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस